२०६३ सालमा ट्र्याक खुलेको यो सडकको स्तरोन्नतिका लागि संघीय सरकारले तीन करोड रूपैयाँ बजेट विनियोजन गरको छ।
नेपाल प्रहरीले तिहारमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ।
बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। घाइतेको प्रहरी, सशस्त्र, सेनाको टोलीले उद्दार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
नेपाल र चीनको सीमा क्षेत्र केन्द्रविन्दु भएर बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको छ।
ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको थियो।
कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थपिने भएको छ। बाढी-पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले १ दिन सार्वजनिक बिदा दिएको छ। आइतवार निधन भएका जोशी वाङ्मयका क्षेत्रमा सक्रिय थिए।
भारतबाट शुरू भएको कलिङ्ग साहित्य महोत्सवको पहिलो काठमाडौँ संस्करण शुरू भएको हो।
सबै हाते व्यापारीले ठेला लिन सक्ने अवस्था छैन।
काठमाडौँ महानगरपालिकाले साउन १ मा स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नगरवासीलाई सार्वजनिक सूचनामार्फत आग्रह पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन।
नेपालको हवाई सुरक्षाको पुनरावलोकन गर्न युरोपियन युनियनको टोली नेपाल आउने भएको छ। युरोपेली आयोगले सन् २०१३ मा नेपालको हवाई क्षेत्रमाथि सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो।
दशैँको अवसर पारेर तत्कालका लागि बस सञ्चालन गरेको लुम्बिनी विकास कोषले बस सञ्चालनका लागि दीर्घकालीन कार्यविधि अझै टुङ्ग्याएको छैन।
ट्राफिक प्रहरीले नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाएको छ।
हवाइ दुर्घटना हुनसक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थल वरपर चंगा उडाउन प्रतिबन्ध लगाएको छ। प्रतिबन्धको अवज्ञा गर्दै चंगा उडाएको पाइए कारबाही गरिने प्राधिकरणले जनाएको छ।
टुकुचासँग सम्बन्धित आधिकारिक कागजात पुरातत्त्व विभागसँग छैन। सामाजिक सञ्जालमा भाइरल बनेको कागजातलाई विभागले आधार मानेर अध्ययनका लागि पठाएको छ।
सोमबारदेखी हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको छ।
ट्राफिक प्रहरीले अवस्था ठीक नभएका बस, टेम्पो, माइक्रो बस, डिआई गाडीलगायतका ३५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने ३१ वटालाई नियन्त्रणमा लिएको छ।
दशैँ मनाउन काठमाडौँ उपत्यकाबाट २० लाख यात्रु बाहिरिने अनुमान महानगरीय ट्राफिक कार्यालयले जनाएको छ।
नवरात्रको पहिलो दिन सोमबार हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ।
सरकारले देशैभर लागू हुने गरी स्वैच्छिकरूपमा गाडी सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्था आजबाट कोजाग्रत पूर्णिमासम्म लागू हुनेछ।