AnonymousUser

Logout

यातायात कार्यालय चाबहिल पुग्ने सडकको बिजोग

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको सडक हिलाम्मे हुँदा सेवाग्राही मारमा परेका छन्।

खुर्सानीले रंगीचंगी खोकना [तस्वीरहरू]

खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन्।

वातावरण

काठमाडौँमा बढ्दो प्रदूषण

काठमाडौँ उपत्यका वायु प्रदूषणका कारण ‘अस्वस्थकर’ बनेको छ। बिहीबार उपत्यकाको वायुको गुणस्तर तह एक्यूआई १७५ पुगेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी।

चक्रपथ

ग्वार्कोमा यस्तो बन्यो ‘फ्लाई ओभर’

ललितपुरको ग्वार्कोमा ‘फ्लाई ओभर’ बनाइसक्नुपर्ने म्याद पुस ८ गते सकिँदै छ। २०७८ फागुन १२ गते ठेक्का लागेर फ्लाई ओभरको निर्माण शुरू भएको थियो। यसको लागत १७ करोड ०६ लाख रुपैयाँ रहेको छ। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

सर्वोच्च अदालत

सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेर विरोध

सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफूलाई घरेलु हिंसापीडित भएको बताउने उनले मंगलबार सर्वोच्चको मूल गेट नजिकको बोर्डमा कालो रङ छ्यापेकी हुन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी

शहर

तार र पोलरहित न्युरोड शुक्रपथ

काठमाडौँ महानगरपालिका–२४ को शुक्रपथ तार र बिजुलीको पोलरहित भएको छ। फुटपाथ विस्तार पहिले नै सकिए पनि बीचमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणलाई हिँड्न सास्ती हुने गरेको थियो। अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तार भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी।\r\n\r\n

काठमाडौँ

चाडबाड मनाएर काठमाडौँ फर्किनेहरू

दशैँ, तिहार र छठ मनाउन गएकाहरू काठमाडौँ फर्किन थालेका छन्। काठमाडौँको कलंकी, थानकोट तथा भक्तपुरका नाकामा राजधानी फर्किनेको भिड लाग्न थालेको छ।  चाडपर्व मनाउन काठमाडौँ छाडेकामध्ये शुक्रबारसम्म ९० प्रतिशत काठमाडौँ  भित्रिइसकेको ट्राफिक प्रहरीले जनाएको छ। तस्वीर: फोटो लाइब्रेरी\r\n

धान

खोकनामा धान भित्राउन चटारो

दशैँतिहार सकिएलगत्तै अहिले किसानहरू धान काट्ने र भित्र्याउने काममा व्यस्त छन्। मानो रोपेर मुरी भित्राउने यो समयमा खोकनाका फाँटमा लगाइएको धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका किसानहरूको मुहारमा पनि खुशी देखिएको छ। यस वर्ष मनसुनले साथ दिँदा नेपालमा धान रोपाइँ लगभग समयमै सकिएको थियो। कृषि विभागका अनुसार यस वर्ष कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको थियो। गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जानकारी दिएको छ। पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भए तापनि यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको थियो। तर धन काट्ने बेलामा परेको पानीका कारण उत्पादन घट्ने मन्त्रालयको अनुमान छ। केही दिनको प्रतिकूल मौसम खुलेसँगै अहिले किसानलाई धान काट्ने, निहिन उठाउने र भित्र्याउने चटारोले छोएको छ। खोकनामा पनि धान भित्र्याउन व्यस्त छन् स्थानीय। तस्वीर : नेपाल फोटो लाइब्रेरी।

फुटबल

फुटबल हेर्न टिकट काट्नेको लाइन

काठमाडौँको दशरथ रंगशालामा नेपाल र बांग्लादेशबीच बुधबार साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदै छ। उक्त खेल हेर्न टिकट काट्नका लागि दर्शकहरू बिहानदेखि लाइन लागेका छन्। एन्फाले बिहान आठ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री गरिरहेको छ। एक जनाले अधिकतम दुई वटा भीआईपी र पाँच वटा साधारण प्यारापेटको टिकट लिन सक्नेछन्। तस्वीर: फोटो लाइब्रेरी

ललितपुर महानगर

ललितपुरमा बाढीले ल्याएको फोहोर सफाइ

ललितपुर महानगरपालिकाले असोज दोस्रो साता बाढीले बगाएर ल्याएको फोहोर सफा गरेको छ। बागमती र नख्खु खोलामा थुप्रिएका फोहोर संकलन गर्न थालेको हो। शनिबार सुरक्षाकर्मी, पालिकाको टोली र स्वयंसेवकले सरसफाइ गरेका छन्। सफा नभएसम्म अभियान जारी रहेन महानगरले जनाएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी\r\n\r\n

सौराहा

सौराहामा डुली हिड्ने गैँडा

चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, हाइकिङ र हात्ती सफारी गर्दा पनि नदेखिने लोपोन्मुख एकसिंगे गैँडा कहिलेकाहीँ भने सौराहा बजारमै हिँडडुल गरेको देख्न सकिन्छ। नजिकै गैँडा देख्न पाउँदा पर्यटक पनि खुशी हुने गरेका छन्। बजार क्षेत्रमा आउने गैँडाले अहिलेसम्म मानिसलाई भने आक्रमण गरेको छैन। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पर्व

