AnonymousUser

Logout

दाइजोका विषयमा विवादपछि महिलाको हत्या आरोपमा २ जना पक्राउ, घाटबाट शव बरामद

शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कालिकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

उक्त जिप शनिबार सुर्खेतबाट यात्रु लिएर कालिकोट गएको थियो। यात्रुलाई गन्तव्यमा पुर्‍याएर गाडीधनीको घरमा जाँदै गर्दा राति दुर्घटना भएको हो। 

कालीगण्डकी नदीमा डुबेर २ जना बेपत्ता

गर्मी छल्न भन्दै नदीमा नुहाउन गएका २५ वर्षीय रमेश चालिसे र २४ वर्षीय सुरज सुवेदी बेपत्ता भएका छन्। 

प्रधानमन्त्रीले पशुपतिमा चढाए भारतको महाकालेश्वरबाट ल्याएको जल 

शनिबार पशुपतिनाथको दर्शन गर्न गएका प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिंग महाकालेश्वरबाट ल्याएको जलसमेत चढाएका छन्।

‘विकास गाउँ आयो, मान्छे बजार झरे’

एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको संख्या न्यून थियो, तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको संख्या बढ्दो छ।

तराईमा केही दिन तापक्रम बढ्ने, लुबाट जोगिन अनुरोध

तराईका भूभागहरूमा आगामी केही दिन तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

देशभित्रै अनागरिक भएर सपना मरेको साक्षी बसिरहेका तिलक

पाइलापाइलाका व्यवधान देख्दा तिलकलाई नागरिकता सासभन्दा पनि महत्त्वपूर्णझैँ लाग्छ। वेदनाले विक्षिप्त उनी बेलाबेला आफैँलाई सोध्छन्, 'म को हुँ? मेरो परिचय किन छैन? नागरिकता नहुँदैमा मेरो सपना कसरी मर्छ?'

समयमै पूरा नभएका सडक र पुलको ठेक्का तोडिँदै

निर्माण शुरू भएर लामो समय बित्दासमेत अधुरै रहेका ठेक्का तोड्न थालिएको सडक विभागले जनाएको छ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धकाे रिट राउत र माथेमाको इजलासमा 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले समय गुजारेर थाँती राखेको नागरिकता सम्बन्धी विधेयक गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडलले प्रमाणीकरण गरे‍का थिए।

नेपाल 'राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्' सदस्यमा निर्वाचित

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको मतदानमा नेपाल १४५ मतसहित विजयी भएको छ। एशिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन्।

कस्तो छ शुक्रबारको मौसम?

कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मानवतस्करले अमेरिका लैजाने क्रममा क्यारेबियन सागरमा अस्ताएका एन्जल

दलाललाई लाखौँ रकम बुझाएर अवैध बाटो अमेरिका हिँडेका दाङका एन्जल बुढामगर क्यारेबियन सागरमा हराएको दुई वर्ष भयो। पठाउनेहरू दण्डित भएका छैनन्, अरू धेरैजना एन्जलको नियति भोग्ने जोखिममा छन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति रामकेवल शाहको निधन

शाह फोक्सोको क्यान्सरबाट पीडित थिए। काठमाडौँमा उपचार सम्भव नभएपछि उनलाई नयाँ दिल्ली लगिएको थियो। 

दिनसम्म तातो हावा यथावत् रहने, सतर्कता अपनाउन आग्रह

लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम रहेमा लू चलेको मानिन्छ। दुई सातादेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ।

कालिकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १ गम्भीर

दुर्घटनामा रास्कोट–१ का ४३ वर्षीय मनबहादुर साही ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको छ। 

जिसस स्याङ्जाको गाडी दुर्घटना: चालकको मृत्यु, समन्वय अधिकारीसहित ३ जना घाइते

दुर्घटनामा जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन्।

देशभर लम्पी स्किन रोगको महामारीबाट १० हजार पशुको मुत्यु, सरकारी उदासीनताले किसानलाई दोहोरो चिन्ता

पशुचौपायामा देशभर फैलिएको लम्पी स्किन रोगको महामारीबाट अहिलेसम्म १० हजार पशुचौपाया मरिसके। ७१ जिल्लाका ५०० पालिकामा फैलिइसकेको महामारी रोक्न सरकारले चासोे नदेखाउँदा किसानमा निराशा बढ्दो छ।  

माथिल्लो मैलुङलाई वन क्षेत्र प्रयोग गर्न दिन मन्त्रिपरिषद्को स्वीकृति 

बुधबार बिहान बसेको बैठकले अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेधित क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।

नवलपरासीको ढोडेनीमा खानेपानी हाहाकार, २ घण्टा लगाएर खोलाको पानी बोक्नुपर्ने बाध्यता

ढोडेनीका १५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ। दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो। तर, अहिले उक्त पानी आउन छाडेको छ। 

कालोसूचीमा राख्न सिफारिस १६ कम्पनीलाई ७ दिने स्पष्टीकरण

कार्यसम्पादन चित्तबुझ्दो नभएका कारण विभिन्न कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनीलाई स्पष्टीकरण सोधिएको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।