AnonymousUser

Logout

तीन तहका सरकार आएपछि टुट्यो पुरानो ‘चेन’, समन्वय नहुँदा सेवा अस्तव्यस्त

नागरिकका पिरमर्कासँग प्रत्यक्ष सरोकार राख्ने कृषि तथा पशु सेवासँग सम्बन्धित तीन तहका सरकार मातहतका कार्यालयबीच परस्पर समन्वय हुन नसक्दा सेवा प्रवाहमै समस्या देखिन थालेको छ। 

बाढीका कारण बन्द गरियो मेलम्चीको सुरुङ, वर्षा कम भएपछि मात्र सुचारु हुने

मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आएपछि हाल सुरुङ बन्द गरिएको छ। 

घरभित्रै मृत भेटिए अभिनेता सारुक ताम्राकार

ताम्राकारले ‘इन्टु मिन्टु लन्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा अभिनय गरेका थिए।

बाढीले बगायो मेलम्ची र फट्टेको ह्युमपाइप, सवारी आवागमन ठप्प

फट्टेको ह्युमपाइप (पुल) क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी थाङपाल गाउँपालिका–१ र २ का बासिन्दा प्रभावित भएका छन्। 

कस्तो छ शुक्रबारको मौसम?

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

देशभर डेंगी संक्रमण बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेंगी संक्रमणबाट जोगिन आग्रह गरेको छ।

मिटरब्याजसम्बन्धी ऐन संशोधन विधेयक तत्काल संसद्मा पेश नगरे आन्दोलन थाल्ने चेतावनी

मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालले मिटरब्याजसम्बन्धी ऐन संशोधन विधेयक तत्काल संसद्मा पेश गरी पारित नगरे पुनः सशक्त आन्दोलन शुरू गर्ने चेतावनी दिएको छ।

गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा ३ जनाको मृत्यु

दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला छेउमा लत्रिएको विद्युत् तारले बसलाई छुँदा करेन्ट प्रवाह भएको वडाध्यक्ष प्रदीप खड्काले जानकारी दिए।

बाँकेमा पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित चार जना पक्राउ परेका छन्।

तराईमा हावाहुरी, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

तनहुँको म्याग्देमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध

सडकभन्दा करिब १०० मिटरमाथिबाट खसेको सुक्खा पहिरोले म्याग्दे गाउँपालिका–६ मौरीबजार र तुरतुरे बजारको बीचमा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि सवारी साधन डाइभर्सन गरिएको छ।

बागमती किनारका सुकुमबासी बस्ती ६ महिनाभित्र हटाउन पूर्वाधार विकास समितिको निर्देशन

सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले बागमती किनारका सुकुमबासी र अव्यवस्थित बसोबासीका बस्ती ६ महिनाभित्र हटाउन शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।

काठमाडौँको सीडीओमा जितेन्द्र बस्नेत

बस्नेत यसअघि गोरखा, चितवन र पर्सामा प्रमुख जिल्ला अधिकारी भइसकेका छन्। 

प्रेम–विवाहमा जात नमिल्दा जल्यो घर, बिहे गर्ने युवक ‘बेपत्ता’

अघिल्लो दिन जलाउने धम्की आएको कारण भरत त्यस रात घरमा सुतेका थिएनन्। छिमेकमा गएर बसेकाले आगोमा पर्नबाट उनको ज्यान जोगिएको थियो। 

दोहरो नागरिकता लिएको अभियोगमा २ जना पक्राउ

पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द छन्।

घरमै मृत भेटिए गायक रविन तामाङ

‘रविन एन्ड द रिभोलुसन’ ब्यान्डका भोकलिस्ट तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए। 

बेनी–जोमसोम सडकमा दुई हप्तामै जोडियो बेलीब्रिज

भुरुङखोलामा रहेको कल्भर्ट बाढीले बगाएपछि म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक तथा तीर्थयात्री समस्यामा परेका थिए। बेलीब्रिज सञ्चालन भएपछि सहज भएको छ।

चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण, आहारा व्यवस्थापनमा चुनौती

बजेट अभावका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको गौशाला व्यवस्थापन समितिको भनाइ छ। भजनी नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेका छन्। 

मधेश, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ। 

घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्ये घनश्याम उपाध्यायलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गर्ने निर्णय गरेको छ।