१८ वर्षअघि सडकको मार्ग खोल्नुपूर्व नै यहाँ पहिरोको जोखिम थियो। रोकथामका लागि दीर्घकालीन योजना नहुँदा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीयको भनाइ छ।
बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई राष्ट्रपति पौडेलले आह्वान गरेका हुन्।
शनिबार बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो।
पहिरोका कारण सिंगो बस्ती नै विस्थापित हुने जोखिम छ। दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन्।
नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ। मध्यवर्ती क्षेत्रका मानिस घाँस दाउरा, निगुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन्।
कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।
सप्तरीमा मिटरब्याजसम्बन्धी एक हजार ५७९ निवेदन परेको छ। तीमध्ये ८१ निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख रुपैयाँ पीडितले साहुलाई तिराएका छन्।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटेबाट जिपसहित चालक बेपत्ता भएको छ।
अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
निर्वाचनपछि गठित प्रतिनिधिसभाको बैठक बस्न थालेको ७ महिना पुग्न लागिसकेको छ। संसद्को यो अवधि केवल एक थान कानून निर्माणमै व्यतीत भएको छ।
काठमाडौँबाट चित्लाङतर्फ जाने क्रममा हिलोमा फसेको उक्त भ्यानलाई धकेल्दा ‘ओभर स्पिड’ भई सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ।
क्यान्सर र अंग प्रत्यारोपण, दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्ने गरेको छ।
आफूमाथि आरोप लागेपछि पक्राउ पर्ने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध नै मुद्दा दर्ता गराएका थिए।
विद्युतीय ट्याक्सी खरिदमा खुला बजारमाथि बन्देज लगाउने गरी बागमती र गण्डकी प्रदेश सरकारले ल्याएको मापदण्डलाई अदालत गएर चुनौती दिएका व्यवसायी संघीय सरकारले ल्याउने नयाँ मापदण्डको पर्खाइमा छन्।
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन संग्रहालयको अवलोकन गरेका छन्।
लम्पी स्किन गोरुमा बढी फैलिएपछि धान रोपाइँमा समस्या भएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्।
दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको छ।
विभागको टोलीले बुधबार काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ।
विभिन्न जिल्लाका न्यायाधीशहरूले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा (२) बमोजिमको अभियोग दाबीलाई उपदफा (३) अनुसारको कसुरमा बदलेर कमजोर सजायको फैसला गरी दोषी चालकलाई उम्काइरहेका छन्।