पुल बनेको भए मुग्लिन–नारायणगढ खण्डको विकल्पका रूपमा सर्वसाधारणले उक्त पुल तरेर बुद्धसिंह मार्ग हुँदै दमौली निस्केर गन्तव्यसम्म पुग्न हुन्थ्यो। पहिरोका कारण अलपत्र भएर बस्नुपर्ने अवस्था आउँदैनथ्यो।
लालबकैया नदी र त्यस क्षेत्र भई बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ।
हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा ताप्लेजुङमा मानवीय संकट आउन लागेको भन्दै तत्काल बेलीब्रिज निर्माण गर्न माग गरिएको छ।
पहिरो खस्ने क्रम नरोकिएपछि गत बिहीबारदेखि पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। यो सडक हुँदै दैनिक १० हजार सवारीसाधन आउजाउ गर्छन्।
विगत तीन वर्षयता वर्षाको समयमा मौरी खोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।
दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटीलाई पक्राउ गरी अनुसन्धान थालिएको छ।
मृतक कविताका श्रीमान् धीरेन्द्र शाह र ससुरा नागेन्द्र घटनापछि फरार छन्। सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
पछिल्लो तीन घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटीय क्षेत्रमा बाढीको जोखिम बढेको बाढी मापन केन्द्र बुटवलले जनाएको छ।
बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजे मात्र सञ्चालनमा ल्याइएको थियो।
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
वर्षात्को बाढी र महानगरबाट विस्थापनको त्रास लिएर बाँचेका घरबारविहीनहरू भन्छन्– ‘राज्यका नागरिक हामी पनि हौँ। बाँच्न पाउने अधिकार हाम्रो पनि छ। हामीलाई कतै व्यवस्थापन नगरी लखेटेर यो राज्यले के पाउँछ?’
सडक अवरुद्ध हुँदा रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्।
पहिरो झरेर सडकमा थुप्रिएकाले पन्छाउन कम्तीमा सात घण्टा लाग्ने प्रहरीले जनाएको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएकाे छ।
प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्।
सडक अवरुद्ध भएसँगै यस सडकखण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन्।
देशको संघीय राजधानीका दुई महानगरको ट्राफिक व्यवस्थापन शैली ठ्याक्कै उल्टो छ। काठमाडौँ महानगरले सडक किनारामा पार्किङलाई पूरै निषेध गरेको छ भने ललितपुर महानगरले सडकमै निःशुल्क पार्किङको सुविधा दिएको छ।
गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरूसँग तस्वीर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरू रोक्न जरुरी रहेको बताए।
यस्तो फैसलाले समाजमा चालक अनुमतिपत्र नै नलिई सवारी साधन चलाएर जोसुकैको ज्यान लिने र ६ महिना जेल बसेर उन्मुक्ति खोज्ने आपराधिक प्रवृत्ति फस्टाउने भन्दै कानूनव्यवसायीले चिन्ता प्रकट गरेका छन्।
साना यात्रुवाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन रोकेर प्रदर्शन गरेका छन्।