AnonymousUser

Logout

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका हुन्। 

विदेश पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

जयपृथ्वी राजमार्ग २ दिनदेखि अवरुद्ध

राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने गाडी रोकिएका छन्। पहिरोसँगै ठूलो ढंगा खसेका कारण पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

कागखोलालाई पुरानै धारमा फर्काइयो, जनजीवन सामान्य बन्दै

स्थानीयको श्रमदानबाट खोला वारपार गर्न काठको अस्थायी पुल बनाइएको छ। भवनमा बाढी पसेपछि बन्द भएको जनशान्ति माविको पठनपाठन १० दिनपछि सुचारु भएको छ।

देशभर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागको मौसम सामान्यतया बदली रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न

हालसम्म निर्माणाधीन तीन वटा सुरुङमार्गहरूको जम्मा लम्बाई ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको आयाेजनाले जनाएकाे छ।

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग

स्थानीय तहले सवारीसाधनमा जथाभावी लिँदै आएको पटके कर तत्काल खारेज गनुपर्ने लगायत महासंघले विभिन्न माग राखेकाे छ।

घरेलु महिला श्रमिकलाई पहिचान दिलाउन अधिकारकर्मीकाे माग

सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमिकहरूलाई सूचीकृत गर्नुपर्ने उनीहरूकाे भनाइ छ।

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, एकजना साधारण तारेखमा रिहा

थुनछेक बहस सकिएपछि न्यायाधीश भोलानाथ ढकालको इजलासले यस्ताे आदेश दिएको हो।

लाहुरेको लगानीः ५१ वर्षदेखि पोखरेलीको सवारीमा इन्धन भरिरहेको ‘हिमालय पम्प’

गोरखपुरबाट ६ हजार लिटर पेट्रोल ल्याएर पोखरामा पेट्रोल पम्प शुरू भएको थियो। त्यसबेला पेट्रोलको मूल्य दुई रुपैयाँ प्रतिलिटर थियो। मट्टीतेल त २३५ रुपैयाँमा एक ड्रम नै आउँथ्यो। 

आत्महत्या रोकथाम दिवस: रोकथाम गर्न सचेतना कम 

आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णालीका केहीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिमको एक–दुई स्थान भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।

सर्लाहीको मलंगवामा कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले विमानस्थल भन्सारका अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ।

जंगली हात्तीले नष्ट गर्‍यो २० बिघामा लगाइएको धानबाली

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ ७ बजे नै हात्तीको बथान धानखेतमा छिर्ने बिहान मात्रै फर्कने गरेका छन्।

बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी महिलाको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

दाङबाट फर्किँदै गरेको बस बाँकेमा दुर्घटना: बर्दियाका ७ जनाको मृत्यु, २९ घाइते

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर भएको दुर्घटनामा २९ जना घाइते भएका छन्। त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि  मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता

कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा शुक्रबार कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको छ।

बजेट अभावले महाकाली पुल निर्माणको अवधि लम्बिँदै

महाकाली पुल योजना कार्यालयका प्रमुख महेन्द्रबहादुर गुरुङले पुल निर्माण कम्पनीलाई बजेट अभावका कारण गरिसकेको कामको समेत रकम भुक्तानी दिन नसकिएको बताए।