AnonymousUser

Logout

दरबारमार्गमा जलरङ माध्यममा नौलो प्रयोग

नेपालमा कलाकार एनबी गुरुङको संयोजकत्वमा अन्तर्राष्ट्रिय जलरङ समाज नेपाल नै गठन गरेर जलरङको प्रवर्द्धन भइरहेको छ।

पर्व

चाँगुनारायण मन्दिरमा भक्तजनको भिड

हरिबोधिनी एकादशीको अवसरमा भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। चारनारायणमध्येको जेठो नारायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरूपको रूपमा पुजिँदै आएको मन्दिरमा मंगलबार बिहानदेखि दर्शनार्थीको भिड लागेको हो।

तिहार

मनाइयो गाई तिहार

कात्तिक शुक्ल प्रतिपदाका दिन शनिबार गाई-गोरु तिहार मनाइएको छ। गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइएको हो। यसरी पूजा गर्दा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। 

वसन्तपुरमा पर्यटन उत्सव

एक हजार जना कलाकारको संयुक्त प्रस्तुति

काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा १ हजार कलाकारहरूको संयुक्त प्रस्तुति प्रदर्शन भएको छ। विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए। बादनमा मा धिमे ठूलो धिमे र धुन्याबाट कार्यक्रम शुरू भएको थियो। यसपछि चिगो सानो धिमे, घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा नृत्य गरेका थिए। बादन र नृत्यको निर्देशन सुदनमान मुनिकारले गरेका हुन्। मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी थिए। यसका लागि उपत्यका बाहिर धरानदेखि पनि कलाकार आएका थिए। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको हो। विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी भए तापनि अविरल वर्षाका कारण त्यस बेला रोकिएको कार्यक्रम हिजो सम्पन्न गरिएको हो।

दशैँ

दुर्गापक्षको चौथो दिन: मैतीदेवी मन्दिरमा घुइँचो

नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा  कुष्माण्डा देवीको पूजाआराधना गरिँदै छ। यस अवसरमा शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौँको मैतीदेवी मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी\r\n\r\n\r\n

बडादशैँ

हनुमान ढोकाको दशैँ घरमा राखियो जमरा

बडादशैँ बिहीबार शुरू भएको छ। पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँ घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पर्व

काठमाडौँ उपत्यकामा शुरू भयो इन्द्रजात्रा\r\n\r\n

काठमाडौँ उपत्यकामा आइतबार इन्द्रजात्रा शुरू भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ पनि भनिन्छ। हनुमानढोकामा इन्द्र ध्वजासहितको लिंगो बिहान ८: २६ बजे ठड्याएपछि जात्रा शुरू भएको हो। नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पर्व

काठमाडौँको किलागलमा शुरू भयो देवी नाच

इन्द्रजात्राको शुरूआतसँगै काठमाडौँ महानगरपालिका–१८ किलागलमा पौराणिक नाच दी प्याखं देवी नाच नाच्न थालिएको छ। कायअष्टमीका दिन ‘पिदने’को तेस्रो पूजा गरेर मुकुट, मुकुन्डो, घुँघुरा र पोसाकसहित नृत्य गरिएको हो ।

पर्व

भक्तपुरमा मनाइयो गणेश जात्रा

भक्तपुरमा शनिबार गणेश जात्रा मनाइएको छ। सूर्यविनायक– ६ र ८, सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबले संयुक्त रूपमा जात्रा मनाएका हुन्। गणेश चतुर्थीको दिन गरिने जात्रामा गणेशको मूर्ति नगर परिक्रमा गराई विभिन्न गणेश मन्दिर पुर्‍याएर सूर्यविनायक चोकमा पुगी प्रसाद ग्रहण गरेर समापन गरिन्छ। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी\r\n

पर्व

पशुपतिमा तिजको रौनक

हिन्दू महिलाहरूको महान् चाड हरितालिका तिजको  अवसरमा शुक्रबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न श्रद्धालुको भीड लागेको छ। यस पर्वमा महिलाहरू परिवारमा सुख, शान्ति र कल्याणको कामनासहित व्रत बस्ने गरेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी।

पर्व

इन्द्रजात्राको तयारी: कोर क्षेत्रका सडक मर्मत शुरू\n

इन्द्रजात्राको तयारी शुरू भएसँगै काठमाडौँका कोर क्षेत्रका सडक मर्मत धमाधम भइरहेको छ। बाटोका खाल्डो पुर्ने र मिलाउने काम भइरहेको हो। हरेक वर्ष इन्द्रजात्राको पूर्वसन्ध्यामा काठमाडौँ महानगरले सडक गर्दै आएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पर्व

