प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बाराको महागढीमाई नगरपालिका-२ भुतहीमा गोली चल्दा भारतीय नागरिकको मृत्यु भएको छ।
सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम कारागारबाट मुक्त भएसँगै चार्ल्स शोभराजलाई कारागारबाट अध्यागमन विभाग पुर्याइएको छ।
१९ वर्षदेखि जेलमा रहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई १५ दिनभित्र देश फर्काउन सर्वोच्च अदालतको आदेश छ।
जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानूनी व्यवस्थाअनुसार शोभराज छुटेका हुन्।
तराईमा हुस्सु/कुहिरोका कारण हवाई यातायात पनि प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन चुस्त बनाउन रात्रिबसले गोँगबुमा मात्र पार्किङ गर्नुपर्ने नियम बनाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८ बजेपछि उडान तथा अवतरण हुन सकेको छैन।
हुस्सु र कुहिरोका कारण घाम नलागेपछि चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वालिङ नगरपालिकाले अन्य शिक्षक नपठाउँदा सौरीखाल्टा माइस्थान आधारभूत विद्यालय वर्षदिनयता एकजना शिक्षकका भरमा चलिरहेको छ।
काठमाडौँ महानगरपालिकाले अनामनगरस्थित धोबीखोला किनारका अतिक्रमित संरचना डोजर लगाएर भत्काएको छ।
सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका दुई तत्कालीन नापी अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
देशका अधिकांश भागको तापक्रम घट्दै जाने हुँदा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
तानसेन नगरपालिका–४ गोलाखानामा जग्गा खन्ने क्रममा तीन सय तोपका गोला फेला परेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका नीति पास गरेको छ।
धादिङको गजुरीमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
एकै समयमा धेरैले राहदानीको ‘अपोइन्टमेन्ट डेट’ माग गर्दा सर्भरमा चाप देखिएपछि राहदानी विभागले समय परिवर्तन गरेको छ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नवनिर्वाचित सांसदहरूसम्मको उपस्थिति रहेको छ।
तनहुँको व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तर्क्रिया कार्यक्रममा श्रम र रोजगार शाखा स्थापना गर्ने घोषणा गरेको छ।