AnonymousUser

Logout

प्रहरीले गर्‍यो ८ हजार ८९६ थान हातहतियार नष्ट

कानूनबमोजिम जफत भएका, विभिन्न समयमा बरामद भएका तथा बेवारिसे अवस्थामा भेटिएका गरी ८ हजार ८९६ थान हातहतियार नष्ट गरिएको प्रहरीले जनाएको छ।

कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त, अर्को सरकार गठन प्रक्रिया शुरू गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नियुक्ति प्रक्रिया बदर गरेसँगै मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन्।

फिदिम जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

पाँचथरको फिदिममा मंगलबार भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

९२ दिनमा १४ वटा हिमाल चढेर तेन्जेन र क्रिस्टिनको विश्व कीर्तिमान 

यो कीर्तिमान यसअघि निर्मल पुर्जाको नाममा थियो। उनले छ महिना छ दिनमा कीर्तिमान बनाएका थिए।

लम्पी स्किनलाई महामारी घोषणा गर्न माग

सञ्जालले किसानलाई रासायनिक मलको सहज प्रबन्ध गर्न, कृषि बिमाबापतको रकम निकासामा भएको ढिलाइको छानबिन गर्नलगायत माग अघि सारेको छ। 

पहिरोले मेची राजमार्गको ताप्लेजुङखण्ड अवरुद्ध

सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी तथा यात्रु बीच बाटोमा रोकिएका छन्।

बिहीबारको मौसम: यी प्रदेशमा हुनेछ भारी वर्षा

देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, मधेश, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

इन्जिनियरको यौन दुर्व्यवहारमा परेकी महिला एक महिनादेखि न्यायको याचनामा, पक्राउ परिने डरले पीडितमाथि नै आरोपीको मुद्दा

पीडित महिला भन्छिन्– ‘म उजुरी गर्न भौँतारिइरहँदा उसैले मविरुद्ध अदालतबाट अन्तरिम आदेशसमेत लिइसकेछ। उसलाई समयमै पक्रेको भए यसरी खेल्ने ठाउँ पाउँदैनथ्यो। म हार खाँदिन, अन्यायविरुद्ध जसरी पनि लड्छु।’

विभिन्न समयमा जफत भएका ८ हजार ८९६ थान हतियार नष्ट

नस्ट गरिएकामध्ये भरुवा बन्दुक सबैभन्दा बढी ६ हजार ७४ थान छन्। त्यसैगरी विभिन्न प्रकारका पेस्तोल एक हजार ७६ थान, थ्रीनटथ्री राइफल ६२६ थान र रिभल्भर ३३४ थान छन्।

निर्मला हत्याका पाँच वर्ष, प्रहरी भन्छ- अनुसन्धान जारी छ

भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बुधबार पाँच वर्ष पुगेको छ। तर अझै अपराधी पत्ता लागेको छैन। प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ।

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन, ६ जना पक्राउ

पीडितले लघुवित्तीय संस्था खारेज गर्न, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत माग राखेका छन्। 

दाङमा ५ वर्षमा २२८ जनाको डुबेर मृत्यु

अधिकांश मानिसको मृत्यु लापरबाहीका कारण डुबेर हुने गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरका छन्। 

कोशी, गण्डकी  र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षा हुने

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ। 

देउखुरीका दर्जन बढी घर डुबानमा

सोमबारदेखि लगातारको वर्षाले गर्दा देउखुरीको विभिन्न स्थानमा दर्जन बढी घर डुबानमा परेका छन् भने केही घर भत्किएका छन्।

गृहले गर्‍यो डीएसपी ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त भएको छ।

देशको वर्तमान राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्न विज्ञहरूको माग

सुरक्षाविद्हरूले राष्ट्रिय सुरक्षा नीति बनाउनुअघि संसद्मा व्यापक छलफल गराउने परिपाटीको विकास गर्न सरकारलाई सुझाव दिएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी ऐनको संशोधनमा पीडितका सरोकार नसमेटिए द्वन्द्व दोहोरिने विज्ञहरूको चेतावनी 

सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय र परिपूरणको पर्खाइमा १७ वर्ष बिताएपछि संसदमा पेश भएको ऐन संशोधन विधेयकमा द्वन्द्वकालीन मुद्दा फिर्ता लिन सकिने व्यवस्था राखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका छन्।

टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ।

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

विगत तीन वर्षदेखि बर्सेनि बर्खामा सास्ती दिने बागलुङ नगरपालिका–१० भकुन्डे दब्लाङको पहिराको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी भने थालिएको छ।

हिँड्दाहिँड्दै टुंगिने काठमाडौँ उपत्यकाका फुटपाथ

शहर कस्तो छ भन्ने तस्वीर त्यहाँ पैदलयात्री हिँड्ने फुटपाथ कति व्यवस्थित छन् भन्ने कुराले देखाउँछन्। काठमाडौँ उपत्यका त्यसको उदाहरण हो जहाँ पैदलयात्रीका लागि बनाइएका फुटपाथ हिँड्दाहिँड्दै हराउँछन्।