AnonymousUser

Logout

पर्व

वसन्तपुरमा इन्द्रजात्राको तयारी 

इन्द्रजात्राका लागि वसन्तपुर क्षेत्रमा तयारी चलिरहेको छ। असोज १ गते परेको इन्द्रजात्राको तयारी स्वरूप वसन्तपुर क्षेत्रमा रथ बनाउने र सरसफाइको काम तीव्रताका साथ चलिरहेको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत शैलीमा इन्द्रजात्रा आठ दिनसम्म मनाउने गरिन्छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी

विद्यार्थी आन्दोलन

प्रवेश परीक्षा नतिजाको त्रुटि सच्याउन माग गर्दै मेडिकल विद्यार्थी आन्दोलित

चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन्। नतिजा सच्याउन तथा प्रश्नपत्र र उत्तर पुस्तिका हेर्न पाउनुपर्ने माग राख्दै विद्यार्थीले शान्तिपूर्ण आन्दोलन शुरू गरेका हुन्।\r\n\r\n

विरोध

चिकित्सा शिक्षा आयोगअगाडि विरोध प्रदर्शन

विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि भएको भन्दै विरोध प्रदर्शन गरेका छन्। आयोगले एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशनमा त्रुटि गरेको भन्दै  चिकित्सा शिक्षा अगाडि एमबीबीएस र  पारामेडिकल प्रवेश परीक्षा दिएका विधार्थीले विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले ‘प्रश्नपत्र सेट’, ‘ओएमआर सिट’, ‘एन्सर कि’ हर्न पाउनुपर्ने माग राखेका छन्। उनीहरूले ‘विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइँदैन’, ‘एमइसीले गल्ती नहेराइ फेल गर्नु नै अपराध हो’, ‘विद्यार्थीको भविष्य निर्धारण गर्ने जस्तो परीक्षामा राजनीति चल्दैन। चल्दैन’, ‘प्रिपेरेसन गर्ने काले, सिट पाउने पैसावाले’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेका थिए। तस्वीर : नेपाल फोटो लाइब्रेरी

चिया प्रदर्शनी

ठमेलमा नेपाली अर्थोडक्स चिया प्रदर्शनी

काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा नेपालमा उत्पादित अर्थोडक्स चिया प्रतिस्पर्धा एवं ५८ कारखानाका १०० भन्दा बढी प्रकारका चिया प्रदर्शनी शुरू भएको छ। प्रदर्शनीमा इलामलगायत विभिन्न स्थानमा उत्पादन गरिएका चिया राखिएको छ।

प्रदर्शन

‘प्राइड परेड’

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले ‘प्राइड परेड’ आयोजना गरेका छन्। यौनिक अल्पसंख्यकको संस्था समूह ब्लु डायमन्ड सोसाइटी नील हीरा समाजले मंगलबार काठमाडौँमा २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव, २०२४ मा प्राइड परेड आयोजना गरेको हो। ठमेलको सञ्चयकोष भवनअगाडि भेला भएर उनीहरूले ठमेल हुँदै वसन्तपुरसम्म बृहत् र्‍यालीको आयोजना गरेका थिए। उनीहरू समुदायले लगाउने भेसभुसामा सजिएर परेडमा सहभागी भएका थिए। उनीहरूले प्रत्येक वर्ष यस दिनलाई आफ्नो गौरवपूर्ण दिनका रूपमा मनाउँदै आएका छन्। तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

पर्व

जनै–राखी किन्नेको भीड

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षा बन्धन यस वर्ष भदौ ३ गते परेको छ। यस पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा आज पनि प्रचलित छ। यही अवसरमा राजधानीको असन, इन्द्रचोकको बजारमा जनैका लागि डोरो तथा आफ्नो दाजुभाइका लागि राखी किन्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ। अहिले बजारमा प्रतिगोटा राखीको ३०, ५०, १०० र सोभन्दा बढी मूल्यको पनि बिक्री भइरहेको छ भने डोरोको मूल्य १०० वटाको ५०० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्वीर : नेपाल फोटो लाइब्रेरी

आन्दोलन

निर्मला कुर्मी हत्याका अभियुक्तलाई मन्त्री बनाएपछि पीडित आन्दोलित

निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाउन माग गर्दै पीडितले आन्दोलन शुरू गरेका छन्। बादसाहविरुद्ध अदालतमा मुद्दा पठाउन सरकारले सहमति गरे पनि प्रदेश मन्त्री बनाउँदै सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै पीडितहरू थप आक्रोशित बनेका हुन्। उनीहरू शुक्रबार काठमाडौँको कलंकीबाट खालीखुट्टा हिँडेर माइतीघर पुगेका छन्। तस्वीर: नेपाल फोटो लाइब्रेरी

बागमती नदी

बागमतीमा र्‍याफ्टिङ सलल...

