पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटना हुँदा नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको छ।
कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल प्रहरीका १६ नायब महानिरीक्षक (डीआईजी)को काज तथा सरुवा भएको छ।
बलात्कृत बालिकाले काठमाडौँ जिल्ला अदालतमा बकपत्र गर्दा आफूले भनेका केही महत्वपूर्ण कुरा बयानमा नलेखिएको भन्दै आपत्ति मात्र जनाइनन्, प्रहरीले शुरूमै खिचेको भिडियो प्रमाणका लागि पेश गर्न पनि माग गरिन्।
सीआईबीको टोलीले आफूलाई तपस्वी भनेर चिनाउने रामबहादुर बम्जनलाई पक्राउ गरेको छ।
सर्बिया, पोल्यान्ड, माल्टा पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा ६ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले ‘जनयुद्ध दिवस’लाई मान्यता दिन नमिल्ने सर्वोच्चको आदेशका कारण नेपालको भविष्यतर्फको यात्रामा थप एक कदम सहज भएको उल्लेख गरेका छन्।
गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै भारतीय पक्षले प्रवेशमा रोक लगाएकाले पर्यटकको चहलपहलमा कमी आएको बताए।
बाराको कलैया–१० का ५० वर्षीय कामेश्वर शाह, बिश्रामपुर–५ का २० वर्षीय मनिष सरार्फ र पर्साको वीरगन्ज–३ का ३२ वर्षीय सुमनकुमार सरार्फलाई काठमाडौँको कोटेश्वर र भोटेबहालबाट पक्राउ गरिएको हो।
गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारीका सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गाउँपालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन योजनालगायतका काम रोकिएका छन्।
तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले बाक्लो हुस्सुका कारण एक अर्कालाई नदेख्दा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको जनाएको छ।
कैदीलाई न्यानो लुगा किन्न आएको पैसा खाइदिएपछि भएको विरोध दबाउन सिरहा कारागारमा पुस १८ गते चौकीदारले गरेको ज्यादतिसँगै कारागार प्रशासन र प्रहरीको आडमा चलिरहेको ‘चौकीदार शासन’ पनि छताछुल्ल भएको छ।
स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ को संक्रमण पुष्टि भएको जनाएको छ। १६ वटा नमूनाको परीक्षण गर्दा सात वटामा जेएन.१ को संक्रमण पुष्टि भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
भूपेन्द्र नेपालगन्जको धम्बोझी चोकमा रहेको आफ्नो पसल बन्द गर्दै थिए। साँझ पर्दै थियो। त्यही बेला केही मान्छे आएर उनलाई नियन्त्रणमा लिई आँखामा पट्टी बाँधिदिए। त्यसपछि उनी कहिल्यै घर फर्किएनन्।
थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
उनीहरू पशुपति, तिलगंगातिर कवाडी उठाउँथे। एक दिन सोचे– कवाडी उठाउनुभन्दा भक्तजनसँग पैसा मागेर जिन्दगी चलाउनु राम्रो। त्यसपछि गुह्येश्वरी आउने भक्तजनसँग पैसा माग्न थाले। त्यो काम निरन्तर चलिरहेको छ।