देउवा र दाहालले सुर्खेत र दैलेखमा सत्ता गठबन्धनका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
सर्लाही–४ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान कांग्रेस सांसद् अमरेशकुमार सिंह र माओवादी नेता शिवपुजन रायकी छोरी मधुमालाबीच मुख्य प्रतिस्पर्धा हुने स्थिति बनेको छ।
राजनीतिक दल तथा सम्बन्धित पक्ष आफैँ सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यसपटक कमै मात्रामा उल्लंघनका घटना देखिएको निर्वाचन आयोगले जनाएको छ।
जुम्ला काठमाडौँको उपेक्षाबाट यति धेरै असन्तुष्ट छ, प्रत्येक निर्वाचनमा ‘विद्रोह’ गरेर नयाँ अनुहार पठाउँछ। यसपालि जुम्लाले राजावादी पार्टी, राप्रपाका उम्मेदवारमा पनि त्यस्तै ‘विद्रोह’ देखिरहेको छ।
बागलुङमा तीन वटा क्षेत्र हुँदासम्म केसी क्षेत्र नं. २ मा उम्मेदवार बन्थे। यसअघिका दुई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नबनेका उनी कांग्रेसको मतले जित्ने विश्वासमा यसपटक क्षेत्र नं. १ तिर सरेका छन्।
सर्वोच्चले तोसिमा कार्कीको उम्मेदवारी कायमै राख्ने यसअघिको आदेश निरन्तर राखेको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र तीलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ।
निर्वाचन आयोगले स्थानीय प्रशासनले आचारसंहिता पालना नगरे कडा कारबाही गरिने बताएको छ। आयोगले सबै कर्मचारीको सूक्ष्म निगरानी गरिरहेको बताउँदै बदमासी गरे जागिर नै धरापमा पर्नसक्ने चेतावनी दिएको हो।
गएको स्थानीय तह निर्वाचनको मतका आधारमा कञ्चनपुर–३ मा कांग्रेस एक्लै अगाडि भए पनि दुई बागी उम्मेदवार र जिल्लामा दुई खेमाको अन्तरसंघर्ष रमेश लेखकका लागि अनुकूल नहुनसक्छ।
पृथकतावादी आन्दोलनको बाटो छाडेर चुनावी राजनीतिमा आएका राउत जनमत पार्टीलाई स्थापित गराउन मधेशका अन्य दलविरुद्ध आक्रामक भइरहेका छन्। उनी किन आफ्नो पार्टी जसपा र लोसपाभन्दा ठूलो हुने दाबी गरिरहेकाछन्?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले चुनाव प्रचारमा निर्वाचन आचारसंहिताअनुसार सामाजिक सञ्जाल नियन्त्रण गर्न समस्या रहेको बताए।
निर्वाचन आयोगले आचारसंहितालाई दण्डात्मक रूपमा कार्यान्वयन गर्दा उल्लंघनका घटनामा उल्लेख्य कमी आएको बताएको छ। आयोगले यसअघि आचारसंहितालाई सुधारात्मक रूपमा कार्यान्वयन गर्दै आएको थियो।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भौतिक उपस्थितिमा हुने आचारसंहिता उल्लंघन कम रहेको तर सामाजिक सञ्जालमा बढी भएको उनले बताए।
बजेट अभावमा मतदाता शिक्षा कार्यक्रमका लागि घरदैलो कार्यक्रम गर्न नसकिएको बताउने निर्वाचन आयोगले कलाकारहरूलाई राखेर चारतारे होटलमा मतदान गर्ने तरिका सिकाउँदै प्रचार गरिदिन आग्रह गरेको थियो।
मतदान केन्द्रमा मतपेटिका अग्लो स्थानमा राखिदिँदा, टेबल अग्लो हुँदा छाप लगाउन र मत खसाल्न गाह्रो हुने गरेको अपाङ्गता भएका व्यक्तीकाे गुनासाे छ।
अचारसंहिता मिच्नेमा उम्मेदवार, जनप्रतिनिधि, कर्मचारी र शिक्षक धेरै छन्।
निर्वाचन आयोगले मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न पास लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको जनाएको छ।
आयोगले प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको जनाएको छ।
आफूलाई साथ दिँदा राजनीतिक ‘करिअर’ नै सिध्याएका नेता कार्यकर्ता पन्छाएर छोरी जिताउने बाबुरामको चाहनाले भर्खर बन्दै गरेको पार्टी नै विघटनको संघारमा पुगेको छ।
पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्ज समेटिएको बाँके क्षेत्र नम्बर २ मा प्रमुख दल ‘सिन’मा छैनन्। साना पार्टीका ‘हेभीवेट’ उम्मेदवारबीच भइरहेको व्यक्तित्वको भिडन्त साँच्चिकै रोचक छ।
सेनाले निर्वाचन सुरक्षाका लागि ८३२ बम डिस्पोजन टोली परिचालन गरेको छ, १४३ टोली तयारी अवस्थामा रहेको जनाएको छ।