राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ। एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ।
कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विष्णुमती, धोबीखोला, मनोहरा र टुकुचालगायतका खोलाबाट निकालिएको करिब २ हजार ट्रिप माटो चोभार र कीर्तिपुरमा व्यवस्थापन गरिएको छ।
पर्साको वीरगन्जमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
द्वन्द्वपीडितले दुई पटक आयोगका पदाधिकारी फेरिँदा पनि न्यायमा ढिलाइ भएको र आयोग राज्यको स्रोत दोहन गर्ने तथा कार्यकर्तालाई रोजगारी दिने माध्यम मात्र बनेको आरोप लगाएका छन्।
भारतको उत्तराखण्डमा नेपालीलाई बन्धक बनाएर राख्ने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन्।
नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल दुई वटा कुकुरसहित सात जनाको टोली परिचालन गरेको छ।
ककनी गाउँपालिका-१ कागतीगाँउस्थित कोल्पु खोलामा शुक्रबार बिहान आएको बाढीले बगाएर ३२ वर्षीया कमला बलामी बेपत्ता भएकी छन्।
अदालतको अवहेलना मुद्दामा विशेष अदालतले दृष्टिन्युजका अध्यक्ष शम्भुलाल श्रेष्ठ र सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।
तीन वटा कोठामा ३० जनालाई कोचेर राखिएको थियो। उद्धारपछि एक युवाले आमाको मृत्यु हुँदा पनि घर आउन नदिई चरम यातना दिएर राखेको बताएका छन्।
फोहोरको रूपमा फालिने प्लास्टिक रिसाइकल गर्दा आम्दानीको स्रोत मात्र बन्दैन, पर्यावरण जोगिनुका साथै रोजगारीको अवसरसमेत सिर्जना हुन्छ। तर त्यही प्लास्टिक व्यवस्थापन अहिले चुनौतीपूर्ण बनिरहेको छ।
संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका लागि प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच व्यक्ति-केन्द्रितसहित कुल सात उजुरी परेका छन्।
ढुंगा झरिएसँगै अहिले नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए।
प्रत्येक दुई महिनामा एउटा गोलाबाट आठ किलोसम्मको अरिंगालको लार्भा निकाल्न सकिने बेनी नगरपालिका–६ जामुनाखर्कका अशोक शाहीले जानकारी दिए।
सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने भएको छ।
असारको हपहपी गर्मी, एउटा ढोका मात्र भएको बिनाझ्यालको टहरो। त्यहीँ ओत लागेर बसेका छन्, महिना दिनकी सुत्केरी मनिका परियार र उनका नवजात शिशु।
बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि अस्पताल पुर्याइएको थियो।
ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा एक सबइन्जिनियरको मृत्यु भएको हो।
जेठ अन्तिमबाट शुरू भएको वर्षा र बाक्लो कुहिरोले लगातार १७ दिनसम्म विमानस्थल ठप्प भएको थियो।
अहिले पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
उद्धार गरिएका युवालाई बसमार्फत सीमानाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको हो। रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।