धरानस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगजनीमा चार जनाको जलेको अवस्थामा शव भेटिएको छ।
‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट तथा सर्वसाधारणमा त्रास फैलाउने गतिविधिहरूसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।
‘जेनजी’ आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त प्रहरी चौकी र प्रभागहरूको पुनर्स्थापना र सरसफाइमा स्थानीय समुदायले अग्रसरता देखाएका छन्।
नवनिर्माण एवं पुनर्निर्माणका लागि आगामी दिनमा आवश्यक बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको भन्दै महासंघले उद्यम व्यवसाय निर्बाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थाका लागि आग्रह गरेको छ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले कानूनी तथा राजनीतिक परामर्श गरिरहेका छन्। बिहीबार रातिसम्म भएको छलफल शुक्रबार पुन: हुँदैछ।
जेनजी आन्दोलनका क्रममा देशका प्रशासकीय र प्रहरी कार्यालय, नेताका घर तथा व्यापारिक भवनसहितका संरचनामा आगजनी गर्दा सिर्जना भएको आतंकले छिमेकमा बस्ने सर्वसाधारण अझै त्रसित छन्।
भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए। अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुंगानाले बताएका छन्।
अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ।
सर्वसाधारणको किनमेल र आवतजावतका लागि बिहान ६ देखि ११ बजे र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा तथा कर्फ्यु हटाइए पनि सो समयमा कुनै प्रकारको जुलुस, धर्ना वा प्रदर्शन गर्न निषेध गरिएको सेनाले जनाएको छ।
नागरिक अगुवाहरूले नेपाली सेनालाई आफ्नो पेसागत व्यावसायिकता स्मरण गराउँदै नागरिक र संवैधानिक सर्वोच्चताभित्र रहेर संकट समाधानमा भूमिका खेल्न आग्रह गरेका छन्।
जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टकला (साह)सहित १८ कैदीबन्दीलाई काभ्रेपलान्चोकको मंगलटारबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
विदेशी सञ्चारमाध्यमहरूले भदौ २३ गतेदेखि नै नेपाललाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरिरहेका छन्। भारतदेखि युरोप र अमेरिकाका सञ्चारमाध्यममा लगातार नेपालसम्बन्धी समाचार प्रकाशित भइरहेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक संकट समाधान गर्न संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन्।
भदौ २४ गते सर्वोच्च अदालतलगायत देशभरका अन्य अदालतमा आगजनी, ढुंगामुढा र लुटपाट भएको थियो। यसबाट अदालतका महत्त्वपूर्ण दस्ताबेज, उपकरण र भौतिक सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोसाकहरू दुरुपयोग नगर्न हुन र सोसँग सम्बन्धित सूचनाहरूसमेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई प्रहरीले अनुरोध गरिएको छ।
उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय भवनलगायत आगजनीबाट ध्वस्त संरचना सफा गर्न थालिएको छ। प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकामध्ये उपचारका क्रममा अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ।
नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताभन्दा बाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्तिको विरोध गर्ने स्पष्ट पार्दै संवैधानिक मान्यताभित्र रहेर मात्र निकास खोज्न आग्रह गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई संयम अपनाउँदै शान्ति सुव्यवस्था कायम राख्ने काममा सहयोग गर्न अपिलसमेत गरेका छन्।
वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड अवरुद्ध भएको छ।