AnonymousUser

Logout

दुर्घटनाका घाइते भन्छन्– मोटरसाइकल जोगाउन खोज्दा जिप भीरमा खस्यो

पोखराको हरिचोक सल्यान रुटमा चल्ने उक्त जिप दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। घटनामा १० जना घाइते भएका छन्।

यस्तो रहनेछ सोमबारको माैसम

गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

नक्कली बिल र स्टिकरबारे आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री दाहालले बताए।

कास्की जिप दुर्घटनामा २ जनाको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा भएको दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

‘अव्यवस्थित बसोबासी’लाई जग्गा जिम्मा लगाउने प्रधानमन्त्रीको जोडबलमा अर्थमन्त्रीको छेकबार

पर्ती–ऐलानी जग्गा ओगटेकालाई राजस्व छुटमा सोही जग्गा दिन प्रधानमन्त्रीको निर्देशनमा भूमि व्यवस्था मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्तावलाई मन्त्री वर्षमान पुनले ‘रेड सिग्नल’ देखाएका छन्।

अनलाइनमार्फत ठगी गरेको आरोपमा वीरगन्जबाट ३ चिनियाँ नागरिक पक्राउ

अनलाइन लोटरी तथा सपिङको प्रलोभन देखाइ नेपाली तथा विदेशी नागरिकलाई ठगी गरेको आरोपमा प्रहरीले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी, १ जना पक्राउ

क्यानडामा पठाइदिने नाममा आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिई सम्पर्कविहीन भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष १५ हजार घुससहित पक्राउ

अख्तियारले कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिलाई घुससहित पक्राउ गरेको छ।

लप्चीबासीले मागे गोठालो जान ‘सीमा पास’

चौँरी चरनमा समस्या भएपछि लप्ची नाकाका स्थानीयले तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ‘सीमा पास’ मिलाइदिन अनुरोध गरेका छन्।

असिनापानीले पाक्न लागेको हिउँदेबालीमा क्षति

असिनापानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गंगाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए।

साँगा–धुलिखेल सडक विस्तार ठप्प

आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार अदालतको उत्प्रेषण आदेशपछि उक्त क्षेत्रमा निर्माणाधीन संरचनाको कार्य रोकिएको हो। वैकल्पिक सडकमा हिलो र धुलोका कारण सवारी आवागमनमा सकस भएको छ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ र मनाङलाई जोड्ने एक मात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा  सडक अवरुद्ध भएको हो।

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन्।

ठमेललाई चौबिसै घण्टा खुलाउने निर्णयप्रति स्थानीयको असन्तुष्टि

ठमेलका घरधनीको शनिबारको बैठकले यस क्षेत्रलाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।

मनकामना जाँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

उकालो बाटोमा चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बागमतीमा एमालेका जगन्नाथ थपलिया बने आर्थिक मामिलामन्त्री

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेका छन्।

अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध

फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि संखुवासभा र भोजपुर आवतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले जानकारी दिए।

 प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम, कृषिउपजको बजारीकरणमा राहत

पहिलो कार्यकालमा शुरू भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रूपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए।

६ महिनामै उप्कियो मध्यपहाडी लोकमार्गको कालोपत्र

एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो। निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो।

त्रिशूली दुर्घटना: छोराको अन्त्येष्टि गरेर फर्किँदै थिइन् हरिमाया

गोरखा नगरपालिका– ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन्। उनीहरू शंकर रोकाको शुक्रबार राति पशुपतिमा अन्त्येष्टि गरेर घर फर्किँदै थिए।