गृह मन्त्रालयले भिजिट भिसासँग सम्बन्धित १७बुँदे निर्देशन खारेज गरेको छ।
सामाजिक सद्भाव, साँस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाइने ऐनमा उल्लेख छ।
गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर आम्दानी गर्ने योजना स्थानीयको छ। चिमखोलाबाट बिस्तारै हिँड्दा दुई दिनमा सोवाङ धुरी पुग्न सकिन्छ।
बुलिङटार गाउँपालिका–३ का वडाध्यक्ष वीष्णुवीर जर्घाले करिब ४८ लाख बराबरको डन्डी, प्लाइ, पाइप, कलेम्पुलगायत सामग्री चोरी गरेको ठेकेदारको दाबी छ।
धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न रोक लगाइने महानगरको भनाइ छ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।
सरकारी आश्वासन समितिमा त्रिभुवन विश्वविद्यालयले विद्यमान ऐन–नियमको पूर्ण पालना नगरी सेवासुविधा प्रदान भइरहेको अवस्थासहितको अध्ययन प्रतिवेदन प्रस्तुत भएको हो।
अयोध्याको राम मन्दिर प्राणप्रतिष्ठाको बाछिटा जनकपुरसम्म आएको छ। ‘विशेष दिन’ भन्दै नगरमा माछा, मासु, मदिरा बिक्री वितरण निषेध गरिएको छ। वीरगन्जमा घरघरमा ‘जय श्रीराम’ लेखिएका गेरुवा झण्डा राखिएका छन्।
दमौलीबाट छिपछिपेतर्फ गइरहेको ‘मिनी ट्रक’ आइतबार राति सडकदेखि ५०० मिटर तल खसेर दुर्घटना भएको छ।
बसमा सवार बर्दियाको गेरुवा–१ का ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको छ।
चिसोका कारण पशु चौपायामा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ। शीतलहरका कारण चरनको पनि समस्या भएको छ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
संघ र प्रदेश सरकारले आपसी समन्वय र सहकार्य गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गर्ने भएको छ।
तारले बेरिएको अवस्थामा वयस्क पोथी पाटे बाघ मृत अवस्थामा भेटिएको सब डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।
आयोगकी अध्यक्ष कमला पराजुलीले विद्यालय तहका छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराइन्।
पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री किरातीले भाषा संग्रहालय पनि स्थापना गर्ने बताएका हुन्।
उक्त सुन ती व्यक्ति आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि कसैको भरिया भएका हुन् भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मल्लरानी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जिपलाइन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। यहाँ चिल्डेन पार्क, वनभोजस्थलसमेत बनाउँने तयारी छ।
भरतपुर र नारायणगढ क्षेत्रको शहरी सौन्दर्यलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तार गरिएको हो।
पेण्डुवाले श्रीमतीको हत्यापछि अवस्था बुझ्न पुगेका स्थानीय मिना थापा र शिला चौधरीलाई पनि रडले हानेर घाइते बताएका छन्।