प्रदेश सरकारले सरकार स्थापना दिवसका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिएको छ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो।
धनुषा जिल्ला अदालतले अवैध क्रसर विरोधी धनुषाका दिलीप महतो हत्याका ७ जना आरोपितमध्ये ३ जनालाई दोषी ठहर गरेको छ।
प्रहरीले रवि लामिछानेको राहदानीबारेको जाहेरी दर्ता नगरेको भन्दै युवराज पौडेलले सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए।
सांसद सुमना श्रेष्ठले संसद्मा प्रश्न गरेकी छन्– बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?
बसमा यात्रु कम भएको र सिधै पानीमा खसेकाले ठूलो क्षति हुन नपाएको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले बताएका छन्।
अवैध दोहनका कारण नदीको बहाव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि तटबन्ध बनाइएको हो। कालीगण्डकीले बागलुङतर्फ बढी कटान गरिरहेको छ।
बुधबार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति कार्यान्वयन गर्ने आश्वसन दिएकाले आफूहरू न्याय पाउनेमा विश्वस्त रहेको अधिकारकर्मी रुबी खानले बताइन्।
द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीलाई कार्यकक्षमै गएर अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डेय नेतृत्वको टोलीले कुटपिट गरेको छ।
बागमतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ।
आन्दोलन फिर्ता भएसँगै उपत्यकामा सार्वजनिक सवारी चल्न थालेका छन्।
महाशिवरात्रिको तयारीस्वरूप पशुपति परिसरमा धमाधम रंगरोगन गर्न थालिएको छ भने फूलबत्तीसमेतले समेत सजाउन थालिएको छ।
सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै यातायात व्यवसायी र मजदुरहरूले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात बन्द गरेका हुन्।
मालपोत कार्यालयले प्रदान गर्ने सबै प्रकारका सेवा दुई घण्टाभित्रमा सम्पन्न हुने गरी कार्यसम्पादनको व्यवस्था मिलाउन भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ।
ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नाका साथै अस्थायी पोस्ट भत्काइदिएका छन्।
आन्दोलनका क्रममा १० प्रहरी र केही आन्दोलनकारी घाइते भएको बताइएको छ।
सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री दाहालले एक साताअघि सार्वजनिक बिदा धेरै हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र दिवसको बिदा समायोजन गर्ने बताएका थिए। फेरि उस्तै प्रकृतिको बिदा थपिएको छ।
नेपालले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा लगायतका सामग्री राहतस्वरूप पठाएको छ।