AnonymousUser

Logout

तराईमा बाक्लो हुस्सु, कोशी र गण्डकीका पहाडी भूभागमा वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

उनले रुस जान ७ लाख ३० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै ठगी गरेका प्रहरीले जनाएको छ।

भीड नियन्त्रणमा हतियारको प्रयोगबारे सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई गर्दै बिहीबार अदालतले लिखित जवाफ माग गरेको हो।

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी ३२ वर्षपछि पक्राउ

पीडित महिलालाई ब्रुनाई पठाइदिने भनी झुक्याएर भारतमा लगेर १० हजार भारुमा बेचेका थिए।

उत्तर–दक्षिण राजमार्गको काम सरकारको प्राथमिकतामा

यी राजमार्गले व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले उच्च प्राथमिकतामा राखिने भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बताए।

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सन् २०२३ को ‘अफ सिजन’मा खुम्बु भ्रमण गर्ने विदेशीको संख्या बढेकाले हवाई सेवा प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको हो।

ज्यान मार्ने धम्की दिँदै १५ लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ

भरतपुर–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित नम्बरबाट फोन गरी धम्क्याएर १५ लाख मागेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

गुल्मीका वन्यजन्तु पीडितले २ वर्षदेखि पाएनन् राहत

वन्यजन्तुको आक्रमणबाट हुने अंगभंग एवं मानवीय क्षति, पशुधन, घर/गोठ र खाद्यान्न बालीको क्षतिबापत सरकारले किसानलाई राहत दिनुपर्ने व्यवस्था छ।

बनेपा–९ का वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काभ्रेको बनेपा नगरपालिका– ९ का वडाध्यक्ष नृपेश वादेलाई १५ लाख रुपैयाँ घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको छ। 

तराईमा हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शृंखलावद्ध चोरीमा संलग्न व्यक्ति पक्राउ

उनले सानेपा र झम्सिखेलका विभिन्न ४ ठाउँबाट मात्रै ३७ लाख रुपैयाँ बराबरको धनमाल चोरेको प्रहरीले जनाएको छ।

पर्यटन प्रवर्द्धनका लागि पुराना गाउँहरूको खोजी गर्दै सरकार

पर्यटनमन्त्री सुदन किरातीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरू गरेको बताएका छन्।

अमेरिका पुग्ने सपनाले बिजोगः ठगिएको रकम उठाउन चार महिनादेखि भौँतारिइरहेका शुक्रराज

खेलाडीहरूको सहयोगी बनाएर अमेरिका पठाइदिने भन्दै कैलालीका शुक्रराज स्वारसँग ७ लाख रुपैयाँ लिएर रितेश केसीले ‘जग्गा किन्न ५० लाख बैना लिएको’ कागज बनाइदिए। अहिले त्यही कागज बोकेर स्वार भौँतारिइरहेका छन्।

विभिन्न ब्रान्डका नक्कली मदिरा बेचबिखनमा संलग्न ९ जना पक्राउ

उनीहरूले चिनी पानीलाई कालो हुनेगरी पकाएर रक्सीको रंग दिने गरेको पाइएको  प्रहरीले जनाएको छ।

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्मे

तीनजुरेडाँडा, फेदी, मंगलबारे र गुफापोखरी हिउँले सेताम्मे भएका छन्। हिमपात भएपछि यहाँ झापा, मोरङ, सुनसरी तथा भारतका बिहार, सिक्किम, पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन्।

खानेपानी मन्त्रालयले भन्यो– मेलम्चीको खानेपानी सफा छ, हल्लाको पछि नलाग्नू

सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम प्रशोधन गरेर मेलम्चीको खानेपानी प्रसारण गरिएको मन्त्रालयले जनाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

हिउँले टल्कने सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदै

सर्वोच्च शिखर सगरमाथासहित ल्होत्से, नुत्से, पुमरी, आमादब्लम, कोंगदेजस्ता चर्चित हिमालमा हिउँको मात्रा कम हुँदै गएको नाम्चेका लामाकाजी शेर्पाको अनुभव छ।

दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न सरकारलाई रास्वपाको ध्यानाकर्षण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका छन्।

‘वाइडबडी’ जहाज बिग्रिएर अलपत्र परेका यात्रुलाई वैकल्पिक उडानमार्फत गन्तव्य पठाइँदै

जहाज ग्राउन्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। रोकिएका यात्रुलाई मंगलबार साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।