शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ मेहेलेमा आइतबार एक र सोमबार दुई गरी तीन जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ। तीनजना अझै बेपता छन्।
फुङ्लिङ– ताप्लेजुङमा आइतबारदेखि आन्तरिक तथा बाह्य यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन्। निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपताहरूको खोज तथा उद्धार कार्यका लागि सास्ती भएको छ।
सिरिजङ्गा गाउँपालिकाको एक, सिदिङवा गाउँपालिकाको एक र मैवाखोला गाउँपालिकाको एक गरी तीन वटा पक्की मोटरेबल पुल पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। धेरै ठाउँमा मोटरेबल पुलहरू क्षतिग्रस्त भएका छन्। त्यस्तै ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुङ्गे पुल बाढीले बगाएको छ। पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जानसमेत बन्द भएको छ।
शनिबार राति मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामाथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएर रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले जानकारी दिए। तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध भएकाले छोटो दूरी र लामो दूरीमा चल्ने सवारी साधनहरू ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहेले र खेवाङ जोड्ने पुल भत्काएको छ। अविरल वर्षासँगै गए राति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सडक बगाएको छ। सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।
व्यवस्थापन समितिका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन्। सिरीजङ्घाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ। उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन्। विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढीपहिरोले क्षति पुगेको छ। विद्युत् आपूर्ति बन्द भएको छ।
गए राति ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढीपहिरोले सडक र पुलमा क्षति पुर्याउँदा करिब रु ५० करोड बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचाहरूको पूर्णरूपमा क्षति भएको छ। निरन्तर वर्षासँगै बाढी पहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो।
शनिबार राति गएको बाढीपहिरोले ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ मेहेलेमा आइतबार एक र सोमबार दुई गरी तीन जनाको बाढीपहिरोमा परी मृत्यु भएको छ। तीनजना अझै बेपता छन्। बेपताहरूको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक घाइते भएको र उनको उपचार भइरहेको छ। सिरिजङ्गा गाउँपालिकामा सात घर, सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिकामा एक गरी ५१ घर परिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
सिदिङवा, मैवाखोला र सिदिङवा गाउँपालिकामा पाँच गाई, दुई भैँसी र आठ बाख्रा बाढीले बगाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। सिरिङ्गा गाउँपालिकामा चार, सिदिङवा गाउँपालिकामा चार र पाथीभरा याङवरक गाउँपालिका एक गरी नौ वटा घर पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
त्यस्तै, सिदिङवा गाउँपालिका एक र सिरिजङ्गा गाउँपालिकामा एक गरी दुई वटा विद्युत्गृह पूर्णरूपमा क्षति भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनमा र खेवाङमा गरी सात वटा सरकारी कार्यालय पूर्णरूपमा क्षति भएको छ। सिरिजङ्गा गाउँपालिका–८ मा सञ्चालन रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ। त्यस्तै एक कुखुरा फर्म पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ। सिरिजङ्गा गाउँपालिका–८ याम्फुदीनमा एक सामुदायिक विद्यालयसमेत बाढीले बगाएको समितिले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
