AnonymousUser

Logout

अमेरिकी भिसा आवेदकले सामाजिक सञ्जाल ‘सार्वजनिक’ गर्नुपर्ने शर्त किन?

अमेरिका अध्ययनमा जाने तयारी गरिरहेका विद्यार्थीलाई आफ्ना सामाजिक सञ्जाल खाता जोसुकैले हेर्नसक्ने गरी खुला राख्न दूतावासले सार्वजनिक रूपमै भनेको छ। किन राखियो यस्तो शर्त?

बीपी राजमार्गको काभ्रे खण्डमा राति यातायात सञ्चालनमा रोक

बढ्दो बाढीपहिरोको जोखिमका कारण बीपी राजमार्गको काभ्रे खण्डमा आगामी आइतबारदेखि एक महिनासम्म राति साढे दश घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।

प्रधानमन्त्री ओली राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई स्वदेश फिर्ता

स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सुर्खेतमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ घाइते

चट्याङ लागेर घाइते भएका पाँच जनामध्ये एकको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको, अन्य व्यक्तिको उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले फिर्ता लियो सरकारलाई दिएको समर्थन

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट रामेश्वर चौधरीलाई पदमुक्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

मुगुमा पहिरोमा पुरिएर महिलाको मृत्यु

खत्याड गाउँपालिका–५, तारापानीमा सडकको नाला निर्माणको काम गरिरहेकी एक महिलाको पहिरोमा पुरिएर ज्यान गएको छ।

एक हप्तामा ३५ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो एक हप्तामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४९ पुगेको छ र यस अवधिमा एक जनाको मृत्युसमेत भएको छ।

धनुषामा तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाइ फायर समेत गरेको सहप्रवक्ता थापाले बताए।

सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री रामेश्वर चौधरी पदमुक्त

रामेश्वर चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त भएका थिए।

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण बकुल्लाजस्ता जलपन्छी बर्सेनि घट्दै गएको चराको अध्ययनमा जुटेका विष्णु अधिकारी बताउँछन्।

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश जारी गरेको छ।

डोल्पामा काल्पनिक विद्यालय खडा गरी साढे ७ लाख भ्रष्टाचार, ४ जनाविरुद्ध मुद्दा दायर

डोल्पामा काल्पनिक विद्यालयको नाममा साढे ७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख, इन्जिनियर रविचन्द्र पजियारसहित ४ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।

फरेन्सिक जाँचले पुष्टि गरेका प्रमाणसमेत नकार्दै खाणको ‘साक्षी बकपत्र’ 

बालकृष्ण खाणले आफ्ना सहायक नरेन्द्र केसीमार्फत १ करोड रुपैयाँ कांग्रेस नेता आङटावा शेर्पालाई पठाएको र त्यसबाट ३० लाख रुपैयाँ राजु भण्डारीलाई भरपाई गरिदिएको कागजसमेत प्रहरी मिसिलमा राखिएको छ।

डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ६ चिनियाँ नागरिकसहित ५२ जना पक्राउ

गैरकानूनी रूपमा डेटिङ एप र क्रिप्टो कारोबारमा संलग्न भएको आरोपमा ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई सीआईबीले पक्राउ गरेको छ।

अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो

सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए।

बारपाकको दलित बस्ती: घरधुरी २१, शौचालय एक

बारपाकको पुछारमा रहेको दलितबस्ती सबै हिसाबले पिछडिएको छ। २०७२ सालको विनाशकारी भूकम्प गएको १० वर्ष बितिसक्दा पनि यहाँका बासिन्दा अझै त्रिपालभित्र बस्न विवश छन्। दलितबस्तीको मुख्य समस्या शौचालय हो।

बागलुङको ३०० रोपनी सामुदायिक वनमा निगुरो र अम्रिसोखेती

काठेखोला गाउँपालिका–७ स्थित तीतेझारी, माकुका र साँघुखोला सामुदायिक वनको ३०० रोपनी क्षेत्रमा खेती शुरू गरिएको छ। अन्य सामुदायिक वनमा पनि खेती बिस्तार गर्ने योजना छ।

जगदम्बा स्टिलमा विस्फोट हुँदा १ जना घाइते, आगो नियन्त्रणमा

उद्योग सञ्चालनमा रहेको समयमा विस्फोट भएको हुँदा सम्भावित मानवीय क्षतिको आशंका गरिए पनि  एक जना मात्र घाइते भएको जानकारी प्राप्त भएको प्रहरीले जनाइएको छ।

नेपालमा एमसीसी परियोजनालाई निरन्तरता दिने अमेरिकाको निर्णय

एमसीए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवा खरिद गर्न बुधबार नै बोलपत्र आह्वान गरिसकेको छ।

कर्णाली विकास बैंक घोटाला प्रकरणमा मिश्र पक्राउ

विसं २०६६ देखि ०७५ सम्म बैंकको अध्यक्ष रहेका पशुपति दयाल मिश्र अहिले नेकपा (एमाले)का केन्द्रीय सदस्य हुन्।