AnonymousUser

Logout

गोरु बजारको ठेक्का विवादले गौशालामा झडप हुँदा वडाध्यक्षसहित पाँच घाइते

महोत्तरीको गौशालामा गोरु बजारको ठेक्का विवादले झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।

युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा युवती पक्राउ

धनुषा प्रहरीले एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा २१ वर्षीया जुली झालाई पक्राउ गरेको छ।

अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए

लोकसेवाबाट आएका अधिकृतहरूलाई विभागले तीन दिने तालिम पश्चात आजदेखि त्रिभुवन विमानस्थलको अध्यागमनमा खटाएको जनाएको छ।

अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

काहुँखोलाको बहाव अत्यधिक बढेपछि पर्खाल भत्किएर खोलाको धार परिवर्तन हुँदा त्यसक्षेत्रको जनजीवन प्रभावित बनेको छ।

सिरहा कारागारमा नाइके तोक्ने विषयलाई लिएर कैदीबन्दीबीच झडप, १३ जना घाइते

सिरहा कारागारमा नाइके तोक्ने विषयमा कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

नारायणगढ-मुग्लिन सडकमा ढुंगा खस्दा ३ भारतीय नागरिक घाइते

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलानजिक कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

स्वायत्तता माग्दै पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

पुल्चोक क्याम्पसका शिक्षक र विद्यार्थीले संस्थानको स्वायत्तता र पठनपाठन सुचारु गर्न माग गर्दै त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन्।

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिएर बेपत्ता भएका दम्पतीको शव फेला

पर्वतको मादी गाउँपालिका–३, देउरालीको लाङ्दीमा गएराति गएको पहिरोले घर पुरिएर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ।

बाढीपहिरोबाट देशभर ११ राजमार्ग पूर्ण अवरुद्ध

मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभरका ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

बुटवल–नारायणगढ दाउन्ने सडकः १ वर्षमा ६३ पटक बन्द

वर्षाको समयमा लगातार पहिरो, हिलो र सडक कटान तथा घाम लागेका दिनमा खाल्डाखुल्डी र धुलोले दाउन्ने क्षेत्र सधैँजसो समस्याग्रस्त बनिरहेको छ।

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका छन्।

बाढीको जोखिम: जलविद्युत् आयोजनालाई सतर्क रहन इप्पानको आग्रह

मौसम विज्ञान विभागले शनिबार साँझदेखि आइतबार बिहानसम्म पूर्वी नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ। पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कनकाईलगायतका नदीमा बाढी आउन सक्ने सम्भावना अत्यधिक रहेको विभागको भनाइ छ।

मोरङमा जंगली हात्तीको आक्रमणबाट १ वर्षमा ५ जनाको मृत्यु

आर्थिक वर्ष २०८१/८२ मा मोरङमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहटमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

विपद्: तीन महिनामा ९३ जनाको मृत्यु, २२ बेपत्ता

पछिल्लो तीन महिनामा बाढीका मात्रै १३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।

कान्तिलोकपथ बारम्बार अवरुद्ध, स्थायी समाधानको माग

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ बाढी र पहिरोका कारण बारम्बार अवरुद्ध हुँदा यात्रुले सास्ती खेपेका छन्। यसको स्थायी समाधानका लागि स्थानीय र सवारीचालकले माग गरेका छन्।

साउने संक्रान्ति मनाउन पशुपतिनाथमा भक्तजनको चहलपहल (तस्वीरहरू)

साउने संक्रान्ति मनाउन लागि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।

फेवातालमा पोल गाड्ने काम सकियो, अब ६५ मिटरभित्रका कित्ता वर्गीकरण गरिने

पोखरा महानगरले फेवाताल संरक्षण अभियानअन्तर्गत तेस्रो चरणमा मुआब्जायोग्य कित्ताको क्षतिपूर्तिका लागि सिफारिस गर्ने र मुआब्जा प्राप्त गरेपछि मात्र जग्गा खाली गरिने जनाएको छ।

बिहीबार ५ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा भने हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।