काभ्रेमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ भने नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुखसहित अन्य केही व्यक्ति घाइते भएका छन्।
पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेका छन् भने बोरिङको पानीले रोपाइँ गरेका खेतमा पनि धाँजा फाट्न थालेको छ।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमार रहेका छन्।
इरानको जेलमा रहेका नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् उनीहरूलाई स्वदेश फर्काइएको हो।
कोशी प्रदेशका तराई तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
फोक्सिङटारस्थित सुनकोशी नदीमा सञ्चालित मोटरेबल पक्की पुल गत वर्षको बाढीले बगाएपछि र त्यसको विकल्पमा जडान गरिएको अस्थायी बेलीब्रिज पनि झिकिएपछि अहिले सामान ढुवानी गर्न घिर्नी जडान गरिएको छ।
सिरहाको मिर्चैया नगरपालिका–५ स्थित 'हिल पार्क' नजिक साइकल दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन्।
बाख्रापालन गर्दै आएका किसानले सामुदायिक वनका वनमारा फाँडेर घाँसखेती गर्न थालेका छन्।
गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
राष्ट्रपतिले संवैधानिक परिषद् विधेयकका दफाहरूमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
जलवायु सन्धिहरू र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अब जीवाश्म इन्धनको प्रयोग घटाउनु, उत्सर्जन रोक्नु र प्रभावित मुलुकलाई सहयोग गर्नु राष्ट्रहरूको कानूनी जिम्मेवारी भएको अदालतले ठहर गरेको छ।
पत्रमा कम्तीमा गाजाको ‘कालरात्रि’को अन्त्य नभएसम्म इजरायली सरकारसँग कुनै पनि नयाँ सम्झौतामा हस्ताक्षर नगर्न र युद्ध अपराध आरोपित इजरायली सेनाका सेवानिवृत्त व्यक्तिहरू पर्यटक भई नेपाल आउन नदिन सरकारलाई सतर्क रहन पनि आग्रह गरिएको छ।
प्राकृतिक स्रोत जगेर्ना गर्न लाग्नुपर्ने स्थानीय तहका जनप्रतिनिधिहरू नै नदीनालाको अवैध दोहन गर्न पदीय दुरुपयोग गरिरहेका छन्। संरक्षणमा जुटेका अभियन्ता र स्थानीय बासिन्दा उनीहरूको निशानामा परेका छन्।
बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।
हवाई सेवा प्राधिकरण विधेयकमाथिको छलफलका क्रममा सांसदले सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि स्पष्ट नीति र संरचनाको आवश्यकतामा जोड दिएका छन्।
अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभइ अनिवार्य रूपमा आफ्नै गोठमा हुर्काएको हुनुपर्ने छ।
सुर्खेत घर भइ भक्तपुरमा डेरा गरी बस्ने १७ र १५ वर्षका ती दिदीबहिनी घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।