AnonymousUser

Logout

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

स्याङ्जामा नदी संरक्षण अभियन्तामाथि वडाध्यक्षले गरे कुटपिट

विरोध कार्यक्रमबाट फर्किँदै गर्दा वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनील खनालसहितका व्यक्तिले आफूहरूमाथि आक्रमण गरेको नदी संरक्षण अभियन्ता दिनकर नेपालको भनाइ छ।

सडक स्तरोन्नति भएसँगै मुस्ताङमा बढे पर्यटक

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ। ११ महिना स्वदेशी तथा विदेशी पर्यटक गरी ६ लाख ७८ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

महाकाली नगरपालिका– ६ मा ढुंगा लागेर गम्भीर घाइते भएका प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ। 

साढे २ करोड गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा यातायात कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत कमलराज गौतमविरुद्ध दुई करोड ५१ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

९ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको २६ किलोमिटर सडक ९ वर्ष बित्दासमेत निर्माण सकिएको छैन।

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ मा विनयी खोलाको बाढीले डाइभर्सन नै बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ घाइते

घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रंगा सार्की र ट्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेका छन्। उनीहरूको अवस्था सामान्य छ।

ठेकेदारको लापरबाहीले गोलबजार–लगडी–गदियानी सडक अलपत्र

सडक कालोपत्रका लागि २०७७ भदौमा ठेक्का लागेको थियो। २०७९ फागुनमा सक्नुपर्ने सडकको काम दुई पटक थपिएको म्याद सकिँदासमेत पूरा भएको छैन। ठेकेदार काम छाडेर हिँडेका छन्।

ट्रयाक खुलेको २७ वर्षपछि कालोपत्रे हुँदै म्याग्दीको रत्नेचौर–भकुन्डे सडक

एक किलोमिटर २०० मिटर ढलान भइसकेको छ। नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डीबीएसडी प्रविधिको कालोपत्र गर्ने तयारी छ। 

पाल्पामा भएको दुर्घटनामा गाडीधनीसहित २ जनाको मृत्यु, १ घाइते

पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

राप्रपा महामन्त्री धवलशमशेर राणा ३ लाख धरौटीमा रिहा

राप्रपाका महामन्त्री धवलशमशेर राणा काठमाडौँ जिल्ला अदालतको आदेशपछि तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

दिलभूषण पाठकलाई धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश

उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल धरपकड नगर्न विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

वन मुद्दामा भरत थापा ५० लाख धरौटीमा रिहा

वनसम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतले बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापालाई ५० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

पहिरोका कारण गुल्मीअन्तर्गत कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

इजरायलमा रहेका नेपालीको सुरक्षा अवस्थाबारे राजदूत बासद्वारा परराष्ट्रमन्त्रीलाई जानकारी

परराष्ट्र मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ।

जेब्राक्रसमै आएर रोकिन्छन् गाडी, पैदलयात्रीलाई बाटो काट्नै सकस (तस्वीरहरू)

कुनै–कुनै सार्वजनिक गाडीका चालकले त जेब्राक्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत दृश्य देख्न पाइन्छ।

हुम्लाको उनापानीमा  आगलागीबाट ८ घर नष्ट, अझै नियन्त्रणमा आएन

आगलागीबाट मानवीय क्षति भएको छैन। सबै आगो नियन्त्रणमा आइसकेपछि मात्र क्षतिको विवरण आउने प्रहरीले जनाएको छ। 

पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

मानव अधिकार आयोगले समाचारका विषयलाई लिएर पत्रकारलाई लक्षित गरी भइरहेका धम्की, दुर्व्यवहार र घृणायुक्त अभिव्यक्तिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक

आयोजना बैंक नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको माओवादी केन्द्र, कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए।