AnonymousUser

Logout

प्रतिनिधिसभा बैठक बुधबारसम्म स्थगित

भिजिट भिसा प्रकरणका कारण उत्पन्न अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरे पनि सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।

विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरूले विपद् जोखिम न्यूनीकरणका लागि स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आज पनि यात्रुलाई सास्ती, सहमति भए पनि किन चलेनन् गाडी?

यातायात व्यवसायी र सरकारबीच सोमबार राति ६ बुँदे सहमति भए पनि आन्दोलन नरोकिँदा मंगलबार पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन्।

कान्तिलोकपथ चार दिन बन्द हुने

मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले जेठ २१ देखि २४ गतेसम्म उक्त सडक बन्द हुने भएको हो। 

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति

गण्डकी प्रदेशले ल्याएको निर्देशिका स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायी पनि आन्दोलन फिर्ता लिन सहमत भएका छन्।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गर्ने व्यक्ति डिस्चार्ज

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको मिर्गौला र कलेजो प्रत्यारोपण गरिएका बिरामी सफल उपचारपछि डिस्चार्ज भएका छन्।

जुम्लामा वडाध्यक्षमाथि चक्कु र ढुंगा प्रहार

चक्कु प्रहारबाट घाइते भएका वडाध्यक्ष ललितबहादुर शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जलथल जंगलका दुर्लभ वनस्पति र जीव लोप हुने खतरामा

६ हजार १०० हेक्टर क्षेत्रफलको जंगलमा लटहर, थाकल, भोटे लहराजस्ता दुर्लभ वनस्पतिको अस्तित्व संकटमा छन्। यहाँ संसारकै सानो आकारको ‘मुसे मृग’समेत पाइएको थियो। 

प्रमुख ३ दलका शीर्षनेताबीच सिंहदबारमा के भयो कुराकानी?

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार छलफलमा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले ‘राजीनामा होइन, संसद् खोलेर अगाडि बढ्नुपर्ने’ धारणा राखेको थिए।

बिनासीप वैदेशिक रोजगारीमा, के गर्छन् सीप सिकाउने दर्जनौँ निकाय?

सीप सिकाउने सरकारी–गैरसरकारी दर्जनौँ निकाय हुँदा पनि नेपाली बिनासीप वैदेशिक रोजगारीमा पुगिरहेका छन्। यसरी जाने श्रमिक खतरा, कठिन र फोहोर (थ्री–डी) काम गर्न बाध्य हुन्छन्।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध विशेष अदालतमा एक करोड आठ लाख रुपैयाँ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ।

यातायात व्यवसायीको आन्दोलनले यात्रुलाई हैरानी

छोटो दूरीको यात्रा गर्ने यात्रु पैदलै तथा तीनपांग्रे अटोरिक्सा र राइड शेयरिङमार्फत गन्तव्यतर्फ लागे पनि टाढा जाने यात्रु सडक किनारमा सवारीसाधनको प्रतीक्षामा बसेका छन्।

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो।

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन प्रहरीको आग्रह

विभिन्न राइड सेयरिङ एपमार्फत यात्रुहरूलाई बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने गरेको गुनासोहरू आइरहेको नेपाल प्रहरीले जनाएको छ।

सार्वजनिक यातायात नचल्दा यात्रु मारमा

यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

देशका केही पहाडी भेगमा वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कमल थापासहित सात जना रिहा, एक जना हिरासतमै

काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई रिहा भएका छन्।

कोटेश्वर, बल्खु र सिफलबाहेकका स्थानमा विरोधका कार्यक्रम गर्न रोक

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सिफल चौर, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खुबाहेकका स्थानमा विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

बाढीले जलविद्युत् आयोजना बगाउँदा २५० परिवार बिजुलीविहीन

संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले जलविद्युत् आयोजना बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ।

तिंकरवासीलाई ६ महिनापछि घर फर्किन भारतीय भूमि र अनुमतिको भर

केही वर्षअघि तिंकर पुग्न नेपाली गोरेटो बाटो प्रयोग हुन्थ्यो। गोरेटो बाटो मर्मतमा ध्यान नजाँदा स्थानीयले केही वर्षदेखि आफ्नै गाउँ फर्किन भारतीय भूमि र अनुमतिको भरपर्नु परेको छ।