सिनामंगल पुल नजिक खोटाङ हलेसी ज्वलेर्स अगाडि भेटिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ।
कार्ययोजनामा भेक्टर नियन्त्रण, लामखुट्टेको वृत्ति विकास रोक्ने उपाय, उपचार पद्धति, स्थानीय तह, रेडक्रसलगायत स्वास्थ्यसँग सम्बन्धित संस्थाको भूमिकाबारे स्पष्ट पारिएको छ।
मतदाता नामावली संकलन र अद्यावधिक, मतदान स्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान तथा निर्वाचन सामग्री व्यवस्थापनका लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने आयोगको तयारी छ।
बालिकालाई गाँजा तस्करीमा प्रयोग गरेका पर्सा धोबीनी गाउँपालिका–५ का फैज उल्लाह शाहलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले बताए।
दिउँसो पहाडी भूभागमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको भनाइ छ।
२० वर्ष पुराना सवारीसाधन पत्रु गराउनुपर्ने बागमती सरकारको सूचनाविरुद्ध यातायात व्यवसायीहरू अदालत गएका छन्। वैज्ञानिक मापदण्ड तोकेर त्यसमा नपर्ने गाडी मात्र पत्रु गराउनुपर्ने उनीहरूको माग छ।
प्रदेशलाई आफ्नै प्रशासनिक इकाईका रूपमा हेर्ने काठमाडौँको सोच र मानसिकता नफेरिँदा संविधानप्रदत्त अधिकारसमेत प्रयोग गर्न नपाएका प्रदेश सरकारहरू क्रमशः कान्तिविहीन बन्दै गएका छन्।
नेपाल एयरलाइन्सको उडानमार्फत यूएई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी नियमावली, २०७१ मा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नीति निर्माण समितिको सिफारिसमा श्रेणीविहीनबाहेक राजपत्र अंकित पदसम्म एक तहमाथिको रिक्त पदमा बढुवा गर्नसक्ने उल्लेख छ।
गण्डकी र बागमतीका धेरै स्थानमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ।
भाडामा संसद् भवन चलाउन उचित नहुने भनेर सरकारले सिंहदरबारस्थित पुतली बगैँचाको १७३ रोपनी ८ आना जग्गामा २०७६ सालदेखि नयाँ संसद् भवन निर्माण गरिरहेको छ।
काठमाडौँ महानगरले यस वर्ष फोहोर व्यवस्थापनमा समस्या हुँदैन भने पनि साउन लागेसँगै फोहोर रोकिन थालेको छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा सोमबारदेखि ककनी र धुनीबेँसीका स्थानीयले अवरोध गरेका छन्।
जंगली च्याउ खाँदा लुंग्री गाउँपालिका–५ कालापोखराका आमा र दुई छोराको मृत्यु भएको छ। च्याउ खाएर बिरामी परेका लुंग्रीकै विभिन्न ठाउँका ११ जनाको अहिले पनि उपचार भइरहेको छ।
फोहोर र मान्छे एकै ठाउँ बस्न नसक्ने भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका स्थानीयले फोहोर बोकेर बञ्चरेडाँडातर्फ गएका गाडीलाई अवरोध गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनधिकृतरुपमा मेडिकल पसल हटाउने अभियान चलाएको छ। प्रहरीले एक महिनामा अवैध पसल चलाउने १५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ।
सोमबार दिउँसो बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्छ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए।
सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारी जान लागेका श्रमिकलाई फर्काइए भन्दै अध्यागमन कार्यालयअगाडि विरोध प्रदर्शन गरिएको छ।
ई–पासपोर्टमा हुने बायोमेट्रिकका लागि राहदानी नवीकरण गर्न मेसिनसम्म भौतिक रूपमै उपस्थित हुनुपर्छ। यसले नेपालबाहिर रहेकालाई नवीकरणमा समस्या हुन थालेको दुई वर्ष भइसक्दा पनि समाधान निस्किएको छैन।
पहिलो चरणमा जनकपुरदेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएको थियो। अब महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा विस्तार भएको हो।