AnonymousUser

Logout

जेठ ५ गतेबाट मेलम्चीको पानी वितरण रोकिने

१८ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएसँगै अब ८ करोड लिटर पानी वितरण हुने भएको छ।

राज्य नै बारम्बार पीडकमैत्री कानून बनाउन लाग्नु आपत्तिजनक : निगरानी समिति

निगरानी समितिले सरकारले अदालतमा फौजदारी अपराधको कसुरमा मुद्दा चलेका राजनीतिक दलका नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिई माफी दिने उद्देश्य राखी ऐन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ।

अनन्तमायालाई घरमै थुनेर राखिएको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानव अधिकार आयोगले अनन्तमायालाई परिवारले घरमै थुनेर राखेको ठहर गर्दै उनको मानव अधिकारको संरक्षण गरी त्यसको जानकारी आयोगमा पठाउन वडा कार्यालयलाई निर्देशन दिएको छ।

पोखरामा लुकेका थिए रायमाझी, काठमाडौँ आएलगत्तै आईजीपीले परिचालन गरेको टोलीबाट पक्राउ

पक्राउ पुर्जी जारी भएपछि अर्घाखाँचीबाट बुटवल आएका रायमाझी त्यहाँबाट फरार भएका थिए। उनी पोखरास्थित आफन्तको घरमा बसेको खुलेको छ। पोखराबाट काठमाडौँ आएलगत्तै उनी पक्राउ परेका हुन्।

नक्कली शरणार्थी प्रकरण: रायमाझीलाई अदालत लगिँदै

नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि थुनामा राख्ने अनुमति लिन सोमबार अदालत लगिँदैछ।

सगरमाथा आरोहणका क्रममा अस्वस्थ १ शेर्पालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

सगरमाथा आरोहणका क्रममा क्याम्प २ बाट माथि उक्लिँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि एक शेर्पालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

टोपबहादुर रायमाझी काठमाडौँबाट पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

ऐतिहासिक रक्सौल–अमलेखगञ्ज रेल्वेको सात खर्बको जग्गा ‘बन्दरबाँट’

वीरगञ्जदेखि पथलैयासम्म २२ किलोमिटर खण्डको जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जामा छ। कतिपयले रेल्वेको जग्गालाई आफ्नो निजी जग्गामा गाभेका छन् भने कतिले नापीबाट प्रमाणित गराएर किनबेच समेत गरेका छन्।

मुक्तकमैया, हलिया, कमलरीको पुनर्स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

ज्ञापनपत्रमा मुक्तकमैया, कमलरी, हलिया, हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिले गरेका सिफारिसलाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ। 

भ्रष्टाचारविरुद्ध उठ्दै नागरिक, देशभर फैलिँदै स्वस्फूर्त आन्दोलन

गएको मंगलबार साँझ लेखक सञ्जीव उप्रेतीले सामाजिक सञ्जालमा ‘भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक आन्दोलन’ हुने जनाउ दिए। बुधबार भद्रकालीमा प्रदर्शन भयो। त्यसपछि देशका धेरै भागमा आन्दोलन फैलिएको छ।

सिंहदरबार वैद्यखानाका कर्मचारीले पाएनन् फागुनदेखिको तलब

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न, बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ।

नेविसंघको प्रश्न– सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?

 नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पसमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेको हो।

पाकिस्तानी र अमेरिकी महिलाले गरे सगरमाथा आरोहण

आइतबार बिहान पाकिस्तानकी नाइला कियानी र अमेरिकाकी जेसिका राय बेडेलले सगरमाथा आरोहण गरेका छन्। 

बाटो खोल्ने ९ जनाको टोली पुग्यो सगरमाथाको शिखरमा

बाटो खुलेसँगै आरोहीहरूले शनिबार रातभरबाट आरोहण शुरू गरी आइतबार बिहानसम्म सगरमाथाको शिखर पुग्ने बताइएको छ।

नारायणचौरमा नारा : अति भो, अति भो दाइभाउजूबाट देशलाई सास्ती भो [तस्वीरहरू]

सरकारले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुने आश्वासन दिँदै आएको छ। नागरिकहरू भने छानबिनमा दबाब पर्न सक्ने भन्दै सडक आन्दोलनमा उत्रिएका छन्। 

काठमाडौँको माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

नक्कली भुटानी शरणार्थी  प्रकरणमा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नता देखिएपछि काठमाडौँसहित देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध प्रदर्शन शुरू भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले भन्यो– नेपालमा ‘मोखा’ चक्रवातको प्रभाव पर्दैन

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

२२ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ जना डीएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो। डीएसपी गौतमकुमार केसी पहिलो नम्बरमा सिफारिस भएका छन्। 

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरिने

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी योजना तयार गर्ने, २०७८ जेठयताका भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ।

बग्गीखानामा थन्किएका सवारीलाई कवाडीमा परिणत हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँको रामशाहपथस्थित बग्गीखानामा थन्किएका सवारी सधानलाई कवाडीमा परिणत हुन नदिने आश्वासन दिएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।