विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीबाट फेन्सी, मेडिकल, इलेक्ट्रोनिक, पुस्तक, होटललगायतका पसल जल्दा पौने नौ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
संखुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ।
तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जोगबुडा नदी र महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको कुतियाकवरबस्ती हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ। तटबन्ध निर्माण रोकिएपछि स्थानीय सुरक्षित स्थान खोज्न थालेका छन्।
बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो।
बाजुराको बूढीगंगा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जैसी भन्छन्, ‘जिल्लामा दमकल नै छैन। छिमेकी जिल्ला अछामको दमकल बिग्रेको र डोटीबाट आउन सक्ने अवस्था भएन। त्यसैले ठूलो धनमालको क्षति भयो।’
झापाको कनकाई नगरपालिका–२ मा हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा आठ जना घाइते भएका छन्।
गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्कीवासको पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ।
बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा १२ भन्दा बढी पसल जलेको प्रहरीले जनाएको छ।
जाजरकोटको नलगाड–८ स्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ भने एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिपक्षी दलको बैठकले माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेको छ।
राष्ट्रियसभा सदस्यहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारीको बिक्रीवितरण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
कोदालो प्रहार गरी बाबु र छिमेकीको हत्या गरेको आरोपमा सुनवल नगरपालिका–२ का हेमराज थारू पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९३ जनालाई प्रतिवादी बनाएर दायर गरेको भ्रष्टाचार मुद्दामा नगरप्रमुख थापा पनि प्रतिवादी छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मुख्य राजनीतिक पात्र र तिनका परिवारसमेतको अमेरिकी भिसा तथा आवागमन प्रक्रिया ‘वाच लिस्ट’मा परेको छ।
सप्तरीको सुरुंगा नगरपालिका–८ स्थित कान्तालाल चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको थियो। लुटपाटको प्रतिकार गर्दा चौधरीको हत्या भएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी जवान झापाका हरदेव राजवंशीको शव उनी बेपत्ता भएको स्थानभन्दा करिब तीन किलोमिटर तल नदी किनारमा भेटिएको हो।
विपद् सेमुलेसन अभ्यासका क्रममा दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत हरदेव राजवंशी र नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउद सप्तकोशीमा बेपत्ता भएका थिए।