AnonymousUser

Logout

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिने गरी कानून बन्न लागेको हो?

प्रतिनिधिसभाको बैठकमा सांसदले बहुविवाहलाई कानूनी मान्यता दिने गरी विधेयकको मस्यौदा तयार भइरहेको भन्ने चर्चामाथि सरकारको जवाफ मागेका छन्।

हलेसी दर्शन गरेर फर्कंदै गर्दा माइक्रोबस दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनाग्रस्त माइक्रोबसमा १६ जना यात्रु सवार रहेको खुलेको छ। मृतक र घाइतेको पहिचान हुन सकेको छैन।

भिजिट भिसामा जाने वार्षिक पौने ३ लाख, ४२ प्रतिशतभन्दा बढी महिला

यूएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा भिजिट भिसामा जाने महिला यात्रुको संख्या पुरुषको भन्दा बढी रहेको छ।

सप्तकोशी नदीमा पानीको बहाव  उच्च

कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिएको छ।

आजको मौसम: यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

अझै केही दिन देशभर मनसुन सक्रिय रहने

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सरकारसँग सहमतिपछि नगरप्रमुख भट्टराईले तोडे अनशन

निमार्ण कार्यमा बाँसको प्रयोग गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवनसंहितालाई अन्तिम रूप दिई सबै प्रक्रिया पूरा गरी लागू गरिने सहमति पत्रमा उल्लेख छ।

बागमतीका मुख्यमन्त्री लामाको राजीनामा

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्।

संसदीय समितिको प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेश गरिने

संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ।

कालोकुत्ता मियाँ र छोटु सतार थिए गिरीबन्धु जमिनका मालिक

यो सबै जालझेल जन्माउने एक शासक थिए, भैरवप्रसाद आचार्य। कालोकुत्ताले मालपोत नतिरेको किर्ते बात बढाएर मालअड्डाका सुब्बा आचार्यले त्यो जग्गा–जमिन हत्याए र कौडीको मोलमा शमशेर गिरीलाई बेचिदिए।

तनहुँ बस दुर्घटनाका ५ घाइतेलाई आँबुखैरेनी अस्पताल पुर्‍याइयो

गोरखाबाट नारायणगढ जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा आइतबार दिउँसो दुर्घटनामा परेको छ।

निर्मला पन्त हत्या घटनाको अनुसन्धान नयाँ शिराबाट गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्यासहित सीआईबीले अनुसन्धान गरिरहेका सबै जटिल घटनालाई गम्भीरतापूर्वक लिई अनुसन्धान गर्न निर्देशन दिएका छन्।

वर्षाले गुल्मीका प्रमुख सडकहरू अवरुद्ध

वर्षाका कारण गुल्मीका प्रमुख सडकहरू कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार खण्ड अवरुद्ध भएका छन्।

सुख्खाग्रस्त मधेशमा वर्षाले किसानलाई राहत

गएरातिको वर्षाले मधेशका किसानलाई केही राहत दिए पनि पर्याप्त पानी नपर्दा अझै आधाभन्दा बढी धान रोपाइँ हुन सकेको छैन।

नारायणघाट–बुटवल सडक आयोजनाको चौथो पटक थपियो म्याद

सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको नारायणघाट–बुटवल सडकको म्याद चौथो पटक थप गरी २०८३ साउन ७ गतेसम्म पुर्‍याएको छ।

कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा लगातार भएको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढेको छ। नदीको सतह बढेसँगै तटीय क्षेत्रमा जोखिमसमेत बढेको छ।

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप–काठमाडौँ वैकल्पिक मार्गका रूपमा पनि प्रयोग हुँदै आएको छ।

गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

भोजपुरको पाँचधारे बजार पहिरोको जोखिममा

विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको गुनासो छ।

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।