स्थानीय शंकर लुइँटेलले मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ बिग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन थालेको बताए। सोलार फेन्सिङ मर्मत गर्न सम्बन्धित निकायले चासो नदिएको उनको गुनासो छ।
भारतको महाराष्ट्रमा भिडभाडयुक्त रेलबाट खसेर चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
पत्रिकामा सूचना प्रकाशन नै नगरी भुक्तानी दिएको आरोपमा फतुवा विजयपुर नगरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, जनसवाल राष्ट्रिय दैनिकका सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिबाट पारित भएको छ।
पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता एक जनाको शव फेला परेको छ।
राप्ती नगरपालिकाले आन्तरिक स्रोत अभाव र अख्तियारले चासो राखेको कारण देखाउँदै चिकित्सकसहित ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई हटाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ।
सडक मर्मत वा पूर्वाधार निर्माणका लागि खनिएका खाडलमा परी विगत पाँच वर्षमा २२ जनाको ज्यान गएको छ। सरकारले कडाइ नगर्दा अझै पनि विभिन्न प्रयोजनमा खनिएका खाडल नपुरी छाडिन्छ।
पाल्पाको रम्भा गाउँपालिकामा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।
अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौँ आइपुगेका छन्।
वीरगन्ज महानगर–१४ पिपरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार २ बजेसम्म स्थगित भएको छ।
मिलेमतोमा बिलमा उल्लेख परिणामभन्दा बढी डिजेल दिएको आरोपमा नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर, १५ को मध्यम र बाँकीको अवस्था सामान्य रहेको छ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, चिनियाँ कम्पनी एशियाइन्फो युनहान्ग सफ्टवेयरका उच्च अधिकारीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार भेटिएको छ।
कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन्।
पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको छ।