AnonymousUser

Logout

ऋषिपञ्चमी

ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

ऋषिपञ्चमी पर्वका दिन मंगलबार काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा भक्तजनको भीड लागेको छ। महिलाहरूले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी यो पर्व मनाउने गरेछन्। सप्तऋषिको पूजा गर्ने भएकैले यस पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो। त्यसैले लागि मन्दिरमा भीड हुने गरेको छ। महिलाले हरितालिकाको व्रत समापनका लागि गोदानलगायत गरेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्नेसमेत चलन छ। 

पशुपतीमा तीजकाे राैनक

पशुपतिमा तीजकाे राैनक

हरितालिका तीजका अवसरमा पशुपतिनाथमा दर्शन गर्न आउने भक्तज विशेषगरी व्रतालु महिलाहरूको भिड लागेको छ। दर्शनार्थीहरुको सुविधाका लागि चार स्थानबाट दर्शनमार्गको व्यवस्था गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ। दर्शननार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी बिहान ३ः०० देखि नै पशुपतिनाथ मन्दिरका चारैढोका खुलाइएका छन्।

कृष्ण जन्माष्टमी

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बुधबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि घुइँचो लागेको हो। भाद्र कृष्ण अष्टमीकै दिन श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।

दरबारभित्र

यस्तो छ रत्न मन्दिर

राजसंस्था हटेको १५ वर्षपछि फेवाताल किनारमा अवस्थित रत्न मन्दिर सर्वसाधारका लागि खुला भएको छ। गणतन्त्र स्थापना भएको १६ वर्षपछि पोखरामा तत्कालीन राजा तथा राजपरिवार पोखरा आउँदा विश्राम गर्ने ठाउँ सर्वसाधारणका लागि खुला भएको हो। रत्न मन्दिर तत्कालीन राजपरिवारको नाममा थियो। १११ रोपनी क्षेत्रफलमा फेलिएको रत्न मन्दिर नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ। तस्वीरहरू: श्याम रानामगर/उकालो

सिथि नखः पर्व

नेवार समुदायले सिथि नखः पर्व मनाउँदै

नेवार समुदायले बिहीबार सिथि नखः पर्व मनाउँदै छन्। यस पर्वलाई नेवार समुदायले वर्षाअघिको अन्तिम चाडका रूपमा मनाउँने गरेका छन्। सिथि नखःको दिन नेवार समुदाय मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गर्दछन्। आजको दिन घरमा भर्खर भित्र्याइएको नयाँ गहुँको म्हुछ्यामढी मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी समेत खाने गरिन्छ। यस चाडसँगै सिन्या ज्याः धान रोपाइँ शुरू हुन्छ।

भोटोजात्राको रौनक

यो कसको भोटो हो?

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ। गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएका हुन्। मत्स्येन्द्रनाथको जात्रा करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशी बताउँछन्। किम्बदन्तीअनुसार यो यात्रा शुरू भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे। डराएका किसानले मत्स्येन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए।\n\nऔषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजी गर्दा पाउन सकेनन्। मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मत्स्येन्द्रनाथको जिम्मा लगाइयो। आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्स्येन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा छ। तस्वीरहरू: फोटो लाइब्रेरी

ट्याटु कन्भेन्सन

युवामा ट्याटु मोह

नेपाल ट्याटु प्रालिको आयोजनामा चैत २४ देखि १०औँ नेपाल ट्याटु कन्भेन्सन भइरहेको छ। ललितपुरको हेरिटेज गार्डेनमा भइरहेकाे कन्भेन्सनमा अमेरिका, अस्ट्रेलिया, जर्मनी, थाइल्यान्ड, स्पेन, भारतलगायत देशबाट २०० जना ट्याटु आर्टिस्ट आएका छन्। ट्याटु खोप्न ९० वटा बुथ राखिएको छ। शरीरका विभिन्न अंगमा ट्याटु खोप्न र ट्याटुबारे बुझ्न यहाँ युवाको घुइँचो लागेको छ। कन्भेन्सन आइतबार सकिने छ। तस्वीर : फोटो लाइब्रेरी

