AnonymousUser

Logout

अत्यधिक गर्मीका कारण सुनसरीका ३ स्थानीय तहका विद्यालयमा बिदा

अत्यधिक गर्मीका कारण इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले विद्यालयमा बिदा दिएका छन्। 

प्रिन्सिपल नियुक्तिको विवादले एक महिनादेखि पढाइ बिथोलिएको काठमाडौँको विद्यालय

काठमाडौँको एउटा विद्यालय प्रत्यक्षतः प्रिन्सिपल नियुक्ति विवाद र आपसी अविश्वासका कारण एक महिनादेखि अस्तव्यस्त छ, तर सरोकारवाला कसैले यो अन्योल अन्त्य गर्न अग्रसरता लिएका छैनन्।

अस्पतालहरूमा बेड उपलब्धताको विवरण वेबसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्याको उपलब्धताको स्थिति वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएका छन्।

लेखा समितिमा परेका १२१ उजुरी फर्स्योट हुन बाँकी

सार्वजनिक लेखा समितिमा हालसम्म नयाँ र पुराना गरेर १२१ वटा उजुरी फर्स्योट हुन बाँकी देखिएका छन्।

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

बलेफी गाउँपालिका– २ नौबिसेका प्रदीप माझी र चौतारा साँगाचोकगढी– ११ का अनिल माझीको घटनास्थलमै मृत्यु भएको छ।

मर्कामा परेका सेवाग्राहीहरू भन्छन्- वैदेशिक रोजगार विभागले सेवा दिन सकेन

वैदेशिक रोजगारीमा ठगिएकाहरू न्याय खोज्दै विभागमा आइपुग्छन्। ढिलासुस्तीले काम नहुँदा उनीहरूमध्येका धेरैजसो निराश भई आक्रोश लिएर फर्किन्छन्। कैयौँ पीडितले विभागबाट क्षतिपूर्तिको सट्टा थप पीडा पाएका छन्।

बालेनले स्वास्थ्यमन्त्रीलाई बुझाए छुट नदिने ६८ अस्पतालको सूची, ७ दिनभित्र कारबाही गर्न माग

कानूनबमोजित छुट सुविधा नदिने अस्पताललाई सात दिनभित्र कानूनी दायरामा नल्याइए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बालेनले बताएका छन्।

झापामा १०२ मिटरब्याज पीडितले दिए उजुरी

झापाका १५ वटा पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट सबैभन्दा धेरै उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन मंगलबार आह्वान गरेको छ।

प्रधानमन्त्रीले भारतीय पक्षसँग ईपीजी प्रतिवेदन बुझ्न जोड दिनुपर्छ: शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ईपीजी प्रतिवेदन बुझ्ने र कार्यान्वयनमा लैजाने विषयमा विशेष जोड दिनुपर्ने बताएका छन्।

मुग्लिनमा बस दुर्घटना हुँदा ३२ जना घाइते, राजमार्ग एकतर्फी सञ्चालन

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङका अनुसार बसमा सवार रहेका ३२ जना घाइते भएका हुन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

ढुंगाबालुवा उत्खननको ‘द्रव्य राजनीति’: दोहन गर्नेलाई लाभ, देशलाई क्षति

हरेक वर्ष नदीमा बगेर आउने ढुंगाबालुवा नउठाउँदा डुबानलगायत समस्या हुने भए पनि केही व्यवसायीको समूहले गर्ने अधिक दोहनका कारण त्यसबाट प्राप्त हुने लाभभन्दा हानि धेरै भएपछि यो विषय विवादित बन्ने गरेको छ।

एनएमबी बैंकको महोत्तरी शाखाबाट पेस्तोल देखाएर रकम लुटपाट [भिडियो]

अज्ञात समूहले महोत्तरी गाउँपालिका–२ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखाबाट पेस्तोल देखाएर ३५ लाख रुपैयाँ लुटपाट गरेको छ।

हवाई यात्रा गर्दा पीसीआर रिपाेर्ट र खाेपकार्ड नचाहिने

हवाई यात्राका क्रममा पीसीआर रिपोर्ट र कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रावधान हटाइएको छ।

महोत्तरीमा फैलियो ‘लम्पी स्किन’, सरकारले सहयोग नगरेको किसानको गुनासो 

महोत्तरीका १५ स्थानीय तहमध्ये अधिकांश तहमा लम्पी स्किन रोग फैलिएको छ। जिल्लाभर यस रोगबाट २० गाईगोरु मरिसकेको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ। 

राजसंस्था हटेको १५ वर्षपछि सर्वसाधारणका लागि खुला भयो रत्न मन्दिर

गणतन्त्र स्थापनापछि राजपरिवारका सदस्यको स्वामित्वमा रहेका रत्न मन्दिरसहित सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा छन्। गणतन्त्र आएको १५ वर्षपछि मात्र रत्न मन्दिर सर्वसाधारणका लागि खुलेको हो।

साढे ५ वर्ष जेल बसेपछि रिहा भए रेशम चौधरी

रेशम चौधरी २०७४ फागुन १५ गतेदेखि जेलमा थिए। राष्ट्रपतिबाट सजाय माफी भएर रिहा हुँदा उनलाई स्वागत गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ पनि डिल्लीबजार कारागार पुगिन्।

सगरमाथा दिवस: पूरा भयो चुचुरोमा मानव पाइला राखेको ७० वर्ष

करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा ३०० भन्दा बढीको निधन भइसकेको छ। यो वर्ष वसन्त ऋतुमा मात्र ६०० भन्दा बढीले आरोहण गरिसकेका छन्।

व्यक्तिले गरेको गल्ती देखाएर गणतन्त्रको बदनाम गर्ने प्रयास भयो: सञ्चारमन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई गणतन्त्रसँग जोडेर बदनाम गराउने गरिएको भन्दै असहमति जनाइन्।

पोखरामा नगर प्रहरीमाथि दुर्व्यवहार ७ जना पक्राउ 

इजाजत बिना टिप्परमा सामान ल्याउँदै गरेको सूचना पाएपछि अनुगमन गर्न पुगेको नगर प्रहरीमाथि युवाको समूहले दुर्व्यवहार गरेको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।