AnonymousUser

Logout

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

नागरिकको विश्वास जित्नका लागि भ्रष्टाचार नियन्त्रण र संस्थागत कमजोरीलाई नेपाल सरकारले सम्बोधन गर्नेसमेत विश्वास गरिएको छ।

राष्ट्रसंघका महासचिव गुटेरसको सन्देश– संयमता अपनाउनुस्

नेपालको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जाल एक्समा धारणा राख्दै महासचिव गुटेरसले मानवीय क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

परिस्थितिलाई थप बिग्रिन नदिन नेपालस्थित विभिन्न दूतावासको आग्रह

अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र अमेरिकाका नेपालस्थित दूतावासले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन्।

परराष्ट्रले भन्यो– प्रधानमन्त्रीको चीन भ्रमणले मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न थप योगदान पुगेको छ

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेट गरी द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल गरेको मन्त्रालयले जनाएको छ।

चीनको जीएसआईमा नेपालले समर्थन नगरेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा खतिवडाद्वारा स्पष्ट

सहमति नै नभएको विषयमा नेपाल जीएसआईको पक्ष बन्यो भन्ने ढंगले प्रचार गरिनु विल्कुलै गलत भएको खतिवडाले प्रष्ट पारेका छन्।

ओली र सीबीचको भेटवार्तामा उठ्यो लिपुलेकको विषय

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको बताएका छन्।​​​​​​​

दस्ताबेज

नेपाल-भारत-चीन त्रिदेशीय विन्दु कहाँ पर्छ?

नेपाल–चीन सीमारेखा काली नदी र टिंकर नदीको पानी ढलो तथा कर्णाली (मापचू) नदीका सहायक नदीहरू र टिंकर नदीको पानी ढलो सम्मिलित भएको स्थानबाट आरम्भ हुन्छ।

एससीओ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीनतर्फ

सन् २००१ मा स्थापना गरिएको एससीओ संगठन विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ। नेपाल सन् २०१६ देखि सो संगठनको संवाद साझेदार रहँदै आएको छ।

लिपुलेककै विषयले रोकिएको थियो प्रधानमन्त्री कोइरालाको भारत भ्रमण

२०७२ जेठ अन्तिममा हुन लागेको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमण सी चिनफिङ र नरेन्द्र मोदीबीच भएको ‘लिपुलेक सम्झौता’कै कारण रोकिएको थियो। के होला प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण?

भारतीय विदेशसचिव मिश्रीले लगाएको उपरखुट्टीको अर्थ के हो?

प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा मिश्रीले उपरखुट्टी लगाएर बसेको तस्वीर बाहिरिएपछि सामाजिक सञ्जाल तरंगित बन्यो। भेटघाटका अजेन्डाभन्दा पनि सो तस्वीर नै चर्चा र टीकाटिप्पणीको केन्द्रमा रह्यो।

एलएलडीसी सम्मेलन: सहयोग र साझेदारी विस्तारमा नेपालको जोड

स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत सीमापार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको प्रधानमन्त्री ओलीले बताएका थिए।

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

नेपालले बहुपक्षीयतामा विश्वास पुनर्स्थापना गर्ने, विभाजन घटाउने, जोखिममा परेकाहरूलाई सशक्त बनाउने र प्रतिबद्धताहरूलाई कार्यमा रूपान्तरण गर्न पहल गर्नेछ।

ई-पासपोर्ट छपाइको टुंगो नलाग्दै बर्लिन पुगेर परराष्ट्रमन्त्रीबाट सहयोग माग

परराष्ट्रमन्त्री डा. राणाले जर्मन समकक्षी डा. जोहान वेडफुलसँगको भेटवार्तामा ई–पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान भएर प्रक्रिया अघि बढिसकेको र प्रतिस्पर्धामा जर्मन कम्पनी छनोट भएमा सहयोग गर्न अनुरोध गरेकी थिइन्।

राष्ट्रसंघलाई भुटानको जवाफ– लोकनाथबारे थाहा छैन!

भुटानले राष्ट्रसंघीय निकायलाई पठाएको जवाफमा आचार्यको परिवारले सन् १९९२ मा देश छाडेर गएको र नेपालमा शरणार्थी शिविरमा दर्ता भएको’बाहेक कुनै जानकारी नरहेको जनाइएको छ।

विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्यायका लागि प्रधानमन्त्री ओलीको आह्वान

स्पेनको सेभियामा जारी सम्मेलनमा अल्पविकसित देशहरूको समूहका तर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिए।

इजरायल र इरानसँग बदलिएको नेपाली साइनो

इजरायलसँग नेपालको सम्बन्ध राम्रो छ र त्यहाँ हजाराैँको संख्यामा नेपाली श्रमिक कार्यरत छन्। इरानसँग पनि कुनै समय नेपालको मित्रता थियो। यी देशसँग विगतदेखि वर्तमानसम्म नेपालको सम्बन्ध कस्तो रह्यो त?

अमेरिकाले डिपोर्ट गरेका भुटानी शरणार्थी थपिएको थपियै

भुटानको पारो विमानस्थलबाट भारत हुँदै अनधिकृत रूपमा पूर्वी नेपालका शिविरमा आउने शरणार्थीको संख्या एक दर्जन नाघेको छ। सरकार भने उनीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने द्विविधामा परेको छ। 

जटिल परिस्थिति कायम रहेसम्म इजरायल र इरान भ्रमण नगर्न परराष्ट्रको अनुरोध  

इजरायल, इरान तथा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका नेपालीलाई हालको जटिल परिस्थिति कायम रहेसम्म यात्रा नगर्न अनुरोध गरिएको छ।

भारत–पाकिस्तान तनाव लम्बिँदा नेपाललाई कुन–कुन क्षेत्रमा पर्छ असर?

तनाव लम्बिएमा आयातित वस्तु महँगिनुका साथै अनिश्चितताको मनोविज्ञानले नेपालभित्रै पनि वस्तु जम्मा गरेर कृत्रिम अभाव सिर्जना हुन सक्छ। यसले उपभोक्तामाथि प्रत्यक्ष आर्थिक भार थप्न सक्छ।

भारतका विद्युत्‌मन्त्री खट्टर काठमाडौँमा

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनको हस्ताक्षर कार्यक्रममा मन्त्री खट्टर सहभागी हुनेछन्।