AnonymousUser

Logout

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ

भारतको केइसी इन्टरनेसनलले दमौलीबाट भरतपुरसम्म ३६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ। जसअन्तर्गत ६९ टावरको जग हाल्ने कार्य सकिएको छ।

धान खरिद गर्ने सहकारीलाई सरकारले व्यवस्थापन खर्च दिने, सूचीकृत हुन आग्रह

सरकारले तोकेको समर्थन मूल्यमा किसानबाट धान खरिद गर्ने सहकारीलाई व्यवस्थापन खर्च उपलब्ध गराउन लागिएको हो।

कस्तो छ आइतबारको मौसम?

सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्यसेवा ठप्प पर्ने चिकित्सक संघको घोषणा

हेटौँडामा चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध कारबाहीको प्रक्रिया नथालिएको भन्दै चिकित्सक संघले आइतबार देशभर स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पार्नेसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ

सिन्धुपाल्चोकमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ। 

तीनकुने सामूहिक हत्या प्रकरण: अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन

तीनकुने हत्या प्रकरणको अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको छ।

किन बढिरहेका छन् काठमाडौँमा हत्याका घटना?

धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन नसक्दा भएको पाइएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतको भनाइ छ। शनिबारको तीनकुनेको घटना पनि रिसिइबीले भएको हुनसक्ने उनले बताए।

काठमाडौँको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, १ पक्राउ

गैह्रीगाउँको दिव्य सः मिलमा सुरक्षा गार्ड रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ।

शनिबारको मौसम: हावाहुरीसहित वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहेको छ। काठमाडौँ उपत्यकामा भने बिहानैदेखि घाम लागिरहेको छ। 

पशुपतिमा मारवाडी सेवा समितिले भोगचलन गर्दै आएको भवन–जग्गा आफूलाई उपलब्ध गराउन काठमाडौँ महानगरको पत्र

उक्त क्षेत्रलाई अब धार्मिक पर्यटन र सांस्कृतिक केन्द्रको रुपमा विकास गर्ने महानगरले जनाएको छ।

हिनामिना भएको बाल संगठनको सम्पत्ति सरकारले फिर्ता ल्याउँछः मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपाल बाल संगठनको हालसम्म हिनामिना भएको सम्पत्ति जसरी पनि सरकारले फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन्। 

उकालाे साप्ताहिक ब्रिफिङ: सुनकाण्डकाे 'प्रगति विवरण', असुरक्षित डाक्टर र बालेन टाइम्स 

याे साता नेम्वाङकाे निधन, सुन तस्करीसम्बन्धी सीआईबीकाे अनुसन्धान प्रतिवेदन, डाक्टर कुटिए, मेयर बालेन्द्र टाइम म्यागेजिनको १०० उदयीमान नेताकाे सूचीमा लगायतका खबर मुख्य हेडलाइन बने

नदीजन्य पदार्थ निकासीको निर्णयप्रति नागरिक आन्दोलनको आपत्ति, खारेज गर्न माग

तराई–मधेशमा माटोको गुणस्तरमा ह्रास, माटोको क्षयीकरण र भूमिगत जलाधारमा संकुचन आउँदा नेपालको ठूलो उर्वर भूमि मरुभूमीकरणको चपेटामा पर्ने जोखिम बढेको रहेको विज्ञप्तिमा उल्लेख छ।

शिक्षकको हकहितमा नभएको भन्दै शिक्षा विधेयक जलाइयो

शिक्षकहरूका अधिकार कुण्ठित गर्नेगरी ल्याइएकाे भन्दै राहत शिक्षकहरूले विधेयक जलाएका छन्। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। 

स्वास्थ्यमन्त्री बस्नेत र मेयर बालेन शाहको अभिव्यक्तिप्रति आयोगको आपत्ति

मेयर शाहले सिंहदरबारमा आगो लगाइदिन्छु भनी लेखेको र मन्त्री बस्नेतले कर्मचारीलाई आत्महत्या गर्ने भए डोरी किनिदिन्छु भनी दिएको अभिव्यक्तिप्रति मानव अधिकार आयोगले आपत्ति जनाएको हो। 

सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन

उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो।

वैदेशिक रोजगारीमा साउदी गएका १८ जनाभन्दा धेरै नेपाली काम नपाएर ४ महिनादेखि अलपत्र 

काठमाडौँको सितापाइलामा रहेको म्यानपावर कम्पनी ‘एडभेन्चर ह्युमन रिसोर्सेज प्राली’बाट उनीहरु सन् २०२२ को फेब्रुअरीमा साउदी पुगेका थिए।

सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवाका लागि तयार हुँदै ‘डेडिकेटेड लेन’ 

सरकारले असोज ३ गतेदेखि सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

राष्ट्रिय बाल दिवस मनाइँदै 

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ शुक्रबार देशभर विभिन्न कार्यक्रम आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाइँदै छ।

सुदूरपश्चिम र लुम्बिनीमा चट्याङसहित भारी वर्षाको सम्भावना

गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको र बाँकी स्थानमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।