मधेश प्रदेशमा गत वर्ष यस अवधिमा ९७ प्रतिशत रोपाइँ सकिएकोमा यस वर्ष ७६.५४ प्रतिशत मात्रै रोपाइँ भएको छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बनकेवाचोकमा अचेत अवस्थामा बसबाट झारिएका एक वृद्धको मृत्यु भएको छ।
सुनसरी सोमबार बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन्।
अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ।
पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन्।
विसं २०६८ मा तीन वर्षमै सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको ४६९ मिटर लामो पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासी बर्सेनि सास्ती भोग्न बाध्य छन्।
केही वर्ष पहिलेदेखि शुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन्।
अहिले काठमाडाैँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
बैंकको रकम ‘वन एक्स बेट’ नामक प्रतिबन्धित अनलाइन जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चार कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ स्थित सापातेलमा मृत फेला परेका दुई बालबालिकाको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान शुरू गरेको छ।
कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न तनावपूर्ण परिस्थिति सामान्य बन्दै गएको छ। तर मृतकका परिवारले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै शव बुझ्न मानेका छैनन्।
स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरूलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
कञ्चनपुरमा भीमदत्त नगरपालिका–१२ ऐरीनजिक महाकाली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।
अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको ‘च्यामासिंह–ताथली–नाला’ सडकको दुरवस्थापछि स्थानीय बासिन्दाले सडकमै केराको बोट रोपेर विरोध गरेका छन्।
भूमि विधेयकका केही दफा अस्पष्ट भएको भन्दै सांसदले अध्ययनका लागि समय मागेपछि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले साउन २७ गते पुनः छलफल गर्ने निर्णय गरेको छ।
सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम नपाएको भन्दै रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
बाराको फेटाबजार नजिकै गण्डक नहरको किनारमा अतिक्रमण हुँदा र भारतले पनि सम्झौताअनुसार पर्याप्त पानी उपलब्ध नगराउँदा रौतहटका किसान मर्कामा परेका छन्।
अवकाशप्राप्त र निकट भविष्यमा अवकाश पाउने कर्मचारीको सेवासुविधा र निवृत्तिभरणमा जग्गाको आम्दानी खर्च गर्नुपर्ने लबिइङमा कर्मचारी छन्। मन्त्रिपरिषद्ले भने पुँजीगत खर्चका लागि स्वीकृति दिएको छ।
महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेल कारसँग ठोक्किएको छ। कारमा तीन जना सवार थिए। उनीहरूलाई सामान्य चोटपटक लागेको छ।