बाढीपहिरोका कारण खानेपानीका पाइप र मुहानमा क्षति पुग्दा स्थानीय खोलाको दूषित पानी पिउन बाध्य भएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङको भनाइ छ।
अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सांसदले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ साम्बाचोक नामकरण र स्तम्भ निमार्ण गरिएको हो।
झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।
पहिरोका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका १८ घरपरिवार उच्च जोखिममा परेका छन्।
२०७२ मंसिरयता रसुवागढी नाकाबाट साढे ६५ किलो सुन बरामद गरी कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइसकेको प्रहरीले जनाएको छ।
पत्रमा उम्मेदवारले संक्रमणकालीन न्यायबारे प्रस्तुत गरेका धारणा या भिजनसम्बन्धी विवरण, छनोट तथा सिफारिस प्रक्रियामा द्वन्द्वपीडितसँग छलफल र परामर्श नगर्नुको आधार–कारण उपलब्ध गराउन पनि माग गरिएको छ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ।
लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना सिरहाका विभिन्न स्थानबाट पक्राउ परेका छन्।
पशुपन्छीलाई प्रयोग गर्न प्रतिबन्धित तथा दर्ता नभएका एन्टिबायोटिक भित्र्याउन सरकारी कागज किर्ते गर्ने व्यवसायी ऋषि बडालका गतिविधिप्रति सरकारले आँखा चिम्लिँदा जनताको स्वास्थ्यमा प्रतिकूल असरको जोखिम छ।
आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको छ।
सहयोग र बजेट कटौतीका बाबजुद नेपालले आन्तरिक स्रोतबाट लगानी बढाउने प्रयास गरेको तर घट्दो स्वास्थ्य बजेट चुनौतीका रूपमा रहेको मन्त्री पौडेलको भनाइ छ।
अख्तियारले बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासँगै मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।
जलवायुजन्य विपद्लाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने आह्वानमा उल्लेख छ।
साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने पर्यटकको संख्या क्रमशः बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।
पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले गोरखाको छेपेटारमा नौ दिन लगाएर गरेको उत्खननका क्रममा भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको छ।
भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आईसीयू)सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ। बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आईसीयू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्या…
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।