‘जेनजी’को प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै शनिबार नयाँ बसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका छन्।
'जेनजी' आन्दोलनमा घाइते भएका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग देशका लागि आफूहरूले दिएको बलिदान खेर जान नदिन र देशलाई निकास दिन आग्रह गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले देशको जटिल परिस्थितिबाट शान्तिपूर्ण निकास निस्किएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई सहयोगका लागि अपिल गरेका छन्।
नेपाली सेना र कर्मचारी सिंहदरबारको पश्चिमोत्तर भागमा रहेको गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाउन जुटेका छन्। आगजनीबाट जोगिएका पुराना सामान प्रयोग गरेर नयाँ कार्यकक्ष तयार पारिँदै छ।
आठ राजनीतिक दलले लोकतान्त्रिक एवं कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र प्रचलित कानूनबमोजिम हुनुपर्नेमा जोड दिएका छन्।
बांग्लादेश सरकारका प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
'जेनजी' आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीहरूलाई सम्बन्धित कारागारमा फर्किन र नियन्त्रणमा लिएका प्रहरीका हतियार र पोसाक पनि फिर्ता गर्न मानव अधिकार आयोगले आग्रह गरेको छ।
जेनजीको प्रदर्शनका कारण गत मंगलबारदेखि काठमाडौँ उपत्यकामा ठप्प रहेको सार्वजनिक सवारीसाधनको आवागमन शनिबारदेखि शुरू भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
जेनजी आन्दोलनमा काठमाडौँ उपत्यकाका धेरै प्रहरी कार्यालयमा आगजनी भयो, जसले प्रहरीलाई भाग्न बाध्य बनायो। अहिले स्थानीय बासिन्दा जुटेर जलेका भवन सरसफाइ गर्दै प्रहरीलाई काम सुचारु गर्न सहयोग गरिरहेका छन्।
नयाँ सरकार गठन र कर्फ्यु हटेसँगै नागरिकको जनजीवन सामान्य बन्दै गएको छ। सर्वसाधारण आफ्नो नियमित दैनिकीमा फर्किएका भएका छन्।
अध्ययन र रोजगारीको सिलसिलामा तीन वर्षयता काठमाडौँमा रहेका असहावलाई मंगबार पठाओमा यात्रुलाई गोंगबु लैजाने क्रममा प्रहरीको गोली लागेको थियो।
सेनाले झलनाथ खनाललाई तल झार्दैगर्दा घरमा आगो सल्किसकेको थियो, रविलक्ष्मी र छोरा भित्रै थिए। खनालले उनीहरूलाई पनि बोलाए, तर त्यति नै बेला अति असुरक्षित भएको भन्दै सेनाले गाडी हुइँक्याइहाल्यो।
राष्ट्रपति कार्यालयले मुलुकको विषम परिस्थितिलाई सम्बोधन गर्न र युवा पुस्ताको आकांक्षाअनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जनाएको छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
सरकार प्रमुखको नियुक्ति पहिले कि संसद् विघटन पहिले भन्ने रस्साकस्सीपछि अन्ततः नयाँ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आजै प्रतिनिधिसभा विघटन गर्ने भएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक विभागमा शव पहिचानका लागि आधिकारिक पत्र कम आउँदा शव परीक्षणमा ढिलाइ भएको छ।
प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मारिएका २१ जना छन् भने २१ जनाको आगजनी, भागदौड लगायतका क्रममा मृत्यु भएको हो। कारागारबाट भाग्न खोज्दा ९ जना कैदीबन्दी र प्रदर्शनकारीको कुटपिटमा तीन प्रहरी मारिए।
ध्वस्त भएको प्रधानमन्त्री कार्यालयको भवनबाट अझै पनि धुवाँ आइरहेको छ। पार्किङमा रहेका कैयन् सवारीसाधनहरू पनि जलेर प्रयोगविहीन भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जलेर नष्ट भएपछि अन्तरिम सरकारको प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै गृह मन्त्रालयको नयाँ भवनबाट सञ्चालन गर्ने तयारी गरिँदै छ।