मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौँ ल्याइएको छ।
पक्राउ परेका दुवै जनामाथि मन्त्रिपरिषद्को निर्णयलाई अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाउन नक्कली फाइल बनाएको आरोप छ।
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा चालकसहित सबै यात्रुको मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिए।
अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरूको पहिचान हुन बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
भक्तपुरको थिमीस्थित कोरियामैत्री अस्पतालसँगै १५० शय्याको अस्पताल बनाउन कोरियाले सहयोग गर्ने भएको हो। अस्पताल सन् २०२७ सम्ममा निर्माण गरिसक्ने सम्झौता भएको छ।
उक्त हेलिकप्टर बिहान १०:०५ बजे लुक्लाबाट उडेको थियो। तर, केही समयमै सम्पर्कविहीन भएपछि हेलिकप्टरको खाेजी शुरू गरिएकाे थियाे।
सोलुखुम्बुको लुक्लाबाट काठमाडौँका लागि उडेको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
‘लैंगिक समानतालाई बनाऔँ, अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाको आवाज’ भन्ने नाराका साथ नेपालसहित विश्वभर जनसंख्या दिवस मनाइँदै छ।
यो रोग झिंगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन अपिल गरिएको छ।
सार्वजनिक स्थानमा धूमपान र मद्यपान सेवन गर्ने र अन्यलाई पनि उत्ति नै असर गर्ने हुँदा अभियान शुरू गर्न लागिएको हो। सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिनेछ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।
१५ वर्षदेखि अलपत्र दार्चुला–तिंकर सडक बन्ला र ‘नेपालको स्विजरल्यान्ड’को घुम्टो उघ्रिएला भन्ने सपना त धेरै टाढा भइगयो। महाकालीछेउका बासिन्दाले गोरेटो बाटोकै पर्खाइमा एक पुस्ता गुजार्न थालिसकेका छन्।
सदनको गतिरोध हटाउन सिंहदरबारमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।
सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
सडकको दायाँबायाँ २३ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइने पोखरा महानगरले जनाएको छ। पोखरा-मुग्लिन सडकखण्ड एशियाली विकास बैंकको सहयोगमा चार लेनको बन्दैछ।
भोजपुरको टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएपछि शवलाई अखुवा खोलाको बगरमा पुरेको प्रहरीले जनाएको छ। हत्या आरोपमा ६ जना पक्राउ परेका छन्।
सोमबार दिउँसो र राति देशका अधिकांश भागमा वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
काठमाडौँ महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्सलाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई विमानस्थलबाट पक्राउ गरिएको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए।