दुवै स्थानमा वर्षा नरोकिएकाले तत्काल पहिरो पन्छाउन सक्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ।
मंगलबार बिहान लेदोसहितको पहिरो खसेसँगै सडक दुईतर्फी अवरुद्ध भएको छ। पहिरो पन्छाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
दिउँसो मधेश, बागमती र गण्डकी तथा कोशी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ। मधेश र बागमतीका केही स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना छ।
मुख्य सुरुङ छिचोल्न बाँकी भए पनि आकस्मिक सुरुङबाट अबदेखि धादिङ–काठमाडौँ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए।
सीआईबीले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अघि बढाएको छ। यो प्रकरणको छानबिनका लागि प्रहरी उपरीक्षक सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पहिरोमा अझै ११ नेपाली हराइरहेको जानकारी दिए।
चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति भएपछि न्यूनतम नौ मिटर कालोपत्र हुनेछ। बजार क्षेत्रमा भने चारदेखि ६ लेनको सडक निर्माण हुने छ।
सर्वोच्च अदातलले मन्त्रिपरिषद्को निर्णयमा संलग्नहरूमाथि पनि अनुसन्धान गर्न आइतबार नेपाल प्रहरीसमेतलाई आदेश दिएसँगै तत्कालीन प्रधानमन्त्री तथा विभागीय मन्त्रीहरू अनुसन्धानको दायरामा परेका हुन्।
सर्वोच्चको आदेशसँगै ललिता निवास जग्गा हिनामिना प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्ने बाटो खुलेपछि भट्टराईले छानबिन भएमा सहयोग गर्ने बताएका छन्।
अहिले बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतिर सरेका कारण सोमबारदेखि तुलनतात्मक रूपमा बढी पानी पर्नेछ।
मानवअधिकार तथा शान्ति समाजले सरकारबाट सशस्त्र द्वन्द्वकालका पीडकलाई आममाफी दिने काम भए राष्ट्रिय रूपमै आन्दोलन गर्ने चेतावनी दिएको छ।
शौचालय निर्माणमा स्वार्थ बाझिएको भन्दै अदालत गएका स्थानीय युवा अभियन्ता अनिल थापाले सार्वजनिक शौचालय निर्माणको विषय स्वागतयोग्य भए पनि तेस्रो पक्ष खडा गरेर महानगरले संशय पैदा गराएको बताउँछन्।
विभागले अहिलेसम्मको अनुसन्धान लगायतका सबै विवरणसहित अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको छ।
अविरल वर्षासँगै शनिबार राति ९ बजेतिर गएको पहिरोले स्थानीय गणेश तामाङको घर पुरेको थियो।
भारतको श्रावस्ती जिल्लास्थित इकौनामा कार दुर्घटना हुँदा नेपालगन्ज–११ त्रिभुवनचोकका छ जनाको मृत्यु भएको छ। वैभवबाट नेपाल फर्कने क्रममा दुर्घटना भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको उत्तराखण्डमा पहिरोमा परी १३ नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्।
केदारनाथमार्गस्थित गौरीकुण्डमा बिहीबार राति गएको पहिरोमा जुम्लाको पातारासी गाउँपालिका वडा नं २ र ३ घर भएका ११ जना परेका हुन्।
लम्पी स्किन रोगका कारण पशुचौपाया धमाधम मर्दा र रोपाइँ प्रभावित हुँदासमेत यसको नियन्त्रणमा कसैको ध्यान नपुगेको किसानको गुनासो छ।