बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा अविरल वर्षाका कारण शनिबार हिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो।
माछा पोखरीमा डुबेर गुल्मीमा एक जनाको मृत्यु भएको छ।
‘नेप्से एआई’ नामक एप्समार्फत ठूलो रकम ठगी भइरहेको भन्दै सीआईबीले यस्ता भ्रामक विज्ञापनबाट सचेत रहन आग्रह गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन्।
मन्त्रालयले खटाएको ठाउँमा नगएका अन्य ३५ जना कर्मचारीलाई पनि हाजिर हुन बुधबारसम्मको समय दिएको छ।
वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले समिति गठन गरेको छ।
सर्वोच्च अदालतले संक्रमणकालीन न्यायसम्बन्धी रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई बदर गरेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश खारेज गरेसँगै द्वन्द्वपीडितको निवेदन दर्ता गर्ने बाटो खुलेको छ।
खतिवडाले आफूलाई ‘दोषी’ भनेर किटान नगरिएको भए पनि प्रतिवेदनमा ‘जिम्मेवार’ भन्ने शब्द प्रयोग गरिएकाले त्यसको जिम्मेवारीबोध गर्दै पदबाट राजीनामा दिएको बताए।
पर्सामा किसानको मागअनुसार सरकारी अनुदानको मल उपलब्ध हुन सकेको छैन। सरकारले तोकेको कोटाले यहाँको कुल मागको ६० प्रतिशत मात्रै धान्न सक्छ।
वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा उनका आफन्तहरूले प्रदर्शन गरेका छन्।
कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ। स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले मध्यरातमा समेत बालुवा निकाल्ने गरेका छन्।
पूर्वीपहाडी तथा तराईका जिल्लाका विभिन्न स्थानमा पछिल्लो केही दिनयता निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढेको छ।
सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ।
थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन रुपन्देही जिल्ला अदालतले आदेश दिएसँगै रवि लामिछानेको बैंक जमानतमा छुट्ने प्रयास असफल भएको छ।
वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपमा परी मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको शव परिवारले बुझेका छन्।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई जमानतमा छाड्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ।
पहिरोका कारण जोखिमयुक्त बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्थानीय प्रशासनले मंगलबारदेखि रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाउने भएको छ।
गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचनामा हेरफेर गर्दै ३२ वटा कार्यालयलाई गाभेर १७ वटामा झारेको छ।
विज्ञहरूले जलवायुजन्य विपद्का घटनाबाट हुने जनधनको क्षति घटाउनका लागि सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली र अन्तरनिकाय समन्वयको आवश्यकता रहेको बताएका छन्।