AnonymousUser

Logout

घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखद: प्रेम चलाउने

सरकारले आफूलाई नसोधीकन मुद्दा फिर्ता लिइएको भन्दै आपत्ति जनाएका उपप्राध्यापक प्रेम चलाउने घामजस्तै छर्लङ्ग घटनामा न्यायको भिख माग्नु दुःखको कुरा भएको बताए।

विपद्का घटनाबाट १० जनाको मृत्यु, २६ जना बेपत्ता

परिवारमा एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका थप अन्य व्यक्तिको मृत्यु भएमा थप एक लाखको दरले राहत उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

उपप्राध्यापक चलाउनेलाई न्याय दिलाउन माग गर्दै प्रदर्शन

चलाउनेमाथि २०७७ असोज २० मा नेविसंघ, त्रिवि इकाई समितिका तत्कालीन अध्यक्ष हरि आचार्यसहित सात जनाको समूहले आक्रमण गरेको थियो।

तनहुँमा पहिरोले पुरिएर २ मजदुरको मृत्यु

म्यादे गाउँपालिका–७ मा पहिरोमा परी झापा शिवशताक्षी–७ का ३३ वर्षीय भीम भुजेल र उदयपुर कटारी–७ का ४० वर्षीय बलबहादुर राईको मृत्यु भएको छ। 

अन्तरजातीय विवाहको पीडा: विवाहदर्ता छैन, श्रीमान्‌ले छाडे

बैजनाथ गाउँपालिका–४ की सुनिता परियारको गाउँकै रामबहादुर थापासँग विवाह भएको १२ वर्ष भयो। तर, हालसम्म उनको विवाहदर्ता भएको छैन। श्रीमान्‌ले नै छाडेर गएपछि झन् पीडा थपिएको उनको भनाइ छ।

गौतम बुद्ध विमानस्थलको हवाई रुटबारे छलफल सकारात्मक: राजदूत श्रीवास्तव

दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको र सोही अनुसार भारत अघि बढिरहेको राजदूत श्रीवास्तवको भनाइ छ। 

दार्चुलाको खाणेश्वरी केन्द्रबिन्दु भएर भूकम्प

यसअघि जेठ २९ गते बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। 

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

सडक अवरुद्ध हुँदा बेपत्ताहरूको खोजी कार्य र उद्धारमा सकस

शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ मेहेलेमा आइतबार एक र सोमबार दुई गरी तीन जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ। तीनजना अझै बेपता छन्।

समिट अपार्टमेन्ट प्रकरणः पाँच वर्ष लगाएर हडपिएको थियो विष्ट परिवारको डेढ रोपनी जग्गा

समिटले बहुमूल्य जग्गा पहिले लिजमा लिएर पाँच वर्षपछि जग्गाधनीलाई समेत थाहै नदिई आफ्नो नाममा पुर्जा बनाउन कसरी सफल भयो त्यसको फेहरिस्त एउटा फिल्मी–कथा जस्तो छ।

रिहा भए उपप्राध्यापक प्रेम चलाउने

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन काठमाडौँ जिल्ला अदालत पुगेपछि उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

ग्लोबल फुड पोलिसी रिपोर्ट : नेपालमा खाद्य असुरक्षा बढ्यो

‘ग्लोबल फुड पोलिसी रिपोर्ट २०२३’ले सन् २०१७ देखि २०१९ को तुलनामा पछिल्ला वर्षमा नेपाल र दक्षिण एशिया क्षेत्रमा समेत कुपोषण र खाद्य असुरक्षा बढ्दै गएको देखाएको छ।

काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका उपप्राध्यापक चलाउने पक्राउ

आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा काठमाडौँ जिल्ला अदालतमा धर्ना बसेका त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउने पक्राउ परेका छन्।

हेवा खोला बाढीमा बेपत्ता २२ जनाको पहिचान

हेवा खोलाको बाढी चैनपुर–४ मा निर्माणाधीन सुपर हेवा हाइड्रोपावरमा पस्दा त्यहाँका १७ मजदुर बेपत्ता भएका छन्। त्यसैगरी, गोठमा सुतेका दम्पती र अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर पनि बेपत्ता छन्।

सरकारले भन्यो– गएरातिको बाढीपहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति

पुल बगाएका स्थानमा तत्काल बेलिब्रिज जडान गर्न उपकरण र आवश्यक जनशक्तिसहित कार्य प्रारम्भ भइसकेको मन्त्री ज्वालाले बताएका छन्। 

बाढीपहिरो पीडितलाई तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सांसदको माग

सांसद भट्टराईले ताप्लेजुङ, पाँचथर र संखुवासभा बाढी र पहिरोका कारण भएको क्षतिको वास्तविक अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरे।

ताप्लेजुङ पहिरो: बेपत्ता ४ जनामध्ये १ को शव भेटियो 

वर्षा नरोकिएका कारण खोजी तथा अन्य जोखिममा परेकाको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। 

संखुवासभामा बाढी: १ जनाको मृत्यु, १६ सम्पर्कविहीन

बाढीले बगाएकामध्ये अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन–५  खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ। पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ। 

कोशी र गण्डकी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

पहिरोले ताप्लेजुङमा ४ जना बेपत्ता, दोभान बजार जोखिममा

बाढी र पहिरोका कारण ताप्लेजुङका धेरैजसो सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध बनेका छन्। तमोर र मैवा नदीमा बाढी आएपछि दोभान बजारका स्थानीय मध्यरातमा नै घर छाडेर सुरक्षित स्थानमा सरेका थिए।