बसन्तपुर र न्युरोड क्षेत्रमा गाईजात्रा

काठमाडौँको बसन्तपुर र न्युरोड क्षेत्रमा गाईजात्राको रोनक। नेवार समुदायले एक वर्षभित्र दिवंगत आफन्तजनको सम्झनास्वरुप गाईजात्रा पर्व मनाइरहेका छन्। यस पर्वमा परिवारका आफन्तजनको सहभागितामा गाई र मानिसलाई शृंगारेर बजार परिक्रमा गराइन्छ। 

कला प्रदर्शनी

सिद्धार्थ आर्ट ग्यालरीमा \'सवारी कथाहरू’ प्रदर्शनी

सिद्धार्थ आर्ट ग्यालरीमा सवारी साहित्यसम्बन्धी कलाको प्रदर्शनी भइरहेको छ। मे १३ मा शुरू भएको प्रदर्शनीलाई ‘सवारी कथाहरू’ शीर्षक दिइएको छ। पाँच जना कलाकारका ८५ वटा क्युरेसन प्रदर्शनीमा राखिएको छ। उक्त प्रदर्शनी मे २७ सम्म चल्नेछ। तस्वीर: नेपाल फोटो लाइब्रेरी\r\n\r\n

बाइसधारा मेला

बालाजुमा शुरू भयो बाइसधारा मेला

काठमाडौँको बालाजुस्थित बाइसधारामा पाँच दिने मेला मंगलबार शुरू भएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शुरू हुने मेलामा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनको सहजताका लागि २२ वटै धाराबाट पानी प्रवाह हुने व्यवस्था मिलाइएको छ। बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ। 

सिन्दूर जात्रा

सिन्दूर जात्रामा रंगियो मध्यपुरथिमी

मध्यपुरथिमीमा आइतबार हर्षोल्लासका साथ सिन्दूर जात्रा मनाइएको छ। प्रत्येक वर्ष वैशाख दुई गते मनाइने ३२ खटसहितको जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ। मूल देवता खटमा राखेर धिमेबाजा र नाचगानसहित चिराग बाली एकअर्कामा सिन्दूर दलेर खुशी साटासाट गर्दै मनाइने गरिन्छ। यो जात्रामा थिमी बासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्। 

पर्व

वसन्तपुरमा चीर ठड्याएसँगै शुरू भयो होली

काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ। यससँगै रंगहरूको पर्व होली शुरू भएको छ।

महाशिवरात्रि

पशुपतिमा भक्तजनको भिड

महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ। पशुपति क्षेत्रमा राति देखि नै भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान २ बजेदेखि चार वटै ढोका खोलिएका छन्। भारतबाट समेत साधु सन्त र तीर्थयात्री आइपुगेका छन्। यस वर्ष २० लाख भक्तजनले दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

सिकाली जात्रा

खोकनामा मनाइयो सिकाली जात्रा

ललितपुरको खोकनामा भने सिकाली जात्रा मनाइएको छ। महालक्ष्मीले महिषासुरलाई वध गरेको खुशियालीमा नेवार समुदायले यो जात्रा मनाउने गर्छन्। जात्रामा ४६ देवगणसहित सिकाली चौरमा हुने अश्वमेध यज्ञ, वीरभद्र र महाकाली तथा भैरव र देवताको खट गाउँ परिक्रमा गरिन्छ। त्यसक्रममा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने भन्दै निरन्तर बाजा बजाइन्छ। पञ्चमीको दिन आ–आफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी नवदुर्गासहित देवीदेवताको पूजा आराधना र परम्परागत नाच प्रस्तुत गरिन्छ।

घटस्थापना

दशैँघरमा राखियो जमरा

काठमाडौँको हनुमान ढोकास्थित दशैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ। वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ः२९ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाको ब्यान्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो। घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ।

इन्द्रजात्रा

काठमाडौँमा शुरू भयो इन्द्रजात्रा

काठमाडौँमा मंगलबारदेखि इन्द्रजात्रा शुरू भएको छ। हनुमानढोका दरवार स्क्वायरमा १०ः३७ मा इन्द्रध्वज उत्थान गरेपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाउने गरिन्छ। यसलाई काठमाडौँमा मनाइने सबैभन्दा ठूलो, रमाइलो र महत्त्वपूर्ण जात्राका रूपमा लिइन्छ।