AnonymousUser

Logout

भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको छ।

बजेट अभावमा रोकियो नगर अस्पताल निर्माण

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने योजनासहित भवन निर्माण थालिएको थियो।

नेपाल प्रहरीका ८ डीएसपीको बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले करिब आठ महिनादेखि रिक्त एसपीमा बढुवाका लागि आठ जना डीएसपीको नाम सिफारिस गरेको छ।

इजरायलको कृषि क्षेत्रमा म्यानपावरमार्फत श्रमिक पठाउन रोक

म्यानपावर कम्पनीमार्फत इजरायलको कृषि क्षेत्रमा श्रमिक पठाउन भइरहेको भर्ना प्रक्रियालाई सरकारले तत्कालको लागि स्थगित गरेको छ।

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिने

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्रीले मनसुन शुरू हुनु अगावै राहत वितरण गरिने बताएका हुन्।

मुगुमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी नै दुर्घटनाको जोखिममा, पाँच वर्षमा ४ को मृत्यु १८२ घाइते

अत्यधिक सवारी साधनको चापले व्यस्त सडकको बीचमा उभिएर ड्युटी गर्ने प्रहरी स्वयं असुरक्षित बन्दै गएपछि ट्राफिक व्यवस्थापनको परम्परागत तरिकालाई प्रविधिले विस्थापन गर्नुपर्ने आवाज उठेको छ।

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

कतार एअरबाट दोहा हुँदै लन्डन लैजान लागिएको 'एआरए एमईएक्स' कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको हो।

चिसापानीदेखि गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै

वि.स. २०५० अघिका दुई र ५० को दशकपछिका १२ गरी १४ वटा राजमार्गमा पर्ने जीर्ण पुल मर्मत भइरहेको महेन्द्रनगरस्थित महाकाली पुल योजना कार्यालयले जनाएको छ।

विमानस्थलबाट बिदेसिएको देख्नेले सिमानाबाट बाहिरिनेको लस्कर किन नदेखेकोः श्रममन्त्री

उनले काठमाडौँमा बसेर नेतृत्व गर्ने र सिंहदरबारमा बसेर फाइलहरू बनाउँदै गर्दा भूगोललाई भने बुझ्न नसकेको धारणा राखे।

झापाका ५३३ हात्तीपिडीत परिवारले पाएनन् राहत

वन कार्यालयले पहिलो चरणमा ३२१ र दोस्रो चरणमा २१२ परिवारका लागि राहत रकम माग गरेको छ। तर हालसम्म राहत रकम प्राप्त भएको छैन।

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल २१ करोड ६८ लाख लागतमा निर्माण भएको छ। 

सर्वोच्च परिसरबाट पक्राउ परेका दुर्गा प्रसाईंका अंगरक्षक रिहा

सर्वोच्च  अदालतले  मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अंगरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ।

सार्वजनिक यातायातमा यौनहिंसा र अपराध गर्नेहरू होशियार !

अहिले आमनागरिकमा दुर्व्यवहारका घटना हुनासाथ प्रहरीलाई खबर गर्ने र सूचना दिने बानीको विकास भएको छ।

निर्माण थालेको ७ वर्षसम्म पनि बनेन बडीगाढ खोलाको पुल

मुसिकोट नगरपालिकाको बडीगाढ खोलामा दुई पटकसम्म ढलान गर्दैगर्दाको पुल भाँचिएपछि हाल डिजाइन परिवर्तन गरी तेस्रो पटक निर्माण शुरू गरिएको छ। 

भिसा सकिएपछि पनि नेपालमा बस्दै आएका ५ बांग्लादेशी नागरिक पक्राउ

भिसा अवधि समाप्तपश्चात् गैरकानूनी तवरले नेपालमा बसिरहेका उनीहरूलाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ।

महानगरको बजेटबाट वडा सदस्यको घर वरपर सीसी क्यामरा, विवादपछि रोकियो काम

महानगरपालिकाको बजेटबाट किनिएका सीसीटीभी क्यामरा काठमाडौँ–१६ कि वडा सदस्य शारदा सुवेदीको घर वरपर राखिएको भन्दै स्थानीयले विरोध गरेपछि काम रोकिएको छ। जडान भइसकेका दुई वटा क्यामरा पनि निकालिएको छ।

समृद्ध तराई–मधेश सिँचाइ विशेष कार्यक्रम सञ्चालनमा

भूमिगत जलस्रोतबाट खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले डिप-ट्युबेलका लागि किसानबाट निवेदन माग गरिनेछ।

कर्णालीका ५ जिल्लामा पोषणयुक्त चामल बिक्री शुरू

भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुने गरी पोषणयुक्त चामल उत्पादन गरिन्छ।

२३ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

​​​​​​​प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै सम्पर्कमा नरहेका कर्मचारीलाई सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ।