अरुनसँगै अरू पाँच जना भुटानी शरणार्थी अमेरिकाबाट देशनिकालामा परेका थिए तर ती सबै अहिले सम्पर्कविहीन छन्।
इच्छाकामना गाउँपालिका–७ दाहाखानीस्थित दाहाखानी भ्यु रिसोर्टको पौडी पोखरीमा डुबेर २५ वर्षीय लोकेश महतोको मृत्यु भएको छ।
पोखरीमा डुबेर कमला नगरपालिका–२ सराबे टोलका रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साहको मृत्यु भएको छ।
वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन्।
उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा दुवैको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्राडा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।
पञ्चायतको अन्तिम बेलादेखि धमाधम विद्यालय खोल्ने स्वीकृति दिन थालियो, तर शिक्षक दरबन्दी दिइएन। बहुदलपछि विभिन्न नाममा शिक्षकको जथाभावी नियुक्ति गर्न राजनीतिक दल र अनेक समूहको स्वार्थ हाबी भयो।
विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिट दर्ता नहुने भएको छ।
सम्पत्ति शुद्धीकरण निवारण मामलासँग जोडिएका विभिन्न संस्था तथा निकायहरूको संख्यामा पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको छ। जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवल जाने गरेका छन्।
सरकारले बागमतीलाई स्वच्छ, सफा र हराभरा बनाउन निकाय खडा गरेको तीन दशकभन्दा बढी भए पनि ढल मिसाउने कार्य रोकिएको छैन। ढलका कारण बागमती कालो देखिँदासमेत सरोकार भएका निकायको ध्यान जान सकेको छैन।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदले जमिनको खण्डीकरण र जथाभाबी वितरण मौलाउन सक्ने धारणा राखे।
सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ। सोमबार राति परेको पानीका कारण उक्त क्षेत्रमा सडक हिलाम्मे भएको छ।
चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएको छ।
हुरीले रुख ढल्दा डिलाशैनी-६ नेगाउस्थित निङ्लासैनी आधारभूत विद्यालयको शौचालयमा क्षति पुगेको छ। छाना उडाउँदा सिँगास-२ मैतडका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका छन्।
हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।
‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहोर बढी भेटिएको छ।
यो वर्ष वैशाखदेखि बेलाबेला बिजुली जाने समस्या दोहोरिइरहेको छ। बत्ती जाँदा सामाजिक सञ्जालमा प्राधिकरण नेतृत्वविरुद्ध आक्रोश देखिन्छ। किन बत्ती गइरहेको छ? अघिल्ला वर्ष पनि यो मौसममा बत्ती जान्थ्यो?
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले तिलगाउँमा पहिरो जानुको कारणबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय भएको पनि बताए।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ।