AnonymousUser

Logout

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

दुम्कीवास पुलको विकल्पको रूपमा हलुका सवारीलाई होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गरिएको छ । तर मालवाहक सवारीसाधन पूर्ण रूपमा रोकिएको छ।

मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गड्तौलाले चाँडै विनियमावली बनाएर पीडितलाई न्याय दिने बताएकी छन्।

नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा सरकार

इजरायल र इरानबीच विगत एक हप्तादेखि जारी द्वन्द्वले गर्दा त्यहाँ समस्यामा परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने तयारी गरेको छ।

संसद्‌मा उठ्यो टीकापुरको ३०० बिघा जग्गाको विषय, तत्काल छानबिन गर्न सांसद सिंहको माग 

टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको ३०० बिघा सरकारी जग्गा किनबेचसम्बन्धी विषय प्रतिनिधिसभा बैठकमा उठाउँदै सांसद डा. अमरेशकुमार सिंहले तत्काल छानबिनको माग गरेका छन्।

ग्वार्को ओभरपास निर्माण सम्पन्न, आजदेखि गाडी गुड्ने

ओभरपासको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ। ओभरपास निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधारण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्।

काठमाडौँबाट नेपालगन्ज गइरहेको बस बाढीले बगायो, यात्रु सकुशल

बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए। एक्साभेटरमार्फत उनीहरूको उद्धार गरिएको छ।

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको समाचार हटाउन माग गरिएको निवेदन खारेज

काठमाडौँ जिल्ला अदालतले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन माग गर्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिएको निवेदन खारेज गरिदिएको छ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रक्रियाबिना परिषद्को रकम खर्च गरेको, सवारीसाधन खरिद बिक्रीमा अनियमितता गरेको पाइएका भन्दै आयोगले तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पहिरोले बन्द भयो अरनिको राजमार्ग

अविरल वर्षासँगै आएको पहिरोबाट भोटेकोशी–२ को लिपिङ बजारका तीन घरमा पनि क्षति पुगेको छ।

मुरुल्लेमा चुनढुंगाको अवैध उत्खनन: स्थानीयको ६ वर्षको संघर्षपछि अस्थायी रोक

खानी विभागले करिब चार महिनाअघि जिल्ला प्रशासन, वन र प्रहरी कार्यालय तथा रुन्टिगढी गाउँपालिकालाई मुरुल्लेमा भइरहेको अवैध उत्खनन रोक्न भनेपछि चौधरी ग्रुपले अस्थायी रूपमा बन्द गरेको छ।

प्रतिनिधिसभामा नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२’ प्रतिनिधिसभामा पेश गरेका छन्।

उखु किसानलाई दिइँदै आइएको अनुदान नरोक्न सांसदले गराए सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको बैठकमा सांसदले उखु किसानलाई दिइँदै आइएको अनुदान रोक्ने निर्णय फिर्ता लिन सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

सात दिनमा भेटिए ३० कोरोना संक्रमित, संक्रमण देखिएको ठाउँमा पठाइयो एन्टिजेन

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दिर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिम रहेको बताए।

देशभर ६ स्थानमा राजमार्ग अवरुद्ध, ४ ठाउँमा एकतर्फी सञ्चालन

सिन्धपाल्चोकको भोटेकोशी गाउँपालिकामा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ। कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसेर सडक अवरुद्ध भएको हो।

वर्षाले नारायणघाट–बुटवल सडक अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

विनयी खोलाको डाइभर्सन बगाएपछि र दाउन्नेमा सडक चिप्लो भएका कारण बुधबार रातिदेखि राजमार्ग पुर्ण रूपमा अवरुद्ध भएको छ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतय बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भारत हुँदै अवैधरूपमा खाडी मुलुक जान लागेका ५ जना नियन्त्रणमा

भारतीय नाका हुँदै अवैधरूपमा खाडी मुलुक जान लागेका चार महिलासहित एक पुरुषलाई सशस्त्र प्रहरीले ठोरीबाट नियन्त्रणमा लिएको हो।

सुनकोशी नदी आसपासका क्षेत्रमा बाढीको जोखिम, सचेत रहन आग्रह

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सुनकोशी नदी र यसका सहायक नदीमा बाढीको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।

मेसिन बिग्रिएपछि १ वर्षदेखि राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ सेवा प्रभावित

२०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएको थियो। त्यसपछि अस्पतालमा सिटीस्क्यान सेवा शुरू भएको थियो।