AnonymousUser

Logout

बाढीले हेवा खोलाको पुल बगायो, मेची राजमार्ग अवरुद्ध 

राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरबाट तराई झर्ने र काठमाडौँ आउँने यात्रु अलपत्र परेका छन्।

राजनीति गर्नेहरूले जीवन रहेसम्म सम्पत्ति जोड्ने प्रवृत्ति फेरिनुपर्छ: सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश कार्कीले अमेरिकामा पूर्वराष्ट्रपतिहरूले विभिन्न पेसा अँगालेर अघि बढेको उदाहरण दिँदै नेपालका राजनीतिज्ञले पनि जीवन रहेसम्म सम्पत्ति जोडने प्रवृत्तिलाई फेर्नुपर्ने बताइन्।

बागमती सफाइमा नागरिकको थप खबरदारी आवश्यक: मन्त्री गुरुङ

फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै बागमतीलाई सफा र स्वच्छ बनाउन सकिने शहरी विकासमन्त्री सीता गुरुङको भनाइ छ।

राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा भर्ना

पौडेलको गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्राम गरिएको थियो। 

ललितपुरको इमाडोलमा बस पल्टियो, १९ जना घाइते

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलस्थित सडकमै पल्टिएको हो। बसमा २४ जना सवार रहेको प्रहरीले जनाएको छ। 

चापाकोटका पूर्व नगरप्रमुख गिरीको सवारी दुर्घटनामा निधन

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको गाडी गएराति ११ बजेतिर पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो। 

कस्तो छ शनिबारको मौसम?

बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर र नवलपरासीमा आइतबारसम्म तातो लहर चल्ने भएकाले अझै अत्यधिक गर्मी हुने महाशाखाले जनाएको छ।  

सर्लाहीको हरिपुर्वा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी, नगरप्रमुख निस्फिक्री

मेयर साहले सडकसीमाभित्र पर्ने अरू नगरवासीको घर भत्काएर आफ्नो चाहिँ जोगाएका छन्। २२ किलोमिटर लामो सडकको दुई ठाउँमा विस्तारको काम अवरुद्ध गरेका उनको एक ठाउँमा घर छ, अर्कोमा जग्गा।

नसोधी तार काटेको भन्दै प्राधिकरणले सोध्यो मेयर शाहलाई स्पष्टीकरण

पूर्वसूचनाबिना फेन्सिङ तार काटेको भन्दै नागरिक उड्डयन प्राधिकरणले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ।

महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पाल निलम्बित

आफूमातहतका महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।

काबेली नदीमा बाढी: ताप्लेजुङमा पुल र घर बगायो, बस्ती नै जोखिममा

काबेली नदीमा आएको बाढीले ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्ने मोटरेबल पुल बगाएको छ। याम्फुदिनका दुईवटा बस्ती, स्वास्थ्य/प्रहरी चौकी र विद्यालय जोखिममा परेका छन्।

मेलम्ची बाढी प्रभावित अझै अस्थायी टहरामा, आवास पुनः निर्माण अलपत्र

२०७८ असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५५१ घर बगाएको थियो। २६ जनाको ज्यान गएको थियो। विस्थापित भएकाहरू पुनर्वासको पर्खाइमा छन्। 

समिट अपार्टमेन्ट प्रकरणका दुई महिनाः छानबिन भयो, प्रतिवेदन नै लुकाइयो 

सरकारी निकायहरू महानगरपालिका, विभाग र प्राधिकरणको ध्येय समिट समूहलाई कारबाही गर्ने भन्दा पनि घटना सामसुस पार्नेतिर केन्द्रित रहेको बखुण्डोलवासीको आरोप छ। 

यात्रुहरू चढाउने/ओराल्ने स्थान तोक्न काठमाडौँ महानगरले बनायो कार्यदल

महानगर प्रहरी प्रमुख राजु अर्यालले उपयुक्त स्थानमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापना गर्न, यात्रु चढाउने र ओराल्ने स्थानबारे अध्ययन गर्न कार्यदल बनेको बताएका छन्।

जहाँबाट मुख्य सचिव नियुक्तिमा ‘सेटिङ’ मौलाउँदै गयो

मुख्य सचिव नियुक्तिमा स्वाभाविक प्रक्रियाको अवसान र ‘सेटिङ’ हाबी हुनुमा आकांक्षीको चलखेलसँगै अख्तियारको अनुसन्धान छल्न क्याबिनेटबाट ‘अनुकूल’ निर्णय गराउने राजनीतिक नेतृत्वको चाहना प्रमुख जिम्मेवार छ।

‘वानएक्स बेटिङ’को प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकारहरूलाई सरकारी वकिलको कार्यालयमा पेस

युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए।

भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग गर्दै प्रदर्शन गर्ने १६ जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले नाम लिएका शीर्ष नेताहरूलाई पनि कारबाहीको दायरमा ल्याउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ।

सिंहदरबार गेटमा कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन 

कर्मचारीहरू कार्यालय समय शुरू हुँदा हाजिर गर्ने, व्यक्तिगत कामका लागि दिनभर हराउने र कार्यालय समय सकिने बेला फेरि हाजिर गरेर हिँड्ने गरेको गुनासो बढेपछि केन्द्रले अनुगमन गरेको छ।

अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय पक्राउ

पक्राउ परेका भारतीय नागरिकलाई अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाइने प्रहरीले जनाएको छ।

मनसुनी प्रणालीको प्रभाव, कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना 

देशका मध्य तथा पश्चिम तराईका भूभागमा अत्यधिक गर्मी यथावत् रहेको महाशाखाले जनाएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।