पशुपति

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा चहलपहल

महाशिवरात्रिका लागि सम्पूर्ण तयारी पूरा भएको छ। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वका लागि सबै तयारी पूरा भएको जनाएको हो। शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले महाशिवरात्रि भक्तजनलाई पूजा आराधनाका लागि शनिबार बिहान ३ बजेदेखि ४ वटै ढोका खुला गर्ने बताए। उनले वृद्धवृद्धाका लागि लाइनमा बस्नु नपर्ने व्यवस्था मिलाएको र एक जना आफन्तले वृद्धवृद्धालाई मन्दिरमा दर्शनका लागि लैजान पाउने व्यवस्था गरेको बताए। महाशिवरात्रिको पूर्वसन्ध्याबाट नै पशुपतिनाथमा भक्तजनहरूको घुइँचो लागि सकेको छ।

काठमाडौँ

प्रहरी बिटमा काठमाडौँ महानगरले चलायो डोजर

काठमाडौँ महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ। मंगलबार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट  भत्काएको हो। महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामान सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको हो। मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो। सो क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ।

शहीद दिवस

शहीद दिवस

प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस यस वर्ष पनि शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरी विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। प्रजातन्त्र स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाउन लागिएको हो।

नृत्य

झ्याउरे नाच

युवामाझ लोकप्रिय झ्याउरे नृत्य गुरुङ समुदायमा प्रचलित छ। तस्वीरमा, गोरखामा आयोजित एक कार्यक्रममा गुरुङ समुदायका सदस्य परम्परागत नृत्य प्रस्तुत गर्दै। तस्वीरः अमित मचामसि/उकालो

संस्कृति

बुंगमतिबाट पाटन तः बहाल ल्याइयो मच्छिन्द्रनाथको मूर्ति

६ महिनाअघि बुंगमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिरमा स्थापित गरिएको रातो मच्छिन्द्रनाथको मूर्तिलाई पाटन तः बहालस्थित मच्छिन्द्रनाथको मन्दिरमा पुनः स्थापित गरिएको छ। सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई नेपाल भाषामा बुंग द्यः बुंगमतिका देवता र लोकेश्वर करुणामय पनि भनिन्छ। रातो मच्छिन्द्रनाथको मूर्तिलाई ६ महिना बुंगमतिस्थित मच्छिन्द्रनाथको मन्दिर र ६ महिना पाटनको तः बहालस्थित मच्छिन्द्रनाथकै मन्दिरमा राख्ने गरिन्छ। सबैभन्दा लामो जात्राको रूपमा मानिने ‘रातो मच्छिन्द्रनाथको जात्रा’पछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमतिमा लगिन्छ। र, ६ महिनाको अन्तरालतमा मच्छिन्द्रनाथलाई पाटन फर्काइने चलन चलिआएको छ। तस्वीरहरू : अमित मचामसी

चित्रकला

चित्रकलाको रङ

आर्टस्टुडियोले आयोजना गरेको भित्ते चित्रकला परियोजना २०२२ अन्तर्गत लाइभ आर्ट शोमा सहभागी हुँदै कलाकार। शोपश्चात् छनोट भएका चित्रकारले नेपालका विभिन्न सार्वजनिक स्थानमा आफ्नो भित्ते चित्रकला कोर्न पाउनेछन्।

निर्वाचन-२०७९

यसरी सम्पन्न भयो निर्वाचन

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले बिहान ७ बजेबाट बेलुका ५ बजेसम्म ६१ प्रतिशत मतदान भएको जनाएको छ। तस्वीरहरू : अमित मचामसी

नेपाल संवत् ११४३

भक्तपुरवासीले मनाए नयाँ वर्ष

भक्तपुरका नेवार समुदायले नेपाल संवत् ११४३ मनाएका छन्। सन् ८८० मा लिच्छवि राजा राघवदेवको शासनकालमा जनतालाई ऋण-दासत्वबाट मुक्त गरी शंखधर साख्वाले यस संवतको शुरूआत गरेका थिए। काठमाडौँका नेवार समुदायले भने भोलि नयाँ वर्ष मनाउने छन्। तस्वीर: अमित मचामसी

भक्तपुरको इन्द्रजात्रा

भक्तपुरमा मनाइयो इन्द्रजात्रा

इन्द्रजात्रा सप्ताहाको अन्तिम दिन वर्षाका देवता इन्द्रको बाहन पुलुकिसी ऐरावत हात्ती लाई भक्तपुर नगर परिक्रमा गराइएको छ। विशेषतः नेवार समुदायमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले इन्द्रजात्रा मनाउँछन्। काठमाडौं उपत्यकाबाहिर काभ्रे र दोलखा जिल्लामा पनि यो पर्व मनाइन्छ।