दशैँको किनमेल\r\n

नेपालीको महान् चाड बडादशैँको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि  मानिसहरूको चहलपहल बढेको छ। विशेषतः दशैँको आगमनसँगै नयाँ लुगा किन्नेहरूको बाक्लो भिड लागेको हो। असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाइने र धेरै ठाउँ चाहर्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भिड हुने गरेको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी

बाढीपहिरो

बाढीले खण्डहरमा परिणत भूमेडाँडाबस्ती

पनौती नगरपालिका– १२ स्थित रोशीखोला किनारमा रहेको भूमेडाँडाबस्ती बाढीले खण्डहर बनेको छ। अधिकांश घर बगरमा परिणत भएका छन्। बाँकी घर पनि  बस्न नमिल्ने अवस्थामा छन्। खेतबारीमा लगाइएका अन्नबाली  बाढीले सखाप पारेको छ। बाढी आएको एक हप्ता भइसक्दा पनि राज्य संयन्त्र नपुगेको स्थानीयको गुनासो  छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी \r\n\r\n

बागमती बाढी

चोभारमा उर्लिएको बागमती\n

अविरल वर्षाका कारण बागमती नदीमा भिषण बाढी आएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका सबै खोलाको पानी मिसिएपछि बागमती उर्लिएको छ। चोभारको गल्छीबाट बाढी वस्तीमा पसेको छ। उपत्यकाको पानी बाहिरिने एक मात्र बाटो गल्छी हो। तस्वीर: नेपाल फोटो लाइब्रेरी\n

जलवायु परिवर्तन

जलवायु न्यायको माग गर्दै ‘पिपुल्स क्लाइमेट मार्च’\r\n

जलवायु न्यायको माग गर्दै युवाहरूले ललितपुरको जावलाखेलमा ‘पिल्स क्लाइमेट मार्च २०२४’ गरेका छन्। र्‍यालीमा सहभागीले विकसित मुलुकहरू खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदूषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्र परेको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने माग गरेका छन्। विकसित देशले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणका रूपमा दिन खोजेको भन्दै विरोध गरेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पर्व

सन्ध्याकाल झलमल्ल धरहरा परिसर\r\n

९ वर्षपछि सर्वसाधारणका लागि पुनः खुलेको धरहरा चढ्नका लागि यति बेला सर्वसाधारणको भिड लागिरहेको छ। धरहरा हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो। धरहरा चढ्नका लागि अनलाइनबाट बुकिङ गरी चढेन सकिन्छ। शुक्रबार सन्ध्याकालमा वरिपरि बालिएको बत्तीले मनमोहक धरहरा परिसरको दृश्य। तस्वीरहरू– नेपाल फोटो लाइब्रेरी

संविधान दिवस

टुँडिखेलमा मनाइयो संविधान दिवस\r\n

नेपालको संविधान जारी भएको दिनको खुशीयालीमा बिहीबार संविधान दिवस मनाइँदै छ। दिवसका अवसरमा देशभर तथा विदेशस्थित नेपाली नियोगहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम छ। नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो। यो नेपालको सातौँ संविधान हो। 

पर्व

सर्वसाधारणका लागि खुल्ला हुँदै धरहरा

धरहरा बिहीबार संविधान दिवसको अवसर पारी सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ। ६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार पुनः उद्घाटन हुन लागेको हो।  २०७८ वैशाख ११ गते प्रधानमन्त्रीका रूपमा  केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए भने बिहीबार पनि  पुनः उनैले धरहराको उद्घाटन गरेपछि सर्वसाधारणका लागि खुल्ला गरिने भएको हो। २०७२ सालमा भूकम्पका कारण भत्किएको धरहराको पुनर्निर्माण गर्न एक दशक लाग्यो। धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै टिनको छाना हालेर राखिएको छ। यो आयोजना पुनर्निर्माण प्राधिकरणको समय सीमाभित्र सम्पन्न हुन नसकेपछि शहरी विकास मन्त्रालय मातहत शहरी विकास तथा भवन निर्माण विभागबाट कार्यान्वयन भइरहेको छ। तस्वीरहरू - नेपाल फोटो लाइब्रेरी

पर्व

मनाइयो विश्वकर्मा पूजा

विश्वकर्मा भगवनान्‌को पूजा आराधना गरी मंगलबार वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाएका छन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन विभिन्न कलकारखानामा बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ। यस अवसरमा काठमाडौँको भद्रकालीलगायत शक्तिपीठमा सवारीसाधन पूजा गर्नेको घुइँचो लागेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

पर्व

जात्रामय हनुमानढोका

हनुमानढोका दरबार क्षेत्र जात्रामय भएको छ। आइतबार काल भैरवको मूर्ति अगाडि लिंगो ठड्याइएपछि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा शुरू भएको हो। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गर्ने परम्परा छ। आठ दिनसम्म राजधानीमा विभिन्न कार्यक्रम गरी इन्द्रजात्रा पर्व मनाइन्छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी।