AnonymousUser

Logout

पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड एकतर्फी खुल्यो

पहिरोका कारण सोमबार साँझदेखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड सोमबार बेलुकादेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

बैठकले १० वर्ष अवधिको सवारीचालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरूपता कायम गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, राइड शेयरिङलाई व्यवस्थित गर्ने लगायतका पनि निर्णय गरेको छ।

बुधबारसम्म ६ नदीमा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म मुलुकका ६ वटा नदीमा बाढीको जोखिम रहने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

७.८ किलो सेतो हेरोइनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोले लाओसबाट बैंकक हुँदै नेपाल ल्याइएको लागुऔषध सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

‘कुलिङ पिरियड’ छानबिन प्रतिवेदन प्रतिनिधिसभामा पेश

संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’सम्बन्धी त्रुटि छानबिनका लागि गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेश गरेको छ।

जीवनको उत्तरार्द्धमा एक्लिँदै वृद्धवृद्धा

वैदेशिक रोजगारी र शहरीकरणले परम्परागत संयुक्त परिवारको संरचना भत्काएपछि जीवनभर सन्तानको हेरचाह गरेका ज्येष्ठ नागरिक बुढेसकालमा गाउँघरमा एक्लै बस्न बाध्य छन्।

पहिरोले गुल्मी र पाल्पाका सडक अवरुद्ध

लगातारको वर्षाका कारण पहिरो गएर गुल्मी र पाल्पाका प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।

भारत पुर्‍याएर मिर्गौला झिकियो, नेपाल आउँदासम्म थाहा पाएनन्

पोखरामा सडक बनाउने खिलबहादुरलाई एक अपरिचितले राम्रो काम लगाइदिने आश्ववाशन दिएर भारत पुर्‍याए। तर त्यहाँ बेहोस बनाएर मिर्गौला झिकेको उनले नेपाल आइपुग्दासम्म थाहै पाएनन्।

पहिरोले दाङ–सल्यान सडक अवरुद्ध

दाङ–सल्यानको सिमाना नजिकै पहिरो गएपछि मंगलबार बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको छ।

गाईघाटमा ट्रक दुर्घटना: १ जनाको मृत्यु, १ घाइते

काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको ट्रक सोमबार साँझ दुर्घटना हुँदा उदयपुर रौतामाई–७ का ७२ वर्षीय टंकबहादुर लामिछाने मगरको  मृत्यु भएको छ।

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

२४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा

आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

मैनावती खोलाको पुल भासिँदा आवतजावत ठप्प

स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रूपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो।

उदयपुरमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु, एक घाइते

दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश

उच्च अदालत, पाटनले तीनकुने घटना र बैंकिङ कसुरसम्बन्धी मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।

हलेसी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

लेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।

भाषा आयोग सदस्यमा तीन वर्षदेखि अर्कै कृष्णप्रसाद न्यौपाने

मन्त्रिपरिषद्ले भाषा आयोग सदस्यमा त्रिभुवन विश्वविद्यालयका प्राडा कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर स्याङ्जाको भगवती माविका शिक्षक कृष्णप्रसाद न्यौपानेले नियुक्तिपत्र बुझे।

वर्षाका कारण मुगुमा ९ घर भत्किए, पीडितको बिचल्ली

वर्षाले मुगुको छायानाथ रारा नगरपालिका-१० मा नौ घर भत्किँएका छन्। पीडितले अहिलेसम्म कुनै पनि सरकारी निकायबाट राहत नपाएको गुनासो गरेका छन्।

किसानलाई तत्काल मल उपलब्ध गराउन सांसदको माग

लामो खडेरीपछि वर्षा भएसँगै धान रोपाइँमा जुटेका मधेशका किसानलाई मलको अभाव भएपछि प्रतिनिधिसभाका सांसदहरूले तत्काल मल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

बुटवल–नारायणगढ सडकखण्ड दाउन्नेमा अवरुद्ध

बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।