AnonymousUser

Logout

बिर्सिन थालियो भूकम्पको धक्का, महानगरमै बढ्दैछ मापदण्ड मिचेर घरको तला थप्ने प्रवृत्ति

ललितपुर महानगरपालिकाभित्र बनेका ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यस्ता भवनको सवालमा उजुरी परेपछि मात्र छानबिन शुरू हुने गरेको छ।

ऊर्जा मन्त्रालय आफ्नो कार्यक्षेत्रभित्र हुनुपर्ने कृषि समितिको माग

बैठकले कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संस्थागत विकास र जिम्मेवारीलगायत विषयबारे आगामी बैठकमा जानकारी लिने पनि निर्णय गरेको छ।

कृषिमन्त्री भन्छन्– लम्पी स्किन रोग नियन्त्रणमा आयो

कृषिमन्त्री भुसालले लम्पी स्किन रोग नियन्त्रणका लागि जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरी पशुमा लगाउने व्यवस्था गरिएको बताए।

संविधान दिवस विविध कार्यक्रमसहित तीन दिन मनाउने सरकारको निर्णय 

सरकारले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको छ।

जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको जिप आइतबार बिहान दुर्घटनामा परेको हो।

राप्ती तटीय क्षेत्रमा सधैँ बाढीको त्रास, कटान नरोकिए बस्ती नै जोगाउन कठिन 

राप्ती नदी बस्तीमा पस्ने डरले बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका एक दर्जन बस्तीका सयौँ बासिन्दा त्रासमा रात बिताउने गरेका छन्। त्यहाँ नदीले दिनहुँ जसो कटान गरिरहेको छ।

पेप्सीकोला दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २ पुग्यो, बस चालक पक्राउ

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापाको उपचारका क्रममा मृत्यु भएको हो।

ललितपुर महानगरको एउटा व्यस्त सडक: हिउँदमा सुविधा, वर्षामा सास्ती (भिडियो कथा)

यो सडकमुनिबाट ह्युम पाइपमा कुलो बग्छ। वर्षात‍्का बेला सुनाकोठी,  ढोलाहिटी हुँदै आउने भलसमेत कुलोमा मिसिँदा पाइपले बहाव थेग्न नसकेको पानी जोडले बाहिर निस्किन्छ।

पेप्सीकोला–काँडाघारी सडकमा बसको ठक्करबाट १ जनाको मृत्यु, ६ घाइते

आइतबार बिहान आठ बजेतिर बसले जिप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दोलखाबाट काठमाडौँ गइरहेको गाडी दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

शनिबार राति सुनकोसी गाउँपालिकाअन्तर्गत लामोसाँघु–जिरी सडकखण्डको पाँच किलो नजिकै दुर्घटना भएको हो। 

रसुवागढी नाकाबाट १ किलो सुनसहित १ जना पक्राउ

केरुङबाट अवैध रूपमा १ किलो सुन नेपाल भित्र्याउँदै लाग्दा गोसाईंकुण्ड गाउँपालिका–३ बृद्धिम की पाछेमु तामाङ प्रकाउ परेकी हुन्।

देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

सुजन ओलीको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति निर्वाचित

सेजनको शनिबार सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुजन ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

डेंगी संक्रमितको संख्या २१ हजार नाघ्यो, सुनसरीमा मात्र ११ हजार बिरामी

महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासनी पानी परिरहेकाले डेंगी संक्रमण दैनिक रूपमा बढिरहेको बताउँछन्।

साइकल लेन छुट्याउन कन्जुस्याइँ गरिँदै छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्य सरकारले नीति निर्माण गर्दा साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताउँछन्।

स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७ माडरका प्रेमकुमार यादव र ७ नम्बर वडाका सञ्जयकुमार साह छन्।

दाङको गणपति तेल मिलमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

आगलागीबाट मिलको दुईतले पक्की भवनमा पूर्ण रूपमा क्षति पुगेको र दाल पिस्ने मेसिनमा पनि क्षति पुगेको छ। 

४८ एसपी र १२० डीएसपीको सरुवा

कास्कीका एसपी अजय केसीलाई प्रहरी अंगरक्षक गण नक्साल सरुवा गरिएको छ। अंगरक्षक गणका काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाइएको छ।

कोशी, मधेश र बागमतीमा भारी वर्षाको सम्भावना

लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आरती साह मृत्यु प्रकरण: माग पूरा गर्नुको सट्टा माइतीघर छोड्न गृहमन्त्रीको दबाब

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार आरती साहका परिवारलाई मन्त्रालयमै बोलाएर अढाई महिनादेखि धर्ना दिइरहेको स्थल माइतीघर छाडेर घर फर्किन दबाब दिएका थिए।