कुपण्डोलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म बागमती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ। नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा बागमती नदी महोत्सवअन्तर्गत शनिबार र्‍याफ्टिङ सञ्चालन गरिएको हो। 

पर्व

तानियो रातो मत्स्येन्द्रनाथको रथ

रातो मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर बिहीबार जाउलाखेल लगिएको छ। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ। जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंमतीतर्फ लगिनेछ। काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्राका रूपमा मानिने यो रथ जात्रा करिब १६ सय वर्षअघि शुरू भएको मानिन्छ। रातो मत्स्येन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा शुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

ललितपुर महानगर

सातदोबाटोका अवैध टहरामा डोजर

ललितपुर महानगरपालिकाले सातदोबाटोस्थित चक्रपथ छेउमा रहेका टहरामा डोजर चलाएको छ। महानगर प्रहरी बलले बिहीबार बिहान सो क्षेत्रमा रहेका नक्सापास नभएका तीनवटा टहरा भत्काएको हो। तस्वीर: नेपाल फोटो लाइब्रेरी 

बाढी

एमाले केन्द्रीय कार्यालयमा पस्यो बाढी

ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयमा बाढी पसेको छ। अविरल वर्षापछि उर्लिएको बागमतीको बाढी पस्दा कार्यालय परिसर जलमग्न भएको छ। बुधबार बिहान च्यासलस्थित बागमतीको पुलमाथिबाट बागमतीको पानी बगेको थियो। बाढीले च्यासल फुटबल मैदान, अस्थायी प्रहरी पोस्ट र पार्टी प्यालेस पनि डुबाएको छ।

जहाज दुर्घटना

सौर्य एयरको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ। काठमाडौँबाट पोखरा उडानका क्रममा दुर्घटना भएको हो। जहाजमा चालक दलका दुईसहित १९ जना सवार थिए। \r\n\r\n

यातायात कार्यालय

यातायात कार्यालयमा सेवाग्राहीको घुइँचो

यातायात व्यवस्था विभागको सर्भर मंगलबारदेखि चल्न थालेको छ। यससँगै सर्भर डाउन भएर दुई दिनदेखि रोकिएको काम शुरू भएको छ। जसले यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको घुइँचो लागेको छ। विभागको सवारी चालक अनुमति पत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो। बायोमेट्रिक दर्ता, लाइसेन्स नवीकरण, राजस्व दाखिलालगायत काम ठप्प भएका थिए।

न्युरोड

महानगरले शुरू गर्‍यो न्युरोडमा सडक विस्तारको काम

काठमाडौँ महानगरपालिकाले न्युरोडमा सडक विस्तारको काम शुरू गरेको छ। उच्च अदालत पाटनले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै महानगरले बुधबार बिहानदेखि विस्तार थालेको हो। यसअघि अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सडक डिभिजन काठमाडौँले सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो। तस्वीर: नेपाल फोटो लाइब्रेरी  \n\n

रोपाइँ

रोपाइँमा व्यस्त किसान

असार महिना सकिनै लाग्दा किसान रोपाइँमा व्यस्त छन्। कहीँ रोपाइँ सकिसकेको छ भने कहीँ बाँकी नै छ। विशेष गरी गाउँघरतिर पर्म लगाउने र पर्म तिर्ने जाने चलन रहेकाले रोपाइँ गर्न बाँकी नै छ। यही सिलसिलामा गोरखा जिल्ला अजिरकोट गाउँपालिकाको भीरकुन गाउँमा गर्न रोपाइँ गर्दै किसानहरू। तस्वीर : नेपाल फोटो लाइब्रेरी।

दुर्घटना

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी जारी\n

नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान गएको पहिरोले दुईवटा बस त्रिशूलीमा बगाएपछि खोजी जारी छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन्। बसमा करिब ६५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। तस्वीर: रासस/फोटो लाइब्रेरी। 

फ्लाइओभर

ग्वार्कोमा यस्तो बन्दैछ फ्लाइओभर

ललितपुरको ग्वार्कोचोकमा फ्लाइओभर निर्माण भइरहेको छ। अहिले माटो हालेर पेल्ने काम भइरहेको छ। २०७८ माघमा निर्माणको ठेक्का पाएको थियो। सम्पन्न गर्नुपर्ने म्याद यही असार मसान्तसम्म छ। चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा नियन्त्रण गर्न सरकारले यो परियोजना शुरू गरेको हो। यसको कुल लागत १७ करोड ६ लाख रुपैयाँ छ। 

सडक भासियो

काठमाडौँको सोह्रखुट्टेमा भासियो सडक

काठमाडौँको सोह्रखुट्टेमा सडक भासिएको छ। बुधबार बिहान सडकको बीच भागमा भासिएर बनेको खाल्डोमा एउटा मोटरसाइकलसमेत डुबेको छ। मोटरसाइकलमा सवार दुई जना सकुशल बाहिर निस्किएका थिए। डुबेको मोटरसाइकललाई क्रेनको सहायतामा निकालिएको प्रहरीले जनाएको छ।

रोपाइँ

बुंगमतीमा रोपाइँको चटारो

यतिबेला किसान खेतमा धान रोप्न व्यस्त छन्। वर्षापश्चात् धानको ब्याड राखेका किसान अहिले आ–आफ्नो खेतमा रोपाइँमा व्यस्त भएका हुन्। असार–साउन अर्थात् वर्षायाम भनेको खेतीबाली लगाउने मध्य सिजन भएकाले यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ। यतिबेला देशका अधिकांश फाँटमा किसानलाई बिहानदेखि नै धान रोपाइँमा यतिबेला भ्याइनभ्याई हुन्छ। ललितपुरको बुंगमती क्षेत्रमा किसानहरू धान रोप्न शुरू गरिसकेका छन्। पानी ढिला पर्नुले धान रोप्न ढिला भएको किसानहरू बताउँछन्। ललितपुरको बुंगमती, खोकना धान उत्पादन हुने क्षेत्र हो। 

योग दिवस

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

अन्तर्राष्ट्रिय योग दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसका अवसरमा सरकारले भक्तपुरको एसओएस बालग्राममा विशेष समारोह आयोजना गरेको छ। देशका अन्य विभिन्न स्थानमा पनि विभिन्न कार्यक्रम गरिएको छ। संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएको थियो। सन् २०१५ को जुन २१ देखि नेपालले पनि हरेक वर्ष योग दिवस मनाउँदै आएको छ।