AnonymousUser

Logout

धरहरा टपरी ममलाई २ लाख जरिबाना, मममा भेटियो धातुको औँठी

काठमाडौँ महानगरले खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको भन्दै सुन्धारास्थित धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरिबाना गरेको छ।

विच्छ्या खोलामा आएको बाढीले ११ घर बगायो, ७ घरमा क्षति

हिमाली गाउँपालिका–१ विच्छ्या खोलामा आएको बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा परेको प्रहरीले जनाएको छ।

एआई नीति स्वीकृत, नागढुंगा सुरुङमार्गको शुल्क तोकियो

सरकारले ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२’ स्वीकृत गरेको छ भने नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर पनि तोकेको छ।

सुदूरपश्चिम क्षेत्रमा वर्षा जारी, शुक्रबारबाट बिस्तारै कम हुने

हाल देशभर साधारणतया बदली भई सुदूरपश्चिम प्रदेशको पहाडी र तराईलगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षा भइरहेको छ। बिहीबार रातिदेखि बिस्तारै वर्षाका गतिविधि कम हुने विभागले जनाएको छ।

रवि लामिछाने थुनिएको कोठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखियो

रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रारम्भदेखि नै अलग्गै एउटा कोठामा राखिएको कारागार कार्यालयले जनाएको छ।

महानगरले भत्कायो स्वीकृतिबिना बनाइएका संरचना [तस्वीरहरू]

कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्र पर्ने संरचना डोजर र ब्रेकर लगाएर भत्काइएको छ।

अवरुद्ध कालीगण्डकी करिडोर २ दिनपछि सञ्चालन

कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्सेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

कसले बनाउने नाला हुँदै बनेपा जाने सडक?

सूर्यविनायक–बनेपा खण्ड स्तरोन्नति भइरहँदा कमलविनायकबाट नाला हुँदै बनेपा निस्कने वैकल्पिक सडकमा सवारीसाधनको चाप छ। तर यो सडक मर्मतमा तीन तहले नै जिम्मेवारी नलिँदा दुर्घटनाको जोखिम बढेको छ।

विच्छ्या खोलामा बाढी: बाजुराको १० वटा घरमा क्षति

लगातारको वर्षापछि विछ्या खोलामा आएको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ। बाढीले एउटा झोलुंगे पुलसमेत बगाएको छ।

रिडी–तम्घास सडक पहिरोले अवरुद्ध

रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै

सुदूरपश्चिमको आधाभन्दा बढी जनसंख्या कैलाली र कञ्चनपुरमा छ। कैलालीमा करिब ३३ प्रतिशत र कञ्चनपुरमा २० प्रतिशत मानिसको बसोबास छ।

कैलालीका प्रजिअ हमाल मन्त्रालय तानिए

केही दिनअघि कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो।

ज्यान मार्ने उद्योगको मुद्दाका लागि चक्रे मिलनलाई भक्तपुर लगियो

अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि उनी तत्काल नछुट्ने भएका छन्।

मितेरी सहकारी ठगी: धनराज गुरुङबाहेक ८ जना प्रतिवादी बनाएर सीआईबीले बुझायो प्रतिवेदन

यो त्यही सहकारी हो, जसमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको समेत नाम जोडिएको थियो। तर, सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाउँदा भने उनलाई प्रतिवादी बनाएको छैन।

नदी किनाराको खाली क्षेत्रः शहरलाई सास फेर्ने ठाउँ

काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्वका कारण खुला स्थानको अभाव छ। पछिल्लो समय बागमती किनाराको सौन्दर्यीकरणले त्यहाँका पार्क र संरक्षित स्थान शहरबासीलाई ‘सास फेर्ने ठाउँ’ भएका छन्।

१ वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना, बिजुलीका पोलमा धेरै

सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर/कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्।

वनमन्त्री शाही र एमसीसीका सहायक उपाध्यक्ष विंगलबीच भेटवार्ता

विंगलले नेपालमा एमसीसी परियोजनाको कार्यान्वयनबारे चासो व्यक्त गरेका थिए।

पहिरोले केचना–कञ्चनजंघा सडकको इलामखण्ड अवरुद्ध

इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा मंगलबार राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

कमला नदीमा १४ वर्षमा पनि बनेन पुल

हुलाकी सडक हुँदै यात्रा गर्नेले नदी पार गर्न डुंगाको प्रयोग गर्नुपर्ने बाध्यता छ। जसमा प्रतिमोटरसाइकल १०० र प्रतिव्यक्ति ५० रुपैयाँ तिर्नुपर्छ।

पर्सामा उपचारका क्रममा कैदीको मृत्यु: छानबिन समिति गठन

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साहलाई मंगलबार बिहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा पुर्‍याइएको थियो।