AnonymousUser

Logout

स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा कडाइ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान भनेको छ।

विमानको पाङ्ग्रा अड्किँदा भैरहवाको उडान प्रभावित 

काठमाडौँ उडेको श्री एअरलाइन्सको विमान फेरि भैरहवा नै फर्काउनु परेपछि भैरहवा विमानस्थलका सबै उडानहरू केही बेर प्रभावित भएका छन्। अहिले विमानस्थल सामान्य अवस्थामा आइसकेको छ।

काठमाडौँ महानगरले निकाल्यो माइतीघर मण्डल र नयाँ सडक क्षेत्रका अव्यवस्थित तार

काठमाडौँ महानगरपालिकाले माइतीघर मण्डल र नयाँ सडक क्षेत्रबाट अव्यवस्थित तार निकालेको छ। यो अभियान काठमाडौँ महानगरपालिकाभरि चलाइने जनाइएको छ।

मुगु हिउँ पहिरो: हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मी पुग्न नसकेपछि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट थप सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान पठाइएको छ।

अदालतको फैसलाले टुकुचा ढल होइन, खोला नै हो भन्ने प्रमाणित गरेको छ : बालेन

खोला छोप्ने कार्य वर्जित भएको र यस्ता कार्यलाई नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप महानगरले चालेका कुनै पनि कदम खेर नगएको प्रमुख शाहले बताएका छन्।

मुगुमा हिमपहिरो : यार्सा खोज्न गएका जुम्लाका ३ जनाको मृत्यु

यार्सा संकलनका लागि जुम्लाको पातारासीबाट गएका १५ जनामध्ये हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। उनीहरू छ दिन लगाएर मुगुको च्यार्खु लेक पुगेका थिए।

कञ्चनपुरमा गस्तीमा खटिएका सशस्त्रका सईमाथि खुकुरी प्रहार

दोधारा चाँदनी नगरपालिका–७ मा गस्तीमा खटिएका सशस्त्र प्रहरीका सई नरेन्द्र चैंसिरमाथि गएराति स्थानीय युवाले खुकुरी प्रहार गरेका छन्। 

धनुषामा मिटरब्याजीविरुद्धका उजुरीमा ‘मिल्ने हदसम्म’ मिलापत्र

प्रमुख जिल्ला अधिकारी दाहाल सरकारले समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० राष्ट्रपतिबाट जारी भइसकेकाले अब कानूनी बाटो सहज हुने बताउँछन्। 

डब्लूएचओले गर्‍यो कोरोना महामारीको स्वास्थ्य आपत‍्काल अन्त्य भएको घोषणा

डब्लूएचओका प्रमुख गेब्रिएससले कोरोना महामारी अन्त्यको घोषणा गरिए पनि खतरा नटरेको बताएका छन्। अवस्था बिग्रिए जुनसुकै समयमा पुनः आपत्काल घोषणा गरिने उनी बताउँछन्।

इलाममा ढिस्कोले पुरिँदा चार भारतीय कामदारको मृत्यु

इलामकाे सूर्योदय नगरपालिका–१० वरबोटेमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर चार भारतीय कामदारको मृत्यु भएको छ। 

नक्कली शरणार्थी प्रकरणको लहरो तान्ने त्यो उजुरी, अनुसन्धानको ‘राडार’मा पूर्वगृहमन्त्रीहरू पनि

एक वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेका दुई उजुरीमाथि प्रहरी अनुसन्धान अघि बढ्दा पटाक्षेप भएको नक्कली शरणार्थी प्रकरणमा थप ‘हाइप्रोफाइल’हरू तानिन सक्ने देखिन्छ।

संखुवासभा हेलिकप्टर दुर्घटना : एकको मृत्यु, तीन जनालाई काठमाडौँ ल्याइयो

संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र उत्तरपूर्वी अस्ट्रेलियास्थित टापुराष्ट्र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या १७९ पुगेको छ। 

माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी राख्छौँ : मिटरब्याज पीडित

मिटरब्याज पीडितले आफ्ना माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

हेलिकप्टर दुर्घटना अपडेट : घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर

हेलिकप्टरमा सवार पाँच जनामध्ये तीन गम्भीर र बाँकी दुई जना सामान्य रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

आगामी वर्ष खाद्यान्न संकट हुने विज्ञको चेतावनी, सरकार भन्छ– गम्भीर छौँ

विज्ञले नेपालमा यो वर्षा कम भई खाद्य संकट निम्तिन सक्ने भन्दै पूर्वतयारीमा लाग्न सरकारलाई सुझाव दिएका छन्।

सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर भोटखोला गाउँपालिका क्षेत्रमा दुर्घटनामा परेको हो।

आयोगको टोली फर्केपछि अनन्तमायालाई जग्गा र घर पनि ‘अंशबन्डा गर्न’ न्यायाधीश छोराको दबाब 

बिहीबार आयोगको टोली अनन्तमायाको घरमा पुगेको थियो। टोली फर्केलगत्तै पुगेका कान्छा छोरा जगदीशले अनन्तमायालाई उनको नाममा रहेको जग्गा र घर पनि अंशबन्डा गर्न दबाब दिएका छन्।

आउँदो मनसुनमा सरदरभन्दा कम पानी पर्ने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनी सिजनको हावापानीको पूर्वानुमान सार्वजनिक गर्दै सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत औँल्याएको छ।

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन्। नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।