AnonymousUser

Logout

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनजन्य जोखिमबाट बच्नका निम्ति आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

इलामको रोङ गाउँपालिका–३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पशुपति विकास कोषका सदस्य सचिवसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन्।

नेप्से परिसूचक १.२५ प्रतिशत घटेर २५९५ को बिन्दुमा, ९ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक १.२५ प्रतिशतले घटेर २५९५.९७ को बिन्दुमा कायम भएको छ।

निर्माण नसकिँदै भाँचियो तामाकोशी पुल

तामाकोशी नदीमाथि निर्माणाधीन पक्की पुलको एउटा स्पानको स्ल्याबमा चिरा परेपछि मर्मत भइरहेकै बेला आइतबार बिहान पूरै भाँचिएर खसेको छ।

सप्तरीमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

हनुमाननगर कंकालिनी नगरपालिकामा आइतबार दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

नारायणगढ–बुटवल सडकको सास्ती कहिलेसम्म?

योजनाअनुसार काम भएको भए नारायणघाट–बुटवल खण्ड तीन वर्षअघि नै चार लेनको (दाउन्ने खण्ड १३ किमि तीन लेन) भइसकेको हुन्थ्यो। तर आगामी साउनमा चौथो पटक ठेक्काको समय थप्नुपर्ने अवस्था छ।

कालीगण्डकी करिडोरको गुल्मीखण्ड ३ दिनदेखि अवरुद्ध

सडक ठप्प भएपछि गाउँपालिका केन्द्र पुर्तिघाट जाने र पुर्तिघाटबाट बुटवलसम्म जाने सवारीसाधन बीच बाटोमा अलपत्र परेका छन्।

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपाली युवाको उद्धार

दूतावासका अनुसार उद्धार गरिएका युवालाई उत्तराखण्डको काशीपुरमा बन्धक बनाई कुटपिट तथा यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको थियो।

दूधपोखरी कुण्डमा घट्दो जलसतहले स्थानीय चिन्तित

जलसतह निरन्तर घट्दै गएपछि लमजुङको धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी कुण्डको सौन्दर्य र धार्मिक महत्त्वमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

सवारीसाधन चल्न थालेपछि यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपासमा सवारीसाधन सञ्चालन हुन थालेका छन्।

कालीगण्डकी करिडोरमा निरन्तर सुख्खा पहिरो

कालीगण्डकी गाउँपालिका–१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध छ।

७ ठाउँको अवरुद्ध सडक खुलाइयो, ३ स्थानमा अझै बाँकी

बाढी–पहिरोका कारण अवरुद्ध भएका १० सडकमध्ये शनिबारसम्म सात वटा खुलेका छन् भने अझै तीन स्थानमा भने सडक अवरुद्ध नै छ।

प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षीका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

कहिले नीलो गलबन्दी लगाएर त कहिले वेलअगाडि पलेँटी कसेर विरोध गर्दै आएको रास्वपाले शनिबार सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षीको पालो आउँदा भित्रिने गरेको छ। 

इरानमा रहेका नेपालीको भारतको सहयोगमा उद्धार गरिँदै

तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दै छ। यस क्रममा उक्त दूतावासले नेपालीलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ।

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।

सर्लाहीको बरहथवामा बाटो विस्तारका क्रममा झडप हुँदा प्रहरीसहित १० जना घाइते

झडपमा संलग्न रहेको अभियोगमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनमा सवारी दुर्घटना: सात जनाको मृत्यु, १८ घाइते

धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको कार ठोक्किएर दुर्घटना भएको हो। 

बागलुङमा १५ वर्षदेखि आयोजना अलपत्र, गाउँभर खानेपानी समस्या

गाउँमा २०६७ सालमा ओखरगैंडा खानेपानी आयोजना शुरू भएको थियो। घिनसिङ खोलाबाट लिफ्टमार्फत ओखरबोट किम्लेमा पानी तानेर वितरण गरिने योजना थियो। तर त्यो योजना अहिलेसम्म पूरा भएको छैन।